अण्डा पार्ने समयमा पुग्दा प्यारेन्ट पोथीको तौल तोकिएको Standard तौल भन्दा धेरै कम वा अधिक भएको खण्डमा देखिने समस्याहरु
अण्डा पार्ने समय (Point of Lay) सम्म पुग्दा पोथीले मानक (standard) तौल हाँसिल गर्न नसके के हुन्छ? अण्डा उत्पादन ढिलो सुरु हुन्छ । धेरै अण्डाको आकार बिग्रन्छ र मेसिनमा सेटिंग गर्न लायकको हुँदैन । लामो समयसम्म सानो आकारको अण्डा उत्पादन भैराख्छ । म्यानुअल वा गाइडमा तोके बमोजिम पिक प्रोडक्सन प्राप्त हुनसक्दैन । फरटिलिटी समेत कम हुन्छ (भाले नलागेको वा अण्डाभित्र भ्रुण नभएको) । यस्तो अण्डाबाट चल्ला उत्पादन हुँदैन । अण्डा पार्ने समयसम्म पुग्दा पोथीको तौल तोकिएको मानक तौल भन्दा अत्यधिक धेरै भए के हुन्छ? तोकिएको भन्दा छिटो अण्डा उत्पादन हुन्छ जुन राम्रो होइन । तोकिए भन्दा छिटो उत्पादन दिने पोथीको उत्पादन क्षमतामा छिट्टै नै ह्रास आउँछ । डबल आकारको अण्डा (Jumbo egg) को उत्पादन धेरै मात...