सेक्स सिमेनबाट कृत्रिम गर्भाधान र यसको आदर्श समय

 

लिङ्ग चयन वा सेक्सेड सिमेन हाल नेपालमा व्यवसायिक रूपमा उपलब्घ नभएपनि विभिन्न संघ संस्था तथा NGO/INGO हरू मार्फत विदेशबाट आयात गरी कृषकहरूलाइ पशुपालनको क्षेत्रमा थप आकर्षण गर्न सिमित रूपमा डेरी उद्योगमा संगल्न कृषकहरूको लागी उपलब्ध भएको अवस्था हो ।उसको उपलब्धता मा रमाउनु भन्दा यसको प्रयोग विधि तथा समयले नै सफलताको मापन गर्दछ । हामीले प्रयोग गर्ने साधारण वीर्य र लिङ्ग चयन वा सेक्सेड वीर्य प्रयोग गर्ने सवालमा केही चुनौती, केही सीमाहरू र केही अवसरहरू पक्कै पनि छन, तिनै कुराहरूलाइ समेटेर यो लेख तयार पार्ने जमर्को गरिएको छ ।

परम्परागत वीर्य बाट कृत्रिम गर्भाधान र यसको आदर्श समय:

गाइ भैसीहरूमा कृत्रिम गर्भाधान गराउने आदर्श समय भनेको ऋतुकाल शुरु भएको १२ देखि १८ घण्टालाइ मानिन्छ । तर यो आदर्श समयको अन्तराल परिपक्व गाई र कोरलीमा फरक फरक पर्छ । हाल परिपक्व गाईमा ऋतुकाल शुरु भएको लगभग 12 घन्टा पछि र कोरलीमा लगभग 16 घण्टा पछि सुझाव गरिएको छ । यी निष्कर्षहरूमा तथ्य परक व्याख्या छन् । गाईमा ऋतुकाल शुरु भएको लगभग 28  देखि 30 घन्टामा डिम्बोशर्ग वा Ovulation हुन्छ । Ovulation पछि, अन्डा लगभग ६ देखि ८ घन्टा को लागि गाईको गर्भाशय मा उपस्थित हुन्छ भने शुक्राणुहरू कृत्रिम गर्भाधान गरिसकेपछि गाईको गर्भाशय लगभग १६ देखि १८  घण्टा रहन्छ र यो अवधिमा पहिलो 10 घण्टा शुक्राणुहरू फर्टिलाइजेशनको लागी रासायनिक प्रतिक्रिया सिहत गर्भाशयमा रहन्छन । त्यसैले, ऋतुकाल शुरु भएको  १२ घन्टा भन्दा पहिले कृत्रिम गर्भाधान गराउँदा शुक्राणुहरू को सीमित नम्बर भइ गर्भाधान दर कम हुन सक्छ भने १८ घन्टा भन्दा पछि कृत्रिम गर्भाधान गराउँदा शुक्राणुहरू फर्टिलाइजेशनको लागी तयार भैसकेका हुन्छन तर जीवित अन्डा नहुन सक्छ । नेपालमा गरिएको एक अनुशन्धानले गाईमा ऋतुकाल शुरु भएको १२—१५ घण्टामा कृत्रिम गर्भाधान गराउँदा गर्भ रहने दर ३१.५२%, १६—१८ घण्टामा कृत्रिम गर्भाधान गराउँदा गर्भ रहने दर ५८.९६% र २०—२२ घण्टामा कृत्रिम गर्भाधान गराउँदा गर्भ रहने दर ४८.००% रहेको देखाएको छ (Mahato, S.N. 2013).

सेक्स-क्रमबद्ध वीर्य बाट कृत्रिम गर्भाधान र यसको आदर्श समय:

सेक्स-क्रमबद्ध वीर्य मुख्यतया एक्स (महिला) वा वाई (पुरुष) गुणसूत्रहरु युक्त शुक्राणुहरूलाइ स्टेनिङ गरी अलग अलग गराइ उत्पादन गरिन्छ । यो सेक्स-क्रमबद्ध वीर्यमा हामीलाइ आवश्यक उच्च शुद्धता (90 देखि 95%), भएको सेक्स प्राप्त हुने भएपनि यो वीर्यको उत्पादन प्रक्रिया महंगो छ किनभने यस प्रक्रियामा धरै वीर्यको नोक्शान हुन्छ र उत्पादनको लागी प्रयोग हुने मेसिन पनि महंगो छ  । त्यसैले, यौन-क्रमबद्ध वीर्यको स्ट्रमा परम्परागत वीर्य हुने शुक्राणुहरू (20 x 106 शुक्राणु/स्ट्र) भन्दा अक्सर 10 गुना कम शुक्राणुहरू (2 x 106 शुक्राणु/स्ट्र) रहेको हुन्छ । सेक्स-क्रमबद्ध वीर्य प्राप्त हुने कम शुक्राणुहरू को कारण कृत्रिम गर्भाधान दरमा पनि कम (१० देखि २० प्रतिशत सम्म कम) भएको भन्ने मान्यता छ । यसमा वीर्यको स्वयंसमर्थता (viability of sperm cells)  पनि कम छ । सेक्स-क्रमबद्ध वीर्यको कम स्वयंसमर्थता, शुक्राणुको संख्यामा हुने कमीका कारणले कृत्रिम गर्भाधान र यसको आदर्श समयमा पनि फरक पार्दछ । विशेष गरी estrus को शुरूवात र डिम्बोशर्गको समय सँग यसको सम्बन्ध छ ।

परम्परागत वीर्यको लागि कृत्रिम गर्भाधान गर्ने समय ऋतुकाल शुरु भएको १२ देखि १८ घण्टा, सेक्स-क्रमबद्ध वीर्यको लागि कम हुन्छ किनकी डिम्बलाइ फर्टिलाइजेशनको लागी उपलब्ध शुक्राणुको संख्या सीमित हुन्छ । सेक्स-क्रमबद्ध वीर्यबाट जम्मा ६०० बटा जर्सी गाइका कोरलीहरूमा कृत्रिम गर्भाधान दरको गतिविधिमा आधारित अमेरीकमा गरेको एक अनुसन्धान अनुसार ऋतुकाल शुरु भएको लगभग १८ देखि २४ घन्टामा कृत्रिम गर्भाधान गर्दा गर्भाधान दर (12  देखि 16 घण्टा = 37.7%, 16.1 देखि 20 घन्टा = 51,8%, 20.1  देखि 24 घन्टा = 55.6%, 24.1 देखि 30 घन्टा = 45,5%) सबैभन्दा बढी भएको पाइयो । हाल विभिन्न अनुसन्धान समूह हरूबाट सेक्स-क्रमबद्ध वीर्य संग र यसको आदर्श समय निर्धारण गर्न प्रयोग सञ्चालन गरिएका छन । शोधकर्ताहरूका अनुसार सेक्स-क्रमबद्ध वीर्यबाट अधिकतम गर्भाधान दर हासिल गर्न lactating cow लाइ ऋतुकाल शुरु भएको 20 देखि 28 घण्टा बीच कृत्रिम गर्भाधान गर्नुपर्छ । सबै भन्दा राम्रो विकल्प के हुन्छ भने विशेष गरी सेक्स-क्रमबद्ध वीर्य संग सम्वन्ध राख्ने Insemination time, डेरी उत्पादकहरु, प्रजनन मानकहरु राम्रो सँग जानकारी लिएर मात्र यस्तो प्रविधिको सर्वोत्तम उपयोग गर्न आवश्यक छ ।

फोटो सावारः www.extension.umn.edu

@लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा ।