साना किसानका लागी घाँसमा आधारित आहारा ब्यवस्थापन (१० गाई तथा भैसीपालनको नमूना सहित)
पशुपालन ब्यावशायमा आहारा ब्यवस्थानले मुख्य भुमिका खेलेको हुन्छ।सस्तो आहाराबाट बढी उत्पादन लिन सके मात्र पशुपालन ब्याबसायबाट नाफा लिन सकिन्छ तर सस्तो आहारामा पशुलाइ चाहिने पौष्टीक तत्व जस्तै प्रोटीन कार्बोहाइटेड बोसो भिटामिन खनिजको आवश्यक मात्रा पुरा गर्ने खालको हुनुपर्दछ।परम्परागत पशुपालन पद्दतिमा मुख्य गरेर कृषि उत्पादनका उप पखार्थ खुवाएर पाल्ने पर्चलन छ।जसमा मुख्य गरेर पराल घाँस स्याउला र दाना प्रयोग गर्ने गरिएको छ।नेपालमा उपलब्ध पशु आहा [...]