१. गर्भिणी (Pregnancy): गाई, भैसीपालन व्यवसायबाट कृषकले बढी भन्दा बढी फाईदा लिन एक बर्षमा एक पटक गाई, भैसी व्याउनु पर्दछ भनिन्छ । यस किसिमले व्यवस्थापन गर्न सक्दा मात्र व्यवसायिक कृषकले फाईदा प्राप्त गर्न सक्दछन् । गाई, भैसीलाई बाली लगाई सके पछि ब्याउने भयो/भएन भनि प्राबिधिकले छुट्याउन सक्नु पर्दछ । साधारणतया गाई, भैसीलाई बाली लगाए पछि १९–२१ दिनमा पुन बाली खोज्दछ र तर यसरी पुन बाली नखोजेको अवस्थामा गाई, भैसी व्याउने भएको अनुमान गर्न सकिन्छ । व्याउने भए पछि गाई, भैसीको स्वभावमा परिवर्तन आउने, फाँचो विकसित हुने आदी जस्ता लक्षणहरु व्याउने गाई, भैसीले देखाउने गर्दछन् । तर कहिले काँही बाहिरबाट हेरेर गरेको परीक्षणले काम नदिई धोका पाउन सकिन्छ । त्यसैले गाई, भैसी व्याउने÷नब्याउने छुट्याउन बिभिन्न तरीकाहरु विकास भएका छन् । गर्भ परीक्षण गर्न...