पोल्ट्री कन्सल्टेन्सी एण्ड डायग्नोष्टिक ल्याब (Poultry Consultancy & Diagnostic Lab)
...हाम्रो बारेमा...
स्थापना कालदेखि नै पोल्ट्री कन्सल्टेन्सी एण्ड डायग्नोष्टिक ल्याब पोल्ट्री रोग निदान र उपचार गर्नका साथै पोल्ट्री किसानवर्गलाई पालन र व्यवस्थापन सम्बन्धि प्राविधिक ज्ञान एवं चेतना दिलाउँन कटिबद्ध रहँदै आएको छ।
राष्ट्रिय तथ्यांक विभागले ६५ जिल्लामा गरेको व्यवसायिक कुखुरापालन सम्बन्धि सर्वेक्षण (२०७१।७२) अनुसार फार्म संख्याको हिसाबले दाङ जिल्ला कुखुरापालन व्यवसायमा चितवन र काभ्रेपछि तेस्रो स्थानमा परेको छ। त्यस्तै अण्डा उत्पादनको दृष्टिकोणबाट चितवन, मकवानपुर र नवलपरासीपछिको चौथो स्थानमा परेको छ। कुखुरापालनको क्षेत्रमा मात्रात्मक फड्को मारिसकेको दाङमा पोल्ट्री सम्बन्धि प्राविधिक सेवा र सुविधा भने एकदमै कमजोर अवस्थामा रहेको देखियो। जिल्लाको उदियमान पोल्ट्री व्यवसायलाई प्राविधिक सेवा पुर्याएर उद्योगको मात्रात्माक मात्र नभएर गुणात्मक विकासका लागि टेवा पुर्याउने ध्येयका साथ स्थापना भई संचालनमा आएको हो (पोल्ट्री कन्सल्टेन्सी एण्ड डायग्नोष्टिक ल्याब। २०७३ कार्तिक स्थापना भएको यस ल्याबले कुखुरापालनको विविध पक्षमा आउनसक्ने समस्याको समाधानको खातिर आफ्नो क्षमताले भ्याएसम्म किसानवर्गको सेवा गर्दै आएको छ। आधुनिक प्रयोगशाला विज्ञानको प्रयोग गरि कुखुराको रोग पहिचान एवं उपचार गर्ने मात्र नभएर किसानलाई नै प्राविधिक ज्ञान र सिपले लैस गराउँदै कुखुराको पालन र व्यवस्थापनको स्तर माथि उठाउन र व्यवसायलाई सुरक्षित एवं नाफामूलक बनाउनको लागि हरदम सहयोगी भूमिका खेल्न यस पोल्ट्री ल्याब दृढ संकल्पित छ।
हाम्रो सेवाहरु
पोस्टमार्टम
मृत्यु भैसकेको प्राणीको चिरफार गरी विभिन्न अंग (प्रत्यंगको निरिक्षण गर्दै मृत्युको कारण बारे अनुसन्धान गर्ने कुरालाई पोस्टमार्टम भनिन्छ। पोल्ट्री उद्योगमा कुखुरामा लाग्ने रोग र मृत्युको कारणको बारेमा खोजतलास गर्न दक्ष भेटेरिनरी डाक्टरहरुले व्यापक रुपमा प्रयोगमा ल्याउँछन पोस्टमार्टम विधि। कतिपय अवस्थामा रोग संक्रमणको कारणले झोक्राइरहेको कुखुरालाई मारेर पनि सम्बन्धित रोगको बारेमा खोजतलास गर्ने गरिन्छ । विभिन्न प्रकारका रोग संक्रमणले विभिन्न अंग (प्रत्यंगमा भिन्दा(भिन्नै किसिमका असर छोडेका हुन्छन । ती विभिन्न अंग (प्रत्यंगको हेराई र वैज्ञानिक विश्लेषण गरी सम्भावित रोग (संक्रमणको बारेमा आँकलन लगाउन सक्छन दक्ष भेटेरिनरी डाक्टरहरुले।
कल्चर
कतिपय अवस्थामा पोस्टमार्टम हेराईबाट मात्र जीवाणुजन्य वा ढुसीजन्य संक्रमणको कारक तत्व निर्क्यौल गर्न नसकिने अवस्था हुन्छ। अथवा भिन्दा(भिन्दै प्रकृतिको संक्रमणले तन्तुहरुमा देखाउने एकै किसिमको असरको कारणले संक्रमणको कारक तत्व यकिन गर्न नसकिने पनि हुन्छ। यस्तो अवस्थामा व्याक्टेरियल एवं फंगल कल्चर विधिको सहायता लिएर सम्बन्धित जीवाणुजन्य वा ढुसीजन्य संक्रमणको कारक तत्व बारे निर्क्यौल गर्न सकिन्छ। यस विधि अन्तर्गत रोगि वा मरेको पन्क्षिको क्षतिग्रस्त तन्तुबाट लिइएको नमुनालाई प्रयोगशालामा कृत्रिम वातावरणमा हुर्काइन्छ र माइक्रोवायोलोजी विज्ञानको वैज्ञानिक प्रोटोकल बमोजिम संक्रमणको कारक तत्वको पहिचान गरिन्छ।
एन्टीवायोटिक सेन्सिटिभिटी परीक्षण
कहिलेकाहीँ रोग लगाउने व्याक्टेरियाले कतिपय एन्टीवायोटिक चलाउँदा पनि नमर्ने र वृद्दि भैरहने क्षमता विकास गरेका हुन्छन। यस्तो अवस्थामा रोगको ठिक पहिचान भएपनि उपचार स्वरुप दिइएको एन्टीवायोटिक निष्प्रभावी हुन्छ। वैज्ञानिक भाषामा जीवाणुले एन्टीवायोटिक विरुद्द लड्ने क्षमता विकास गरेको यस्तो अवस्थालाई एन्टीवायोटिक रेजिसटेन्स भनिन्छ। यो अवस्थाको सबैभन्दा उपयुक्त हल हो (एन्टीवायोटिक सेन्सिटिभिटी परिक्षण। यस विधि अन्तर्गत कल्चर गरी हुर्काइएका जीवाणुलाई प्रयोगशालामै विभिन्न एन्टीवायोटिकको सम्पर्कमा ल्याएर कुन एन्टीवायोटिकले सबैभन्दा प्रभावकारी ढंगबाट जीवाणुलाई नाश गर्नसक्छ भनि अध्ययन गरिन्छ। अध्ययनको क्रममा देखिएको सबैभन्दा प्रभावकारी एन्टीवायोटिक नै उपचारको लागि सिफारिस गरिने हुनाले उपचारको लागि यस विधिलाई अवलम्बन गर्दा किसानका लागि आर्थिक रुपमा पनि निकै लाभदायक हुन्छ। विशेष गरी हजारौँको संख्यामा लेयर्स तथा प्यारेन्ट कुखुरा पाल्ने किसानले हचुवाको भरमा अनेकथरी एन्टीवायोटिक चलाउँदा एन्टीवायोटिकले काम नगर्ने र एकपछि अर्को एन्टीवायोटिक फेर्दै जाँदा वर्षभरिमा लाखौँ रुपैया खेर जानसक्छ। यसरी एन्टीवायोटिकमा खेर जानसक्ने लाखौँ रुपैया जोगाइ किसानको लागि आर्थिक हित गर्ने एउटा सशक्त माध्यम पनि हो एन्टीवायोटिक सेन्सिटिभिटी परिक्षण।
पानीको पि.एच. तथा माइक्रोबायोलोकिजल परीक्षण
कुखुराको स्वास्थ्यमा खोरमा उपलब्ध पानिको गुणस्तरले ठूलो प्रभाव पारेको हुन्छ। पानि क्षारिय भएमा विभिन्न संक्रामक जीवाणु मौलाउने सम्भावना अधिक रहन्छ पानीको पि। एच। परिक्षण गरेर पानीको अम्लियपना वा क्षारियपना बारेमा निर्क्यौल गर्न सकिन्छ र प्राप्त नतिजा अनुरुप पानीमा प्रयोग गर्न सकिने निसंक्रामक वा अम्लियकरण गर्ने औसधि बारे निर्णय गर्न पनि सजिलो हुन्छ कहिले काहिँ पानीको श्रोत मै अत्यधिक मात्रामा संक्रामक जीवाणुको लोड हुनसक्छ जसले गर्दा कुखुरालाई पानीजन्य संक्रमणले सताइराख्ने र फार्मले आर्थिक नोक्सानी खेपिराख्नुपर्ने हुनसक्छ पानिको स्याम्पल (नमूना) लिएर माइक्रोवायोलोजीकल ल्याब परिक्षण गरी पानीमा के कस्ता संक्रामक जीवाणु छन् र कति मात्रामा छन् भनि नतिजा प्राप्त गर्न सकिन्छ।
रापिड टेस्ट
क्रोमाटोग्राफिक इम्युनोएसेको सैद्दान्तिक पद्दति बमोजिम रापिड टेस्ट किटको प्रयोग गरेर गम्बारो, इन्फेक्सियस ब्रोङ्काइटिस, रानीखेत र बर्ड फ्लु जस्ता भाइरल संक्रमण कुखुरामा भए नभएको पत्ता लगाउन सकिन्छ। कुखुराबाट नमुना लिईसकेपछि किटमा राखेको १० मिनेट मै नतिजा निस्किने हुँदा यसलाई अंग्रेजीमा रापिड (अर्थात छिटो) टेस्ट भनिन्छ।
दाना फर्मूलेशन
आफै दाना बनाउने चाहने किसानको लागि कुखुराको प्रकार (व्रोइलर, लेयर्स वा प्यारेन्ट), जात, उमेर र अवस्था अनुसारको दानाको फर्मुला दिलाउने व्यवस्था छ। विशेषतस् हजारौँको संख्यामा कमर्सियल लेयर्स तथा प्यारेन्ट स्टक पाल्ने उद्यमीहरु आफैले दाना बनाउन सकेमा वर्षभरीमा लाखौँ रुपैँयाको उत्पादन लागत कम पर्न जान्छ। क्षमता र चाहना भएर पनि उचित ज्ञानको अभावमा दाना मिल स्थापना गर्न नसकिरहनु भएका किसान वर्गलाई उहाँहरुको फार्मको आवश्यकता अनुसारको दाना मिल स्थापना गर्ने र वर्षभरिमा लाखौँ रुपैँया वचत गर्नसक्ने आइडिया दिलाउँन पनि कटिबद्ध छौँ।
फार्म भिजिट तथा परामर्श सेवा
ठुलो संख्यामा कुखुरा पाल्ने लेयर्स किसान, प्यारेन्ट स्टक तथा ह्याचरी उद्यमीले नियमित रुपमा फार्म तथा ह्याचरी मै पुगेर सम्पूर्ण व्यवस्थापकीय, स्वास्थ्य एवं प्राविधिक पक्षको निरिक्षण गर्ने गरी हाम्रा भेटेरीनरियनलाई अनुबन्धित गराउन सक्नुहुनेछ। यसरी अनुबन्धित हुने भेटेरीनरियनले फिल्ड भिजिट कै क्रममा व्यवस्थापकीय कमि कमजोरी लाई सच्याएर, कुखुराको स्वास्थ्य एवं अन्य प्राविधिक पक्षलाई थप मजबुत बनाउँदै कम भन्दा कम लागतमा उच्चतम उत्पादन र आर्थिक आम्दानि हाँसिल गर्ने गरि परामर्श दिनेछन।
प्रोजेक्ट डिजाईन तथा प्रोपोजल लेखन
नयाँ ब्रोइलर, लेयर्स, प्यारेन्ट ब्रिडिंग एवं ह्याचरी परियोजनाको लागि वा पुरानोको विस्तार र स्तरोन्नतिको लागि आवश्यक पर्ने साईट छनौट र निर्माण सम्बन्धि वैज्ञानिक डिजाइन बनाउन होस् अथवा वित्तीय व्यवस्थापनको निम्ति प्रपोजल लेख्न होस् आफै उद्यम गरेको अनुभव भएका हाम्रा भेटेरिनरी डाक्टरबाट यस सम्बन्धमा उत्कृष्ट सेवा पाउन सक्नुहुनेछ।
परामर्श तथा तालिम
पोल्ट्री व्यवसाय सुरु गर्न चाहनुहुने महानुभावहरुको लागि खोर निर्माण र पालन व्यवस्थापन सम्बन्धि आधारभुत पोल्ट्री ज्ञान, व्यवसाय गरिरहनु भएका किसानवर्गको लागि थप सुधारका विभिन्न आयाम बारेमा एडभान्स पोल्ट्री ज्ञान साथै प्राविधिकहरुको लागि रोग निदान र उपचार सम्बन्धि भेटेरिनरी मेडिकल ज्ञान बाड्न कार्यालयगत परामर्श दिईनेछ। आवश्यक परेमा तालिम, सेमिनार र गोष्टिहरु समेत संचालन गरिनेछ।
भेटेरिनरी स्वास्थ्य परीक्षण प्रमाणपत्र
पन्छी तथा पन्छीजन्य पदार्थको आन्तरिक ओसारपसार तथा विक्री वितरणको लागि दर्तावाल पशु चिकित्सकद्वारा निरिक्षण गरि भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र प्रदान गरिने व्यवस्था छ।