करपस ल्युटियम रहितको थारोपन (True Anestrus)
बास्तबिक थारोपनको अवस्थामा पशु ऋतुकालमा आउदैन र प्रजनन प्रणालीको परीक्षण गर्दा उमेर अनुसार प्रजनन अंगहरुको विकास भएको हुदैन, डिम्वाशयहरु नरम हुन्छन् र करपस ल्युटियम पाइदैन । १. फ्रि मार्टिन (Free Martinism): यो प्रजनन् सम्वन्धि वंशाणुगत कारणबाट हुने बाँझोपन हो । यदि बाच्छा र बाच्छी जुम्लिहा जन्मेमा प्रायः बाच्छीमा बाँझोपन हुन्छ र यस्ता बाच्छीलाई फ्रि मार्टिन भनिन्छ । यसमा योनीको लम्वाई सामान्य अवस्थाको तुलनामा एक तिहाई मात्र हुन्छ । प [...]