लसुन स्वास्थ्य लाभको लागी सर्वश्रेष्ठ विकल्पः लसुन औषधीको रूपमा र स्वादिलो बनाउने मसलाको रुपमा प्रयोग हुने एक खाद्य वस्तु हो । यो मानव स्वास्थ्यको लागी निकै फाइदाजनक हुन्छ । यसलाई भन्छामा बिशेष गरी दाल, तरकारी वा अचारको स्वाद बढाउन प्रयोग गरिन्छ ।

यसमा रहेको डिटक्सिफिकेसन गुण (Detoxification Properties) का कारण एउटा वैकल्पिक चिकित्साको रूपमा यसलाई सबभन्दा राम्रो खाद्य सामग्री मानिएको हो । नियमित लसुनको सेवन गर्नाले स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट मुक्ति पाउन सकिन्छ ।

नियमित रुपमा लसुनको प्रयोगले निम्न फाइदाहरू प्राप्त गर्न सकिन्छ ।

  • हृदय रोगको टनिक (Tonic for Cardiovascular System): लसुन स्वास्थ्य र हृदय रोगको टनिक हो, यसले  कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको मात्रा कम गराउँदछ  । उसले उच्च रक्तचापको कन्ट्रोल गरि रगत प्रसारणमा नियन्त्रण गर्न मद्दत गर्छ । यसले Hypertension को लागी प्राकृतिक उपचारको रूपमा पनि काम गर्दछ ।
  • शक्तिशाली जिवाणु नाशक एंटीबायोटिक (Powerful Antiseptic and Antibiotic): यसलाइ प्राकृतिक एन्टिबायोटिक पनि भनिन्छ । लसुनमा एलिइन (Alliin) नामको एन्टिबायोटिक हुन्छ । प्रशोधन नगरेको लसुनमा करीव १ प्रतिशत एलिइन हुन्छ यसले ब्याक्टेरिया, भाइरस, ढुसी, परजीवीहरूको संख्या घटाउन र बृदि विकासलाइ रोक्न सहयोग गर्दछ । एसिडिटीको समस्यामा भएकाहरूलाइ पनि यो लाभदायी मानिन्छ ।
  • प्रतिरक्षा प्रणालीको विकास (Boost Immune System):  ताजा लसुनले E. Coli, Antibiotic-resistant staphylococcus aureus, Salmonella enteritidis जस्ता कारणाबाट हुने खाद्य विषाक्तता रोक्न Feed Additive को रूपमा पनि प्रयोग गरिन्छ । यो अल्सर गराउने Helicobacter pylori ब्याक्टेरियाको उपचारमा पनि प्रयोग हुन सक्छ।
  • क्यान्सर विरुद्धको मुख्य रक्षक (Anticancer Agent): यसले natural-killer (NK) cells लाइ सकृय बनायनमा सहयोग गर्दछ जुन क्यान्सरको विरुद्ध लड्ने सेलहरू हुन । केही क्यान्सर बनाउने तत्वहरूलाइ निष्कृय पारी डीएनए (DNA) हरूलाइ सुरक्षा गर्दछ । नियमित रुपमा लसुनको प्रयोगले पेटको क्यान्सर, रेक्टमको क्यान्सर, प्रोस्टेट क्यान्सरको जोखिमलाइ कम गर्छ । यसले मस्तिष्क सेलहरूको एंटीऔक्सीडेंटको कार्य पनि गर्दछ ।
  • तौल घटाउँने काइदा (Weight Loss): लसुनको सेवनले मस्तिष्कलाइ सन्तुष्टि महसुसको संकेत दिन्छ र मेटावलिजम बढाइदन्छ जसले गर्दा यो भोक घटाउने तत्वको (Appetite Suppressant) रूपमा पनि प्रयोग गरिन्छ ।
  • वीर्यको गुणस्तरमा सुधार (Increase Sperm Motility): नियमित रूपमा यसलाइ घिउमा भुटेर दूधमा पकाएर खाएमा विर्यको गुणस्तरमा सुधार ल्याउनुका साथै नपुंसकताको समस्या पनि हराउन मद्त गर्छ । यसले मुटु रोगीलाई पनि फाइदा गर्दछ ।
  • ग्यास्टाइटिसको कमी (Reduce Gastritis):  नियमित रूपमा खाली पेटमा एक केस्रा लसुन मनतातो पानीसँग खाने गर्नाले ग्यास्टाइटिसको समस्या कम गरी पाचन प्रणालीमा पनि सुधार ल्याउँछ । यो गानो देखेको कम गर्न, पेट दुख्ने समस्याबाट मुक्ति पाउन, डाइरियाका कम गर्न असाध्यै प्रभावकारी ठानिएको छ । आत्तिने वा तनावबाट सिर्जना हुने एसिडिटी कम गर्न पनि यसको प्रयोग हुन्छ ।

लसुनको सेवनमा विचार पुर्याउनु पर्ने केही कुराहरूः

  • प्रशोधन गरेको लसुन (लसुन पाउडर, चक्की, दाना, र संरक्षित लसुन) को प्रभाव भन्दा ताजा वा पुरा बिरुवा धेरै उपयोगी सक्छ।
  • लसुनलाइ सलादको रूपमा स्वस्थ खाना प्रयोग गर्नु राम्रो हुन्छ । खाना पकाउने क्रममा यो पाक्ने बेलाको अन्तमा राख्नु राम्रो मानिन्छ किनकि धेरै पकाएको लसुनमा यसका केही उपयोगी गुणहरू नाश हुन सक्छन् ।
  • लसुनमा हुने धेरै चिकित्सकीय प्रभाव भएको एलिसिन नामक कम्पाउण्ड (Allicin: Sulfur-containing compounds) ले काँचो लसुन खाँदा बढी गन्ध आउँछ ।
  • यदि तपाईं एलर्जी वा केही अन्य कारणले लसुन खान सक्नुहुन्न यसको सट्टा प्याज खान सकिन्छ किनकि प्याज पनि लसुनको परिवार नै हो ।
  • धेरै मात्रामा लसुनको सेवनबाट भने रक्तस्रावको जोखिममा वृद्धि हुन सक्छ । यदि तपाँइमा रक्तस्राव विकार छ भने लसुनको प्रयोग गर्नुभन्दा पहिले सो विकारको जाँच गर्नुहोस् ।