खोरेत रोगः एक परिचय
खोरेत रोगः एक परिचय (FMD: An Introduction) खोरेत खुरफट्टा पशुहरूमा विषाणुबाट लाग्ने संक्रामक रोग हो। नेपालमा यो रोग देखा परिरहने (Endemic) रोग हो। यसले दूध उत्पादनमा गिराबट ल्याउने, पशुको मृत्यु भई क्षति पुर्याउने गर्दछ। चाडपर्वहरूमा पशुको ओसारपसार तथा खुल्ला सिमानाका कारण भारतबाट नेपालमा भित्रिने पशुसँग यो रोग भित्रिने तथा फैलिने जोखिम रहेको छ। बर्षभरीनै रोग देखा पर्न सक्ने भएता पनि बर्षायामको वरिपरी बढी मात्रामा देखिन्छ। रोगको इत [...]