व्रुसेलोसिस र तुहिने (Abortion) रोग उपचार र नियन्त्रण

गाईमा २८ हप्ता भन्दा पहिला र भैसीमा ३१ हप्ता भन्दा पहिला मरेको बच्चा फ्याक्नुलाई तुहिनु Abortion भनिन्छ ।

कारणः जीवाणु, विषाणु, प्रोटोजोआ, ढुसी, हर्मोन पोषण वा शारीरिक र अरु कारण पनि हुन सक्दछन् ।

व्रुसेलोसिसः व्रुसेला भन्ने जीवाणुवाट गाई भैसी भेडा वाख्रा वंगुर तथा कुकुरमा गर्भ तुहाउने र वांझोपन ल्याउने सरुवा रोग हो । व्रुसेलोसिस यो रोग संसार भरीनै देखिन्छ । मान्छेमा पनि सर्न सक्ने रोग भएकोले व्रुसेलोसिस जनस्वास्थयको दृष्टिकाणले पनि एक महत्वपूर्ण रोग मानिन्छ । मान्छेमा यो रोगलाई माल्टा फिवर अथवा अन्डुल्यान्ट फिवर भनिन्छ ।

व्रुसेलोसिस रोगको लक्षणहरुः

        ६ देखी ७ महिनाको गर्भिणी गाई भैसीले तुहाउनु यो रोगको प्रमुख लक्षण हो । साथै साल नझर्ने मरेको वच्चा जन्मने गर्भधारणमा समस्या भई वांझोपन आउने २० प्रतिशत जति दुध उत्पादन घट्ने यस रोगका अन्य कारणहरु हुन । रांगो साढेको सेमिनल मेसिकल, एम्पुला, टेस्टिकल्स, इपिडाइडिमिस जस्ता प्रजनन् सम्वन्धी अंगहरुमा इन्फेक्सन गराउन सक्छ । यसले गर्दा सिमेनमा यस रोगका जीवाणु अर्थात व्रुसेला साथ साथै आउन सक्छन् र यस्ता सांढे रांगोवाट गर्भाधान भएका गाईभैसीमा पनि यो रोग सर्न गई उपरोक्त लक्षणहरु देखापर्दछ ।

रोग निदानः रोगी जनावरको तुहिएको वच्चाको आन्द्राभुडि फोक्सो आदिको प्रयोगशालामा कल्चर तथा अन्य परीक्षणवाट रोग निदान गर्न सकिन्छ । त्यसै गरी सिरम एग्लुटिनेसन नामको परीक्षणवाट पनि यो रोग भए नभएको एकिन गर्न सकिन्छ ।

रोगको उपचारः प्रभावकारी औषधिहरु हाल सम्म पनि थाहा नभएको यस रोगको उपचार खासै व्यावहारिक छैन ।

रोगको रोकथामः

  • रोगको प्रभावकारी उपचार नभएकोले रोग लाग्न नदिने तर्फ ध्यान दिनु पर्छ । शंका लागेको पशुहरुको रगत परीक्षण गरी रोग भएका जतिलाई हटाई दिनु पर्छ । कुनै पशुलाई रोग भेटिएको हर्ड वा वथानमा नियमित रुपमा सवै पशुहरुको परीक्षण गरी पछिल्ला २ देखी ३ परीक्षणवाट पुरै नेगेटिभ अर्थात रोग नभएको भन्ने नभएसम्म व्रुसेलोसिस टेष्ट गरी नै रहनु पर्छ ।

  • स्वास्थ्य पशुलाई यो व्रुसेलोसिस रोगवाट वचाउन नियमित भ्याक्सिनेसनको व्यवस्था मिलाउनु पर्छ । वाच्छा वाच्छीलाई व्रुसेला एवर्टस स्टेन १९ नामकको भ्याक्सिन दिनुपर्छ । यसको मात्रा २ एम.एल. हो । यो भ्याक्सिन एक पटक लगाए पुग्छ । अर्काे भ्याक्सिन हो व्रुसेला एवर्टस ४५÷२० व्याक्टेरिना यो भ्याक्सिन पनि व्रुसेला एवर्टस स्टेन १९ सरह नै प्रभावकारी पाइएको छ । तर यो भ्याक्सिन सुरुमा एकै महिना भित्र २ पटक लगाउनु पर्ने र त्यस पछि वर्षको एक पटक लगाई रहनु पर्दछ ।

  • सांढे रांगोवाट भेनेरियल ट्रान्समिसन अर्थात गर्भधान गर्दा रोग सार्ने काम हटाउन थाहा नभएको वा व्रिडिङ रेकर्ड राम्रो नभएको पशुवाट गर्भधान गराउन हुंदैन । त्यसै गरी परीक्षण नभएको सांढेवाट पनि कृत्रिम गर्भधानको लागि वीर्य संकलन गर्नु हुंदैन ।

  • कृत्रिम गर्भाधान गरेपछि सम्वन्धित उपकरणहरु ज्यादै ए.आई.गन राम्ररी स्टेरिलाइज (निर्मलीकरण) गर्नु पर्दछ ।

  • व्रुसेलोसिस उन्मुलन गर्न यस रोगको परीक्षण गर्दै पोजिटिभ केसहरु अथवा रोग छ भने एकिन भएका पशुहरु तुरुन्त हटाई हाल्नु पदछ र राख्नु हुंदैन 

तुहिने रोगको रोकथाम तथा उपचार

१. व्रुसेलोसिस रोग आदिको खोप नियमित रुपमा लगाउने गर्नु पर्दछ ।
२. गोठ वरपर मुसा र टौवा (पराल स्टोर गरेको ठाउँ) हरुको जनसंख्या नियन्त्रण गर्ने ।
३. बढी क्षारियपना भएको र ढुसी लाएको साइलेज पशुलाई खुवाउनु हुँदैन ।
४. किर्ना र जुम्रा जस्ता परजीविको विरुद्ध नियमित उपचार गर्ने गर्नुपर्दछ ।