व्रोइलर कुखुराको फ्लक एकरुपता खराब हुने कारणहरु

  फ्लक/ बथान एकरुपता व्रोइलर फ्लक (बथान)मा कुखुराको औषत शारीरिक तौलभन्दा १० प्रतिशतसम्म कम या बढि तौल सम्मका कुखुराको प्रतिशतलाई फ्लक एकरुपता (Flock Uniformity) भनेर चिनिन्छ । उदाहरणको लागि एउटा ३७ दिने १००० वटा कुखुराको औषत शारीरिक तौल २ किलोग्राम छ र यदी १,८०० ग्राम (१० प्रतिशत कम वजन) देखि २,२०० ग्राम (१० प्रतिशत बढि वजन) सम्मका कुखुराको संख्या ८५० छ भने यो फ्लकको एकरुपता ८५ प्रतिशत छ भन्न सकिन्छ । एउटा सन्तोषजनक एकरुपता भएको [...]

पोल्ट्री उत्पादनमा भिटामिनको महत्व

पोषण भनेको विज्ञान हो जसले सन्तुलन, वृद्धि, प्रजनन, स्वास्थ्य र जीवको रोगको सम्बन्धमा पोषक तत्वहरू र अन्य पदार्थहरूको अन्तरक्रियाको व्याख्या गर्दछ। शरीरका आधारभुत कोषहरुलाई अधिकतम कार्यक्षमताको लागि आवश्यक तत्वको परिपुर्ती पोषणले गर्दछ । दाना अथवा अन्न खाएपछी शरीरले पचाउने, सोस्ने काम गर्दछ र यि पोषक तत्वहरु शरीरका सम्पूर्ण कोषहरुमा पुग्दछन् आफ्नो आफ्नो कार्य सम्पादनको लागि । कुखुराको शरिरमा कार्बोहाइड्रेटस, चिल्लो पदार्थ (फ्याट), प्रोटिन [...]

कुखुरापालन व्यवसाय किन असफल ?

जुन गतिमा कुखुरापालन फर्महरू स्थापना हुने गर्छन्, त्यही गतिमा बन्द पनि हुने गरेका छन् । यसकारण कुखुरापालनमा सरकारी नीति तथा देशको आवश्यकता अनुसार अपेक्षाकृत विकास हुनसकेको छैन । सामान्यतया कुखुरापालन व्यवसायबारे सामान्य किसानसँग सल्लाह गर्दा प्राय:जसो कुखुरापालन धनीमानीले गर्ने व्यवसाय हो, हामी सामान्य गाउँले कृषकलाई यसको के काम ?  हामी यसमा सफल हुन सक्तैनौं भन्ने धारण पाइन्छ । तथापि वास्तविकता योभन्दा अर्कै छ । यो व्यवसाय असफल ह [...]

प्यारेन्ट कुखुराको बथानमा शारीरिक एकरुपता (Flock Uniformity) कायम गर्ने विधि

  प्यारेन्ट कुखुरापालनको असाध्यै महत्वपूर्ण पक्षहरु मध्ये एक हो – फ्लकको शारीरिक वृद्धिमा नियन्त्रण र एकरुपता कायम । पोथीले अण्डा पार्न सुरु गर्नुभन्दा ठिक अगाडी सबै कुखुराको शारीरिक तौल एकनासले मानक तौल (Standard Weight) पु¥याउनु नै हुर्कदो अवस्था (Growing phase) को मुख्य ध्येय हुनुपर्दछ । उक्त लक्ष हाँसिल गर्नको निम्ति दुईवटा महत्वपूर्ण पक्षहरुमा ध्यान दिन नितान्तः आवश्यक छ । एक – कुखुराको उमेर अनुसारको म्यानुअल (Manual [...]

ब्याट्री केजमा कुखुरा पाल्नुका सात मुख्य फाइदाहरु

  आधुनिक पोल्ट्री जगतमा कुखुरालाई ब्याट्री केज प्रणालीमा पाल्नुका फाइदाहरु निम्न अनुसार वर्णन गरिएको छ । १. ब्याट्री केज प्रणालीले कुखुराको स्वास्थ्यलाई प्रवर्धन गर्दछ ब्याट्री केजमा हुने जालीदार भुईबाट कुखुराको सुली सिधै तल भूईमा खस्दछ । यसरी भुईको मल र केजभित्र हुने कुखुराबीच सम्पर्क शुन्यप्राय नै हुन्छ । फलस्वरूप: कुखुरालाई मलजन्य रोगव्यादी लाग्ने सम्भावा न्यून रहन्छ । सामान्य जालीदार केज भन्दा निकै फरक हुन्छन असली ब्याट्र [...]

कुखुराले पिउने पानिको अम्लियकरण गर्नुको महत्व

  परिचय:-  पशुपन्क्षिको लागि सबैभन्दा महत्वपूर्ण पोषक तत्व हो – पानि । कुखुराले दाना भन्दा पानि बढी खाने गर्दछ । शरीरको लगभग सबै जैविक प्रक्रिया र प्राणालीको लागि पानि नभई हुँदैन । पाचन नलीमा दाना एवं पोषक तत्व ढुवानी गर्ने माध्यम पनि पानि नै हो । पन्छीको शरीरको तापक्रम नियन्त्रण गर्ने भूमिका पनि पानिले नै खेल्दछ । साथै शरीरको थुप्रै रासायिनिक प्रक्रियाको अभिन्न तत्व हो – पानि । तर विडम्बना, अरु विभिन्न पोषक तत्वले जस्तो यथो [...]

पोल्ट्री उत्पादनमा खनिज पदार्थको महत्व

शरीरको हरेक भागमा खनिज तत्व रहेको हुन्छ र शारिरिक मेटाबलिजममा विभिन्न खनिजको आआफ्नै कामहरु हुन्छन् । खनिज तत्वले विशेषत हड्डी बनावट, अस्मोटिक प्रेसर सन्तुलन, विभिन्न रासायनिक प्रकृयामा आफ्नो भूमिका निर्वाह गर्दछन् । पशुपंछिको शरीरमा बिभिन्न भागमा करीब ४० वटा खनिज तत्वहरु पाईन्छन् जसमध्य १४ वटा अत्यन्त आवश्यक हुन्छन् । लिड, सेलेनियम, कपर, आर्सनिक जस्ता कतिपय खनिजहरु आवश्यक्ता भन्दा भएमा विषाक्तको रुप लिन्छन् । चुन्ढुङ्गा (Limestone), मार्बल [...]

खुला छोडेर पालिने अर्गानिक कुखुरा (Free range organic chicken) का फाईदाहरु

  विश्वमा बढ्दो जनसंख्याको चुलिदो प्रोटिन मागलाई परिपूर्ति गर्नको लागि कुखुरापालन व्यवसाय आजकल भिमकाय उद्योगको रुपमा रुपान्तरण भईसकेको छ । कमर्सियल कुखुराहरु आजकल ठुलो संख्यामा निश्चित बन्द कोठाभित्र पालिने गरिन्छ । बढ्दो जनसंख्याको चुलिदो प्रोटिन मागलाई परिपूर्ति गर्नको लागि यो प्रक्रिया अपरिहार्य पनि बन्दै गैराहेको छ । करोडौं-अरबौंको संख्यामा कुखुरा पालिनुपर्ने आवश्यकता छ - जसलाई खुला छोडेर साध्य नै हुने भएन । कुखुरापालनको यो औधोगिक [...]

Showing 193 to 200 of 200 (17 Pages)