साना किसानका लागी घाँसमा आधारित आहारा ब्यवस्थापन (१० गाई तथा भैसीपालनको नमूना सहित)
पशुपालन ब्यावशायमा आहारा ब्यवस्थानले मुख्य भुमिका खेलेको हुन्छ।सस्तो आहाराबाट बढी उत्पादन लिन सके मात्र पशुपालन ब्याबसायबाट नाफा लिन सकिन्छ तर सस्तो आहारामा पशुलाइ चाहिने पौष्टीक तत्व जस्तै प्रोटीन कार्बोहाइटेड बोसो भिटामिन खनिजको आवश्यक मात्रा पुरा गर्ने खालको हुनुपर्दछ।परम्परागत पशुपालन पद्दतिमा मुख्य गरेर कृषि उत्पादनका उप पखार्थ खुवाएर पाल्ने पर्चलन छ।जसमा मुख्य गरेर पराल घाँस स्याउला र दाना प्रयोग गर्ने गरिएको छ।नेपालमा उपलब्ध पशु आहारहरु
१. कृषि जन्य उपपदार्थ
२. घाँसहरु
३. पात तथा स्याउला र डाले घाँस
४. अन्न तथा दाना
कृषिजन्य उप पदार्थ
अन्न बाली प्रयोग पछि रहेको पदार्थ कृषिजन्य उप पदार्थ हो।जसलाइ सुख्खा घाँसपात dry roughages र अन्नको उप पदार्थ grains भनेर बाड्न सकिन्छ। यसमा पराल गट्टे कुनाउरो मकैको ढोड मकैको खोस्टा गहुको नल आदी पर्दछन्। यी पदार्थहरुमा पौष्टीक तत्व अत्यन्तै कम हुन्छ।प्राय गरी ५ प्रतिशत भन्दा कम कुल पाच्य प्रोटीन र ४० प्रतिशत भन्दा कम पाच्य पदार्थ यी आहाराहरु मात्र प्रयोग गरेमा शरीर धान्नको लागी आवश्यक पोष्टीक तत्वको अभाब हुन्छ।जसबाट उचित उत्पादन लिने सम्भावना रहदैन।
अन्नबालिका उपपदार्थहरु जस्तै ढुटो चोकर पिना आदि छन् जसमा गरी १० देखि ३५ प्रतिशत कुल पाच्य प्रोटीन र ६० देखि ७० प्रतिशत पाच्यपदार्थ हुन्छ।अन्नबालिका उपपदार्थ सुख्खा घांसपात भन्दा पोषिलो हुन्छ।केहि पिनाहरुमा अन्य पदार्थमा भन्दा बढी कच्चा प्रोटीन पाइन्छ।
घाँसहरु
आम कृषकहरुले खेतबारीमा उम्रीएको घाँस चरन तथा खर्कका घासं खेति नगरिएको जमिनमा उम्रिएका घाँसहरु पशुबस्तुलाइ खुवाउने गरेको पाइन्छ। यि घाँसहरु सुपाच्य तथा पोषिलो भएपनि बर्षैभरी पाउन सकिदैन। यिनमा १० प्रतिशत कच्चा प्रोटीन र ६० प्रतिशत पाच्य पदार्थ पाइन्छ। केहि अगुवा तथा ठुला किसानहरुले मात्र घाँसखेति गरेर खेति गरेको उन्नत घासं खुवाउने गरेका छन्। यसरी उन्नत तरीकाले घाँस खेति गर्दा बर्षभरी नै हरीयो घाँसको उपलब्धता हुन्छ र कम लागतमा पशुजन्य उत्पादन लिन सकिन्छ। खेती गरिने घाँसहरुमा कोषे घाँसमा उच्च प्रोटीन तथा पाच्यिय पदार्थ पाइन्छ भने अकोषे घाँसमा कम कच्चा प्रोटीन र पाच्य पदार्थ पाइन्छ। थोरै मात्राका किसानहरुले घाँस खेति गरेर पशुपालन गरेता पनि धेरैजसो किसानहरुले परम्परागत सैलिमानै पशुपालन गरिरहेका छन्।
पात स्याउला तथा डाले घाँस
घाँसको अभाब हुने हिउद र सुख्खा समयमा पात स्याउला तथा डाले घाँस बुट्यान रुखका हागां काटेर हरियो घाँस प्राप्त गर्न सकिन्छ।डाले घाँसबाट प्रति बोट १५ देखि ६० किलो सुख्खा पदार्थ पाउन सकिन्छ। डाले घाँसलाइ ब्यावसायिक रुपमा लगाउन सकिन्छ।
अन्न तथा दाना
घाँसपात बाट अपुग पौष्टिक तत्व पुर्ति गर्न तथा सन्तुलित पोषणका लागी अन्न र दानाको प्रयोग अपरिहार्य छ।पशुहरुको दानाको रुपमा प्रयोगहुने अन्नहरुमा मकै जै गहु भटमास धान आदी हुन भने अन्नका उपपदार्थहरुमा ढुटो चोकर पिना खुदो आदी पर्दछन्। दूधालु पशुलाइ घाँसको उपलत्ब्धताको आधारमा १४- २० प्रतिशतको प्रोटीन तथा ६५ देखि ७५ प्रतिशत पाच्य पदार्थ भएको दाना आवश्यक प्रदछ। कृषकहरुले आफूसँग उपलब्ध अन्न खुवाउने गरे पनि आवश्यक अन्नहरुको समिश्रण तयारी गरी सन्तुलित दाना खुवाउने प्रचलन विकास हुन सकेको छैन।
हरियो घाँसको महत्व
कृषकको जमिनको अंश साधुरिदै जानु र दैनिक आम्दानी दिने नगदे बालीको उचित उत्पादन लिन नसकिने अवस्था सृजित हुदै गइरहेको अबस्थामा दूध उत्पादन तर्फ कृषकको रुचि बढ्दै गएको देखिन्छ। डेरी ब्यावसायका फाइदा आहारा ब्यावस्थापकीय खर्च र दूध उत्पादनमा निर्भर रहन्छ। दूध उत्पादन बढाउने हेतुले दानामा मकै ढुटो भटमास बदामको पिना तोरीको पिना भटमासको पिना चोकर आदीको प्रयोगले दूध उत्पादन बढेता पनि लागत हात्तै बढ्न जान्छ। दीर्घकालिन रुपमा नाफामूलक हिसाबले दूध उत्पादन गरी पशु स्वास्थ्य र पशु प्रजनन ब्यबस्थापन गर्न गुणस्तरीय हरियो घाँसको अहम भूमिका हुन्छ। हरियो घाँसको महत्व यस प्रकार छ।
- गाइभैसीको ठुलो पेट चाडो र सजिलो सँग भर्न
- उग्राउने पशुको लागी आवश्यक रेसादार आहाराको लागी
- वनस्पति प्रोटीनको श्रोतको रुपमा कोषे घासंको प्रयोग गर्न सकिने जसले सस्तो मुल्यमा प्रोटीन उपलब्ध गराउदछ।
- हरियो घाँसमा ७५ देखि ८५ प्रतिशत सम्म पानीको मात्रा हुन्छ जसले पानीको आपुर्ति हुन्छ
- विरुवाले माटोबाट खनिज तत्व लिने हुँदा खनिजको समिश्रण क्याल्सियम फसफोरस जिंक इत्यादी भएको आहारा उपलब्ध हुने
- पशु प्रजननका लागी आवश्यक भिटामिन तथा खनिज भिटामिन ए इ तथा सेलेनियम तत्व पाप्त हुने
- पशुलाइ उग्राउन चाहिने खस्रो आहार course roughage प्राप्तहुने जसले उग्राउने पशुलाइ स्वास्थ राख्न मद्दत मिल्छ
- हरियो घाँस पशुले रुचाएर खान्छन् र पाचनशील हुन्छन्
- पशुलाइ स्वस्थ्य राख्न कम्तिमा २ किलो रेसा आवश्यक पर्छ जुन रेसा घाँसबाट प्रदान हुन्छ।
- प्रशस्त हरियो घांस खाएका पशुहरुमा Conjugated linolic acid हुन्छ जुन दूध सेवन गर्दा मानिसलाइ प्राप्त हुने
- न्यून लागतमा दूध तथा डेरी उत्पादन गरी मुनाफा आर्जन गर्न
हरियो घाँसको अभाबमा देखिने असरहरु
हरियो घाँसको कमि हुदा दूध उत्पादन घट्छ। दूध उत्पादनलाइ परिपूर्ति गर्न दाना थप गर्ने गरेको पाइन्छ। दाना थप दिदाँ उत्पादन बढेता पनि लागत बढ्न जादा सोचे अनुरुप मुनाफा आर्जन गर्न सकिदैन।उत्पादन लागत बढ्दा बजारमा प्रतिस्प्रधा गर्न सकिदैन। अपर्याप्त हरियो घाँसले कुपोषण हुने, रोगको जोखिम बढ्ने, पशु उपचार खर्च बढ्ने, दानामा बढी खर्च लाग्ने, उत्पादन लागत बढ्ने, बजार प्रतिस्प्रदा गर्न नसक्ने जस्ता समस्या देखिन्छन्।
बर्षै भरी हरियो घाँस
दीर्घकालिन रुपमा नाफामूलक हिसाबले दूध उत्पादन गर्नका लागी हरियो घाँसमा आधारित भएर पशुपालन गर्नुपर्दछ। हरियो घाँसले पशु स्वास्थ राख्न पशुको प्रजनन स्वास्थ उचित राख्न उत्पादन बढाउन तथा लागत घटाउने काम गर्दछ। हाल पशु उत्पादनको क्षेत्रमा अध्ययन गर्ने बैज्ञानिकहरु हरियो घाँस उत्पादन गर्ने मात्र नभइ बर्षै भरी सन्तुलित रुपमा हरीयो घाँस उत्पादन गर्ने पद्दतीको विकासमा लागेका छन्। नेपालमा अधिकांस किसानहरु परालमा आधारित भएर मौसमी घाँस खुवाएर पशुपालन गर्दछन् जसले गर्दा लागत बढ्ने र रोगको संक्रमण बढ्ने सम्भावना हुन्छ।
हरियो घाँसको रुपमा चरन र काटेर खुवाउने घाँस तथा संरक्षण गरेको हे तथा साइलेज बनाएर खुवाउन सकिन्छ। कोषे घाँसले प्रोटीनको मात्रा र अकोषे घाँसले शक्ती प्रदान गर्दछ त्यसकारण कोषे र अकोषे घांस मिश्रीत रुपमा खेती गरेर घाँस खुवाउदा शरीरलाइ आवश्यक सम्पूर्ण खाध्य तत्व शक्ती प्रोटीन खनिज भीटामिन र पानी उपलब्ध हुन्छ।
बर्षै भरी घाँसमा आधारित सन्तुलित आहारा नमूना
पशुलाइ आवश्यक पर्ने आहारा सुख्खा पदार्थमा मापन गरिन्छ। सुख्खा पदार्थ भन्नाले घाँसपात तथा अनाजमा भएको सम्पूर्ण पानीको मात्रा हटाएर बाँकी रहेको पदार्थ बुझ्नुपर्दछ। जस्तै पराल तथा अन्नहरु सुख्खा बस्तुको रुपमा मानिन्छ तापनि परालमा १० प्रतिशत पानी हुन्छ अर्थात १०० किलो पराल बराबर ९० किलो सुक्खा पदार्थ हुन्छ।१०० किलो अन्न बराबर ९० किलो सुक्खा पदार्थ हुन्छ।हरियो घाँसमा प्रशस्त पानी हुन्छ जसले गर्दा सुक्खा पदार्थ कम हुन्छ। १०० किलो हरियो कलिलो घाँस बराबर २० किलो सुक्खा पदार्थ हुन्छ।१०० किलो हरियो घाँस बराबर २५ किलो सुक्खा पदार्थ हुन्छ।१०० किलो छिप्पिएको हरीयो घाँस बराबर २५ किलो सुक्खा पदार्थ हुन्छ। गाइ भैसीलाइ शारीरीक तौलको २.५ देखि ३.५ प्रतिशत शुक्खा पदार्थ चाहिन्छ। सुख्खा पदार्थमा एक तिहाइ अनाज वा दाना बाट उपलब्ध गराउनु पर्दछ भने दुइ तिहाइ घाँसपातबाट उपलब्ध गराउनु पर्दछ।घाँसपातमा ६० प्रतिशत अकोषे र ४० प्रतिशत कोषे घाँस दिनु राम्रो हुन्छ। त्यसतै गरी घाँसपातमा ६० प्रतिशत हरीयो र ४० प्रतिशत सुकेको वा ओभानो घाँस दिनु राम्रो हुन्छ। सुख्खा आहाराको रुपमा पराल मात्रै प्रयोग गर्ने गरेको पाइन्छ जसले शरीरको आवश्यक मात्रा पुरा गर्न सक्दैन। सुक्खा आहारामा सुकेको घाँस हे नल ढोड कुनाउरो आदी प्रयोग गर्न सकिन्छ तर कृषि अनुसन्धान परिषदको अध्ययनहरुले गाइभैसीमा एक दिनमा ३ देखि ५ केजि भन्दा बढी परालको प्रयोग गर्न नमिल्ने देखाएको छ। हरियो घाँसको रुपमा जुनसुकै हरियो घाँस तथा साइलेज प्रयोग गर्न सकिन्छ। आहारा मापनको तरीका तलका उदाहरणमा प्रस्ट पारीएको छ।
बर्षै भरी हरियो घाँस उत्पादनको लागी एक बर्षै र बहुबर्षे खालका बिभिन्न जातका घाँसहरुको खेति गर्नुपर्दछ। घाँसहरु लगाउदा भुइ घाँस डाले घाँस कोषे घाँस र अकोषे घाँस मिलाएर खेती गरेर मिश्रीत रुपमा घाँस खुवाउन सके सन्तुलित रुपमा आहारा ब्यबस्थापन हुन्छ। सिनज अनुसारका घाँस लगाइयो भने बर्षै भरीनै हरियो घास उपलब्ध हुन्छ। हरियो घाँस चरनबाट काटेर वा हे तथा साइलेज बनाएर खुवाउन सकिन्छ। एक कटाइ लिने घाँसहरु कटाइ सुरु गरेपछी ३० देखि ३५ दिन भित्र काटी सक्नुपर्छ भने पटक पटक कटाइ लिने घाँसहरु ३५ देखि ४० दिनको अन्नरमा कटाइलिनु पर्दछ।
उदाहरण एक : ४५० किलो शारीरिक तौल भएको दैनिक ८ लिटर दूध दिने एउटा भैसिलाइ २४ घण्टाको लागी आवश्यक आहारा
- शारीरिक तौलको ३ प्रतिशत शुक्खा पदार्थको हिसाबले १३.५ केजि सुख्खा पदार्थ ( =४५०*३%=१३.५ केजि)
- सुक्खा पदार्थको एक तिहाइ (=१३.५* १/३=४.५ किलो) सुख्खा पदार्थ अर्थात ५ किलो दाना चाहिनेमा घाँसमा आधारित हुदा ३ केजि मात्र दाना दिदा पुग्छ।
- सुक्खा पदार्थको दुइ तिहाइ (=१३.५* २/३=९ किलो ) सुख्खा पदार्थ घाँसपात बाट दिने तर दाना कम दिइएकोमा सुक्खा पदार्थ थप १.५ केजि थपेर १०.५ केजि दिने
- घाँसपातको ६० प्रतिशत हरीयो घाँसपात ६.३ केजि सुक्खा पदार्थ हरीयो घाँसबाट अथवा २४ केजी हरीयो घाँस
- घाँसपातको ४० प्रतिशत सुकेको घाँसपात ४.२ केजि सुक्खा पदार्थ सुकेको घाँसबाट अथवा ४।५ केजि पराल
- दैनिक दिइने घाँसपातको ६० प्रतिशत अकोषे घाँसपात =६.३ केजि सुक्खा पदार्थ अर्थात २४ केजी अकोषे घाँस हरियो र सुख्खा दुबै थरी गरेर र घाँसपातको ४० प्रतिशत कोषे घाँसपात = ४.२ केजि सुक्खा पदार्थ कोषे घाँसबाट अर्थात ५ केजि कोषे घाँस सुक्खा र हरीयो घाँसबाट दिने
यसरी ४५० किलोको दैनिक ८ लि दुध दिने भैसिलाइ ३ किलो दाना २४ किलो हरीयो घाँस र ५ किलो पराल दिएर २४ घण्टाको लागी सन्तुलित आहारा दिन सकिन्छ। २४ किलो हरीयो घाँसमा १० किलो कोषे घाँसहुनु आवश्यक हुन्छ।
उदाहरण दुइ : ४५० किलो शारिरिक तौल भएको दैनिक १४ लिटर दूध दिने १० बटा गाइलाइ २४ घण्टाको लागी आवश्यक आहारा
- एक बर्षको लागी दाना = दैनिक ३ किलो दाना प्रति पशु *१०पशु *३०० दुध दिने दिन = ९००० किलो दाना = ९ मेट्रीक टन दाना
- एक बर्षको लागी हरीयो घाँस= दैनिक २४ केजी हरीयो घाँसका दरले =१० पशु *२४ किलो दैनिक घांस* ३६५ दिन =८७६०० केजि हरीयो घाँस= लगभग ९० मेट्रीक टन हरियो घाँस प्रति बर्ष
- एक बर्षको लागी सुख्खा पदार्थ तथा पराल = १० पशु *५ किलो दैनिक सुकेको घाँसपात प्रति पशु * ३६५ दिन =१८२५० केजि सुकेको घाँसपात = लगभग २० मेट्रीक टन सुकेको घाँसपात वा पराल प्रति बर्ष
यसरी हेर्दा १० गाइभैसिलाइ एक बर्षको लागी ९ मेट्रीक टन दाना २० मेट्रीक टन पराल हे वा सुख्खा घाँसपात र ९० मेट्रीक टन हरीयी घाँस वा साइलेज आवश्यक पर्दछ। ९० मेट्रीक टन हरीयो घाँस बर्षै भरि पुग्ने गरि एक बर्षे बहुबर्षे गरीलसिजन अनुसार मिलाएर लगाउन सकिन्छ।१० गाइ भैसिलाइ १५ कठ्ठा क्षेत्रफलमा घाँस लगाउदा हरीयो र सुख्खा घाँसको मात्रा पुग्दछ।यसरी खेति गर्दा दाना बाहेक अन्य घाँस पराल हे साइलेज किन्नु पर्दैन। आफैले सिजन अनुसार वनाउन सकिन्
बर्षै भरी हरियो घाँस उत्पादन तालिका
क्रस | घाँसको नाम | प्रति कठ्ठा उत्पादन (हरीयो घाँस मे .ट . मा) | लगाउने क्षेत्रफल कठ्ठामा | लगाउने प्लट | लगाउने समय | आवश्यक बिउ प्रति हे | उत्पादन लिने समय | उत्पादन | कैफियत |
१ | सुपर नेपियर | ८.५ | ५ | a | जेठ साउन | १२००० गोटा | जेष्ठ असोज | ४२.५ | साइलेज बनाउन सकिने |
२ | सुब्बा सेटेरीया | १.६ | २ | b | जेठ साउन | १२००० गोटा | जेष्ठ असोज | ३.२ | साइलेज बनाउन सकिने |
३ | जै | १.३ | ४ | e | असोज कात्तिक | १०० केजि | मंसिर फाल्गुन | ५.२ | हे बनाउन सकिने |
४ | बर्षिम | २ | ४ | f | असोज कात्तिक | २५ केजि | मंसिर फाल्गुन | ८.८ | साइलेज बनाउन सकिने |
५ | मकैचरी र बोडी | ३ | ४ | e | फाल्गुन चैत | ३५ केजि | बैसाख असार | १० | साइलेज बनाउन सकिने |
६ | सुडान | २ | ४ | f | फाल्गुन चैत | ३५ केजि | बैसाख असार | ८.८ | साइलेज बनाउन सकिने |
७ | मकै र बोडी | २.५ | ८ | ef | असार | ४० केजि | भदौ | २० | साइलेज बनाउन सकिने |
८ | किम्बु | ५० केजि प्रति बोट | २०० बोट | प्लट छुट्टाउने स्थानमा र बहुबर्षे घाँसको बिच बिचमा | असार | जेष्ठ असोज | १० | मिसाएर दिन सकिने | |
९ | अम्रिसो | ४० केजि प्रति बोट | १०० बोट | प्लट छुट्टाउने स्थानमा र बहुबर्षे घाँसको बिच बिचमा | असार | जेष्ठ असोज | ४ | मिसाएर दिन सकिने | |
१० | इपिल इपिल | ३० केजि प्रति बोट | २५० बोट | प्लट छुट्टाउने स्थानमा र बहुबर्षे घाँसको बिच बिचमा | असार | जेष्ठ असोज | ८ | मिसाएर दिन सकिने | |
१२० |