सरस्वती पूजा
सरस्वती पूजा (बसन्त पञ्चमी वा श्री पञ्चमी रूपमा चिनिने) हिन्दूहरूको पर्व हो । यो पर्वले शुद्धता, शान्तिको प्रतीक, ज्ञान, सिक्ने, कला र संस्कृतिको प्रतिनिधित्व गर्दछ । यो पर्व जनवरी / फेब्रुअरी महिनामा पर्छ । यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । विशेष गरी यो पूजा नेपाल र भारतमा ठूलो उल्लाससित मनाइन्छ । शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ,र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थाहरूमा पनि अलग-अलग ढंगले [...]