रेक्टल पल्पेसन (Rectal Palpation)

रेक्टल पल्पेसन (Rectal Palpation) बाट प्रजनन अङ्गको समान्य स्पर्शीकरण

परिचयः

गाई, भैसीमा कृत्रिम गर्भाधानको माध्यमबाट प्रजनन् गर्नु पर्दा मलद्वारबाट हात छिराएर प्रजनन् अंगहरु सर्भिक्स, पाठेघर, डिम्बाशय आदीको अवस्थाबारे परीक्षण गर्न सकिन्छ । यसरी परीक्षण गर्दा कृत्रिम गर्भाधान गर्न उपयुक्त छ वा छैन भनि पत्तालगाउन सकिन्छ । कुनै कुनै अवस्थामा गाई, भैसीहरु अन्य कुनै कारणले कराउने तर कृषकले साँढे,रागो खोजेको भनि झुक्किएर प्राबिधिकलाई कृत्रिम गर्भाधन गराउन अनुरोध गर्ने गरेको पनि पाईन्छ । यस्तो अवस्थामा गाई, भैसीको प्रजनन् अंगको स्पर्शीकरणबाट गाई, भैसीले साँढे, राँगो खोजेको हो वा हैन भनि छुट्याउन सकिन्छ । कहीले काँही व्याउने गाई, भैंसीले पनि साँढे, राँगो खोजेको लक्ष्यण देखाउने भएकोले प्रजनन् अंगको स्पर्शीकरणको माध्यमबाट गाई, व्याउने नव्याउने छुट्याउन सकिन्छ । गाई, भैसीहरु धेरै पटक उल्टिएको अवस्थामा कुन प्रजनन् अंगमा खरावी आएको छ सो पत्ता लगाई उपचार गर्नका लागि पनि प्रजनन् अंगको स्पर्शीकरण ज्ञानको ठूलो भूमिका रहेको देखिन्छ । पशु पालन व्यवस्थापनमा गाई भैसी समयमा बाली लागि व्याउनु पर्दछ । गाई, भैसी व्याउने वा नव्याउने छुट्याउन प्रजनन् अंगको स्पर्शीकरण र यसमा आएको परिवर्तन पत्तालगउन सक्नु अर्को मुख्य कार्य यसको रहेको छ ।

Pectal palpation  किन ?

  • पोथी पशुको प्रजनन अंगहरुको बास्तबिक अबस्था थाह पाउन ।
  • प्रजनन अंगहरुको बिकृति निदान गर्न ।
  • गर्भ रहे नरहेको थाह पाउन र रहेको भए अबधी एकीन गर्न ।

Rectal palpation को तयारी

  • नङ् राम्रोसग काट्ने ।
  • हात राम्रोसँग सफा गर्ने ।
  • Gloves लगाउने ।
  • Gloves लाई साबुन वा अरु चिल्लो पदार्थले चिप्लो बनाउने ।

Rectal Palpation गर्ने तरिका

  • बाया हातलाई सबै औलाहरु एकै ठाउँमा मिलाएर बिस्तारै मलद्वारमा पसाउने ।
  • हात भित्र पसेपछि सबभन्दा पहिले मलद्वारमा भएको गोबरलाई आफ्नो हात मलद्वारबाट बाहिर ननिकालीकनै सफा गर्ने ।
  • हात भित्र पसालेपछि औंलाहरु फिजाएर मलद्वारको तल्लो सतहमा बिस्तारै प्रजनन प्रणालीका अंगहरु छाम्ने कोशिस गर्ने
  • सर्बप्रथम Cervix भेटाउने र सोको आधारमा अरु अंगहरुलाई छाम्दै हात अगाडी बढाउने ।
  • Uterus को दयमथ हुदै र्हनहरु पत्ता लगाउने र जयचल हरुको केही तल वा दाया बाया ovary हरु पत्ता लगाउने प्रयास गर्ने ।
  • Ovary हरु छाम्दा चोर र माझी औलाको बीचमा ovary लाई राखेर बुढी औलाले छाम्ने ।
  • Palpation गर्दा आफुले पत्ता लगाएका कुराहरु कागजमा लेखेर राख्ने ।

गाई, भैसीको भित्री प्रजनन् अंग स्पर्शीकरण गर्दा अपनाउनु पर्ने सावधानीहरुः

  • मलद्वारबाट रेक्टममा हात छिराउँदा पातलो किसिमको पन्जा लगाउनु पर्दछ 
  • पन्जा लगाईएको हातमा नपोल्ने किसिमको चिल्लो पदार्थ लगाउनु पर्दछ जसले गर्दा हात मलद्वारबाट छिराउन सजिलो पर्दछ । यसको लागि पारफिन जेल्ली वा खनिज तेलहरु प्रयोग गर्न सकिन्छ ।
  • पोल्ने किसिमको सावुनको प्रयोगले गाई, भैसीको रेक्टम (ठुलो आन्द्रा) मा पोल्ने भएको ले गाई भैसीले कन्ने भएकोले परीक्षण गर्न समस्या देखीन्छ ।
  • मलद्वारमा हात छिराउनु भन्दा पहिला मलद्वारमा चिप्लो पदार्थ लगाई दिनु पर्दछ जसले गर्दा हात पसाउन अझ सजिलो हुन्छ ।
  • मलद्वारबाट हात छिराउँदा हातलाई गोलो किसिमको बनाउनु पर्दछ ।
  • मलद्वारबाट हात छिराई सकेपछि गाई,भैसीले गोवर फ्याल्न बल गरेको अवस्थामा गोवर फ्याल्न दिनु पर्दछ ।
  • रेक्टममा गोवर जम्मा भएको अवस्थामा गोवरलाई हातले सफा गर्नु पर्दछ । गोवर भरीएको रेक्टमबाट परीक्षण गर्न सकिदैन ।
  • रेक्टममा हात छिराएको बेला पशुले बल गरेर रेक्टम खुम्चिएर हात पछाडी धकेलेको अवस्थामा  परीक्षण गर्ने व्यक्तिले बल लगाएर हात भित्र ठेल्नु हुदैन यसले गर्दा रेक्टममा घाउ हुन सक्दछ । यस्तो अवस्थामा रेक्टमको बिचमा एक वा दुई औला छिराएर बिस्तारै हातलाई अगाडी बढाउन सकिन्छ ।
  • सवभन्दा पहिले गर्भासय ग्रिवा त्यस पछि गर्भासय र यस्को सिंगलाई छामेर अध्ययन गर्नु पर्दछ । डिम्वासयलाई छाम्नु हुंदैन । प्रजनन विकृती भएको पशुमा मात्र डिम्वासयलाई छाम्ने प्रकृया अपनाउनु पर्छ । 
  • एकै पटकमा क्रृतुकालको निर्णय गर्न कठिन परेको खण्डमा ३ देखी ६ घण्टाको फरकमा क्रृतुकालको परिक्षण गरि निर्णय लिनु पर्दछ । 
  • क्रृतुकालमा गर्भासयको सिंग अक्सर खुम्चिएको वा घुम्रिएको हुने हुनाले डिम्वासयलाई छाम्नु भन्दा अघि गर्भासयको सिंगलाई गर्भासय तिर तानेर सोझोपारी मात्र डिम्वासयलाई छाम्नु पर्दछ । 
  • डिम्वासयलाई छाम्नु ज्यादै संवेदनशिल कार्य भएकोले अति होशियारी पूर्वक विस्तारै छामेर अध्ययन गर्नु पर्दछ । पशु जाँच भै सकेपछि कृ.ग.को तयारी गर्नु पर्दछ । 

©लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा