ह्याचारिमा वाटर लस (water loss) मापन प्रक्रिया : गुणस्तरीय एवं उच्चतम चल्ला उत्पादनको आधार

 

ह्याचिंग अण्डाको वाटर लस भनेको के हो ?

इन्कुवेटर मेसिनमा ह्याचिंग अण्डा सेटिंग गरेदेखि १८ औँ दिनमा ह्याचर मेसिनमा ट्रान्सफर गर्ने बेला सम्म अण्डामा हुने पानि, जति प्रतिशतले घटेर जान्छ, उक्त घटेको मान लाई वाटर लस भनिन्छ । इन्कुवेटर-ह्याचर मेसिनको आद्रता ठिक भए-नभएको बारे यकिन गर्ने सरल उपाय पनि हो - वाटर लस मापन ।

गणितीय रुपमा;

% वाटर लस = घटेको अण्डाको तौल (हराएको पानिको तौल) / सेटिंग गर्दाखेरीको अण्डाको तौल * १००

वाटर लस आवश्यक भन्दा कम वा बढी हुनुले के संकेत गर्दछ ?

वाटर लस कम हुनु भनेको इन्कुवेटर मेसिनको आद्रता बढी हुनुको संकेत हो । यस्ता अण्डाबाट चिक यिल्ड मान पनि बढी आउनसक्छ । चिक यिल्ड मान बढी आएमा चल्लाहरु फार्ममा पुगेपछि तुरुन्त दानापानी खान तयार हुदैनन् र अल्छी हुन्छन ।

वाटर लस बढी हुनु भनेको मेसिनको आद्रता कम हुनुको संकेत हो । यस्ता अण्डाबाट चिक यिल्ड मान पनि कम  आउनसक्छ । चिक यिल्ड मान कम आएमा चल्लाहरुमा डिहाईड्रेशनको शिकार हुने र फार्ममा पुगेपछि राम्रो उत्पादन नहुने जोखिम बढी रहन्छ । डिहाईड्रेशन भएको चल्लाले तिखो आवाज छिटो-छिटो निकाल्ने गर्छन ।

अंकमा कति हुनुपर्ने हो वाटर लस ? कतिलाई कम वा बढी मान्ने ?

यथोचित तापक्रम सहित इन्कुवेशन गरेको खण्डमा सबैभन्दा उपयुक्त वाटर लस भनेको ११ - १२ % हो । ११ % भन्दा पनि कम वाटर लस हुनु वा १२ % भन्दा बढी वाटर लस हुनु दुवै उपयुक्त होइन जसले चल्लाको गुणस्तर कमसल बनाउँछ, साथै ह्याचविलिटी पनि कम गराउँछ ।

नोट : केहि मात्रामा पानी (०.५ % प्रति हप्ताको दरले) ह्याचिंग अण्डा भण्डारण गर्ने क्रममा पनि वस्पिकरण भएर हराउने गर्दछ । भण्डारणको क्रममा वस्पिकरण भएर हराउने पानिलाई समेत मध्यनजर गर्दा १ हप्ता सम्म भण्डारण गरेर सेटिंग गरेको ह्याचिंग अण्डाको वाटर लस १८ औँ दिनमा १०.५ - ११.५ % हुनुपर्दछ । त्यस्तै २ हप्तासम्म भण्डारण भएको ह्याचिङ अण्डाको हकमा सो मान १० - ११ % हुनुपर्दछ  ।

वाटर लस मापन प्रक्रिया

वाटर लसलाई ठिकसँग मापन गर्न ट्रान्सफर समयको राम्रोसँग हेक्का गर्नुपर्छ:

- प्रत्येक इन्कुवेटरको तीनवटा ट्रे बाट चिक यिल्डको मुल्यांकन गर्ने । प्रत्येक प्यारेन्ट फ्लकको वाटर लस छुट्टा-छुट्टै मुल्यांकन गर्ने ।

- यस्तो डिजिटल काँटाको प्रयोग गर्ने जसले एउटा पुरै इन्कुवेटर ट्रे को तौल ५ ग्राम भन्दा बढी फरक (तलमाथि) नपर्ने गरि लिन सकोस ।

नोट: यो प्रक्रिया ह्याचारिमा “चिक यिल्ड” मापन गर्ने प्रक्रियासँग सँगै जोडेर अगाडी बढाउन सकिन्छ ।

१. खालि सेटर ट्रे वा इन्कुवेटर ट्रे को तौल लिने । यो काम अण्डा सेटिंग गर्ने बेलामा वा सेटर बाट ह्याचरमा ट्रान्सफर गर्ने बेलामा गर्न सकिन्छ ।

२. ट्रे लाई सफा ह्याचिङ अण्डाले भर्ने । फोहोर, फुटेको, बोक्रा कमसल भएको आदि ह्याचिङ नहुने खालको अण्डालाई नलिने ।

३. अण्डाले भरिएको ट्रे को तौल लिने ।

४. ट्रे मा चिन्ह लगाउने ताकि ट्रान्सफर गर्ने बेला सजिलै चिन्न सकियोस । प्रत्येक मेसिनको लागि प्रयोग गरिने ३ वटा ट्रे मेसिन भित्र एउटा माथिल्लो भागमा, दोश्रो बिचको भागमा र तेस्रो तल्लो भागमा राख्नुपर्ने हुन्छ ।

५. ट्रान्सफर गर्न भन्दा अगाडी क्यानडलिंग गरी फरटीलिटी जाँच गर्नुपर्ने हो भने, वाटर लस मापन गर्ने क्रममा ट्रे बाट इनफरटाईल अण्डाहरु नहटाउने ।

६. १८ औँ दिनमा ट्रान्सफर गर्ने क्रममा, पून: सम्बन्धित अण्डाले भरिएको ट्रे को तौल लिने । ट्रे मा चर्किएको-फुटेको अण्डा भएमा सो ट्रे को तौल नलिने ।

वाटर लस मापनको लागि हिसाब-किताब


% वाटर लस = (सेटिंग गर्ने बेलाको भरिएको ट्रे को तौल - ट्रान्सफर गर्ने बेलाको भरिएको ट्रे को तौल) / (सेटिंग गर्ने बेलाको भरिएको ट्रे को तौल - खालि ट्रे को तौल)

उदाहरण :

खालि ट्रे को तौल = १२०५ ग्राम

सेटिंग गर्ने बेलाको भरिएको ट्रे को तौल = ८२०१ ग्राम

ट्रान्सफर गर्ने बेलाको भरिएको ट्रे को तौल = ७३८२ ग्राम

% वाटर लस = (८२०१ - ७३८२) / (८२०१ - १२०५) = ८१९/६९९६*१०० = ११.७ %

यदी अण्डा १८ औँ दिनमा नभई अन्य दिन ट्रान्सफर र तौल लिने कार्य गरिएको भएमा, हिसाब गरिएको वाटर लस लाई १८ औँ दिनको लागि रुपान्तरण गर्नुपर्ने हुन्छ । यसो गर्नको लागि हिसाब गर्दा आएको वाटर लस लाई ट्रान्सफर गर्दाको दिनको अंकले भाग गरेर १८ ले गुणन गर्नुपर्ने हुन्छ । माथिको वाटर लस मापन १७ दिनमा गरिएको ट्रान्सफरको लागि हो भने १८ औँ दिनको लागि निम्न अनुसार रुपान्तरण गर्न सकिन्छ : (११.७/१७) * १८ = १२.४ % ।


वाटर  लस  नतिजा  विश्लेषण  एवं  आवश्यक  प्रतिक्रिया

चित्रमा ३ वटा प्यारेन्ट फ्लकको प्रत्येकको ३ वटा सेटर ट्रे प्रयोग गरि मापन गरिएको वाटर लस नतिजा ग्राफमा क्रस चिन्हले इंकित गरिएको छ ।

फ्लक / Flock 1

नतिजा विश्लेषण : वाटर लस सामान्य भएको ।

आवश्यक प्रतिक्रिया : कुनै प्रतिक्रिया आवश्यक नभएको ।

फ्लक / Flock 2

नतिजा विश्लेषण : वाटर लास सामान्य भन्दा केहि कम भएको ।

आवश्यक प्रतिक्रिया : यो इन्कुवेटरको वाटर लस पुन: जाँच गर्ने र ह्युमीडिफायरले राम्रोसँग काम गरे-नगरेको यकिन गर्ने । अझैपनि वाटर लस कम देखिएमा, इन्कुवेटरको आद्रता कम गराउने । 

नोट : भण्डारण गरिएको अण्डाको लागि यो मानलाई सामान्य नै मान्नुपर्छ ।

फ्लक / Flock 3

नतिजा विश्लेषण : वाटर लस अत्याधिक बढी भएको ।

आवश्यक प्रतिक्रिया : यी ट्रेमा चर्किएको अण्डा भए-नभएको यकिन गर्ने । ह्युमीडिफायरले राम्रोसँग काम गरे-नगरेको यकिन गर्ने । इन्कुवेटरको आद्रता बढी गराउने ।

नोट : यदी चर्किएको अण्डा फेला परेमा उक्त नतिजालाई मान्यता नदिने र फेरी मापन गर्ने ।

विशेष नोट : वाटर लस लाई % ले अदलबदल गर्न, आद्रता लाई   % सापेक्षिक आद्रता (RH) अथवा डिग्री सेन्टीग्रेड वा   डिग्री फरेनहाईटको दरले ड्राई वल्वमा परिवर्तन ल्याउनुपर्छ