कुरीलो (Asparagus) खानुका फाइदाहरूः कुरिलो एक औषधिजन्य वनस्पति हो । यसलाइ एक आदर्श खानाको स्रोतका रूपमा लिइन्छ । आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त, शोक अनि शुक्र दुर्वलता निवारक, मानिन्छ । यसका अलौकिक फाइदाहरू निम्न छन् ।

स्वस्थ पाचन प्रणालीका लागी (Healthy Digestive System): कुरीलोमा इनुलिन (Inulin) नामक एक प्रमुख कार्बोहाइड्रेट पाइन्छ । यसलाइ स्वास्थ्य चिकित्सकहरुले Prebiotic को रूपमा लिन्छन् । यो कार्बोहाइड्रेट आमाशय वा सानो आन्द्रामा नटुक्रिइकन सिधै ठूलो आन्द्रामा पुग्दछ र केही उपयोगी ब्याक्टेरियाहरू (Bifidobacteria र Lactobacilli) को लागी राम्रो पोषण तत्वको रूपमा कार्य गर्दछ । जसले गर्दा धेरै पोषण तत्व शरीले शोषण गरी लिन सक्ने हुन्छ । यसबाट एलर्जीको जोखिम कम हुने र कोलोन क्यान्सरको जोखिम कम हुने चिकित्सकहरु बताउँछन । आफ्नो असामान्य inulin तत्वको संगसंगै यो फाइबरको मात्रामा र प्रोटिनमा पनि धनी छ । यसमा समावेश भएको फाइबरमा अघुलनशील फाइबरको मात्रा २ भाग र  घुलनशील फाइबरको मात्रा १ भाग हुन्छ । फाइबर र प्रोटिन दुवैले हाम्रो पाचन प्रणालीलाइ स्वस्थ राखी आवस्यक दरमा खानालाइ अगाडी बढाउन मद्दत गर्छ ।  

हृदय स्वास्थ्य र मधुमेह नियन्त्रणका लागी (Heart Health and Blood Sugar Regulation): कुरीलोको बारेमा गरेका धेरै अनुषन्धाहरूबाट यो हृदय स्वास्थ्य र मधुमेह नियन्त्रणका लागी निकै उपयोगी हुने देखाएको छ । कुरीलो अनौठोको भिटामिन—बी हरूको श्रोत हो । यो फोलिक एसिड, भिटामिन बी १ र भिटामिन बी २ को एक उत्कृष्ट स्रोत हुनुका साथै नियसिन, क्लोरिन (niacin, choline) भिटामिन B6 र पान्टोथेनिक एसिड (Panthothenic Acid) को पनि धेरै राम्रो स्रोत हो । स्त्रीहरुको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तन जन्य रोग र स्त्री पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्यक दिन दुध संग सेवन गर्नाले अप्रत्यासित लाभ हुन्छ । यसले स्वस्थ रगतमा चीनी व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेल्छ । भिटामिन बी ले शरीरमा भएको सुगर र स्चार्चको मेटाबोलिजममा प्रमुख भूमिका खेल्ने मात्र हैन यसले homocysteine ​​को नियन्त्रणमा पनि प्रमुख भूमिका खेल्छ त्यसैले यो हृदय स्वास्थ्यमा महत्वपूर्ण मानिन्छ । किनकी Homocysteine ​​एक एमिनो एसिड हो जुन हाम्रो रगतमा अत्यधिक मात्राका भएमा हृदय रोगको जोखिम निम्त्याउँछ । यसमा रहेको घुलनशील फाइबरको कारणाले हृदय रोगको जोखिम कम गर्नुका साथै एंटीइन्फ्लामेटोरी र एंटीऔक्सीडेंट एजेण्टले टाइप २ मधुमेहलाकइ पनि कम गराउँदछ ।

एंटीक्यान्सर एजेण्टको रूपमा (Anti-Cancer Agent): यसमा हुने नकै बलियो एंटीइन्फ्लामेटोरी र एंटीऔक्सीडेंट पोषक तत्वको संरचना हुने हुँदा यसलाइ क्यान्सरको जोखिम कम गर्ने तत्वको रूपमा लिइन्छ । पुरानो, अत्याधिक सुनिंने र औक्सीडेंटीभ तनावहरू (Oxidative Stress) विभिन्न प्रकारको क्यान्सरहरूको कारण बन्न सक्दछन् । त्यस्ता कारणहरूबाट हुने क्यान्सरको जोखिम यसको सेवनले कम गर्छ । विभिन्न समयमा मुसाहरूमा गरिएका अनुसध्यानहरूले पनि यो पुष्टी गरिसकेको क्यान्सर अनुसन्धानहरूमा वर्णन गरिएको छ ।

एंटीइन्फ्लामेटोरी र एंटीऔक्सीडेंट एजेण्ट (Anti-Inflammatory and Anti-Oxidant): यो एंटीइन्फ्लामेटोरी र एंटीऔक्सीडेंट पोषक तत्वहरूको साँच्चै नै अद्वितीय संयोजन भएको  औषधिजन्य वनस्पति हो । अनुषन्धाहरूबाट अत्यधिक र अनावश्यक रूपमा सुनिंने रोगहरू (Amyotrophic Lateral Sclerosis  or ALS)  को जोखिम कम गर्न र समेत महत्वपूर्ण भूमिका खेल्न सक्छ भनि प्रमाणित गरिएको छ । यसले एंटीइन्फ्लामेटोरी तत्वहरूको अलावा भिटामिन सी, बिटा-क्यारोटिन, भिटामिन ई र खनिजहरू (मैंगनीज र सेलेनियम) सहित एंटीऔक्सीडेंट पोषक तत्वहरू प्रदान गर्दछ । यि एंटीऔक्सीडेंट पोषकहरूको अलावा यसमा Glutathione (GSH) जस्तो अमूल्य एंटीऔक्सीडेंट हुन्छ ।