भेडाबाख्रामा लाग्ने पि.पि.आर रोगबारे जानकारी
भेडाबाख्राको गौगोटि पनि भनेर चिनिने पि.पि.आर रोग पारामिग्जो परिवार को मोरबिलिभाइरस प्रजातिको अति सुस्म विषाणुबाट भेडा बाख्रामा लाग्ने एउटा संक्रमण रोग हो, जुन भेडाहरुको तुलनामा बाख्राहरुमा बढि देखिन्छ। खासगरि यो रोग नेपालका ताराइ लगायत पाहाडि र मध्यपहाडि जिल्लाहरुमा देखिदै आएको छ। पहिलो पटक यो २०५२ सालमा बारा र पर्सा जिल्लामा देखा परेको थियो र बिस्तारै देशका विभिन्न ठाउहरुमा महामारिको रुपमा फैलिदै गएको पाइन्छ।
रोग सर्ने तरिकाः
- बिरामि भेडाबाख्राहरुको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क बाट स्वस्थ भेडाबाख्राहरुमा।
- बिरामि बाख्राहारुको दुध बाट तिनिहरुको पाठा पाठिहरुमा।
- देशभित्र विभिन्न चाडपर्वको बेला हुने भेडाबाख्रा को अत्याधिका ओसारपसार बाट।
- त्यसैगरि छिमेकि देश भारत बाट भेडाबाख्राको अनियन्त्रित तथा खुल्ला रुपमा हुने ओसारपसारका कारण।
रोगका लक्षणहरुः
- एक्कासि उच्च ज्वरो अउने र नाकबाट सुरुमा पानिजस्तो सिगान बग्ने र बिस्तारै बाक्लो सिगान बग्दै जाने।
- झोक्राउने र खाना खान छोड्ने।
- मुखको भित्रि र बाहिरि भागमा पाप्रो वस्ने।
- खोकि लाग्ने, सास गन्दआउने तथा सास फेर्न गारो हुने।
- छेरौटे लाग्ने र जुन एकदमै गन्ध आउने गर्दछ।
पोष्टमार्टमका लक्षणहरुः
१. फोक्सोमा पानि भरिने।
२. अन्द्रा सुन्निने र असाध्यै रक्तश्राव हुने।
३. ठुलो अन्द्रामा जेव्रा मार्किग देखिने।
रोग निदान तथा उपचारः
सामान्यतया रोगका लक्षणहरुबाटै यसको पहिचान गर्न सकिन्छ। तर प्रयोगशाला परिक्षणबाट रोगको एकिन गर्नु उत्तम हुन्छ। त्यसका लागि सङ्कासपद भेडाबाख्राहरुको सिरमको नमुना सङ्कलन गारि पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा पठाउनु पर्छ।
उपचारः विषाणुबाट लाग्ने रोग भएकाले यस रोगको खासै प्रभावकारि उपचार हुदैन तर ज्वरो कम गर्ने औषधि, एन्टिबायोटिक र छेरौटे रोक्ने औषधि प्रयोग गरि मर्त्युदर कम गर्न सकिन्छ।
रोकथाम तथा नियन्त्रणका उपायः
१. खोपको कभरेज बढाइ कम्तिमा ७०-८०% भेडाबाख्रा सम्म पुर्याउने।
२. आन्तरिक नाकाहरुमा क्वारेन्टाइन जाच कडाइ का साथ लागु गर्ने।
३. सङ्क्रमित तथा सङ्कास्पद भेडाबाख्राहरुलाइ छुट्याएर राख्ने र तिनिहरुको ओसारपसार नगर्ने।
४. भेडाबाख्राहरु बस्ने खोर र त्यस वरपर निरन्तर रुपमा सरसफाइ गरिराख्ने।
५. आन्तरिक ओसारपोसारका बाटोहरुमा अनिवार्य खोप कार्यक्रम सन्चालन गर्ने।
६. खोपको प्रभावकारिता बढाउन फिल्डस्तरमा कोल्डचेन क्षमता सुधार गर्ने।
तयारकर्ताः
डा. विशाल पाठक
पशु विकास अधिकृत (भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन, बैतडि)