गर्भाधान गर्ने नलि (ए. आई गन) को तयारी (Preparation of AI Gun)

सिमेन लोड गर्नु कुरा सिक्नु अघि गर्भाधान गर्ने नली अर्थात ए. आई. गन र सिमेन नलीको वारेमा अलिकति वुझ्नु पर्ने हुन्छ । ए. आई गनमा तीन भागहरू हुन्छन्, एउटा प्वाल भएको नली हुन्छ जुन तल पटिृ अलि फुकेको र समाउन मिल्ने गोलो च्याप्टो भाग हुन्छ र त्यसलाई नलीमा पसाएर पुरै धकेल्यो भने डण्डीको टुप्पो नली भन्दा अलिकति वाहिर आउंछ । जसले सिमेन स्ट्र भित्रको वीर्यलाई पिचकारी हाने जस्तो गरी वाहिर पठाउन मद्दत गर्दछ । ए. आई. सिथ गन माथि छोपे पछि त्यसलाई टाइट (Tight) गरी राख्न एउटा प्लाष्टिक, घातु वा फलामको रिङ्ग हुन्छ जसलाई हामी लक भन्दछौ । ए.आई.गन अटोलक (Autolock) भएको पनि हुन्छ । ए. आई. गन. दुई प्रकारका हुन्छन । एउटा ०.५ मि. लि. वीर्यको स्ट्रको लागी र अर्काे ०.२५ मि.लि. वीर्यको स्ट्रको लागी । आजभोली ०.२५ मि.लि. को वीर्य स्ट्र प्रयोग भएकोले सो अनुसारको ए. आई. गन नै प्रयोग गर्नु पर्दछ ।

सिमेन स्ट्र साढे रांगोको जात अनुसार र कम्पनी अनुसार फरक फरक हुन सक्छ । यसमा दुईवटा प्वाल हुन्छन् । एकापटिृ कपासको टुक्रा (cotton and Polyvinyal Poweder) ले सो प्वाल वन्द गरेको हुन्छ जसमा दुई वटा ठाउंमा सिल गरेको देखिन्छ । त्यसमा वीर्य भरेर प्रयोगशालामा अर्काे टुप्पामा विशेष प्रकारले सिलिङ्ग गरिएको हुनछ । त्यो हेर्दा एक ठाउंमा मात्र सिल गरेको देख्न सकिन्छ ।

१. Thawing गरेपछि कृ.ग. गर्नु अघि ए. आई. गनमा वीर्य लोड गर्नु हेर्दा सामान्य कुरा जस्तो लागे पनि ध्यान पु~याई राम्रो संग गर्न नसके सम्पूर्ण ए. आई. कार्य नै असफल हुन जान्छ । तसर्थ यस वारेमा पनि व्यवहारिक सिप हासिल गनु आवश्यक हुन्छ ।

२. सवभन्दा पहिले यस कार्यको लागी आवश्यक सामाग्रीहरु ए. आई. गन गर्भधान गर्ने नली, नली छोप्ने प्लाष्टिकको पाइप (ए.आई. सिथ), चिम्टा, कपास, कैची, रेफ्री र जमेको विर्य आदीे ठीक पानु पर्दछ ।

३. पानीमा डुबाउने समय पुगेपछि स्ट्रलाई पानीबाट निकालेर कपास, tissue paper वा अन्य सफा कपडाले पुछेर सुख्खा पार्ने र एउटा लक लगाएको वा स्ट्रलाई बन्द गरेको भाग ए.आई गनको माथि तिर पारेर गन भित्र राख्ने ।

४. ए.आई गन डाडो पारी माथिपट्टीको टुप्पोलाई lab seal बराबर हुने गरी (०.५—१ से.मी.) निर्मलीकरण गरीएको कैंचीले मिलाएर काट्ने । काट्ने क्रममा कटाई छड्के भएको अवस्थामा स्ट्रबाट सिमेन सिथमा फर्किन सक्दछ ।

५. स्ट्रलाई काटे पछि सिथले कभर गर्ने र लकले सिथलाई कसी नहल्लने किसिमको वनाउने । गनमा सिथ घुसाउंदा स्ट्रलाई सिथभित्रको गेडीको प्वालमा पसाई विस्तारै सिथ गन भित्र घुसाउनु पर्दछ । त्यसवेलामा गनको पिस्टनलाई भुलेर पनि धकेल्ने गर्नु हुंदैन । अन्यथा वीर्य वाहिर पटिृ आउन सक्छ । अव यो कृ.ग. गनको लागी तयार भयो । त्यसपछि सकेसम्म छिटो कृ.ग. गर्नु पर्छ ।

Thawing गरेपछि विर्यमा भएको शुक्रकिट हावामा धेरै समयसम्म सक्रिय हुन नसक्ने भएकोले ए.आई. गनमा सिमेन स्ट्र लोड गर्ने र सर्भिक्स भित्र घुसाउने कार्य जति सक्यो चाडो गर्नु पर्दछ । कृ.ग.को सफलतामा यो वीचको समयको अति महत्वपूर्ण भूमिका हुन्छ । तर छिटो गर्ने भनेर माथि उल्लेख गरिएका कुरामा ध्यान पु~याउन सकिएन भने कृ.ग.कार्य सफल नहुने भएकोले होसियारी पूर्वक भने गर्नु पर्दछ ।   

जमेको वीर्य पगालेर चालमा आएका शुक्रकीटहरुको प्रजनन क्षमता (Fertility)/viability Fresh Semen को भन्दा न्युन हुन्छ र यिनीह्ररूको गर्भधारण गराउने क्षमता पनि छोटो समयको लागि हुन्छ । यसैले राम्रो गर्भधारण दर प्राप्त गर्न वीर्य लाई ठिक समय र प्रजनन अंगको सही ठाउंमा राख्नु जरुरी हुन्छ । एउटा optimum level को Fertility (प्रजनन क्षमता) प्राप्त गर्न प्रयोग गरिने वीर्यको एक डोजमा ५० लाख राम्रो चाल भएको शुक्रकीटहरु हुनु जरुरी छ । यो मापदण्ड भन्दा कम concentration भएमा वीर्यको प्रजनन क्षमतामा पनि कमी आउने अध्ययनहरुले देखाएका छन् । तर optimum level भन्दा वढी शुक्रकीटहरुको संख्या वढउंदा पनि प्रजनन क्षमतामा वृद्धि नभएको अध्ययनले देखाउंछ ।