ब्याट्री केजमा कुखुरा पाल्नुका सात मुख्य फाइदाहरु

 

आधुनिक पोल्ट्री जगतमा कुखुरालाई ब्याट्री केज प्रणालीमा पाल्नुका फाइदाहरु निम्न अनुसार वर्णन गरिएको छ ।

१. ब्याट्री केज प्रणालीले कुखुराको स्वास्थ्यलाई प्रवर्धन गर्दछ

ब्याट्री केजमा हुने जालीदार भुईबाट कुखुराको सुली सिधै तल भूईमा खस्दछ । यसरी भुईको मल र केजभित्र हुने कुखुराबीच सम्पर्क शुन्यप्राय नै हुन्छ । फलस्वरूप: कुखुरालाई मलजन्य रोगव्यादी लाग्ने सम्भावा न्यून रहन्छ । सामान्य जालीदार केज भन्दा निकै फरक हुन्छन असली ब्याट्री केज जहाँ चल्ला ब्रुडिंगको लागि तापक्रम प्रदान गर्ने इकाईहरु समेत जडान गरिएको हुन्छ ।

२. उत्पादनलाई बढावा दिन्छ

रोगि वातावरणमा हुर्काइएको कुखुराको तुलनामा स्वस्थ्य कुखुराले उत्पादन पनि अधिक मात्रामा दिनसक्छ । ब्याट्री केजले कुखुराबाट बढी मात्रामा अण्डा उत्पादन लिन टेवा पुर्याउँछ । हालसालैका अध्ययन अनुसार विकसित मुलुकमा स्याण्डविच, केक र मायोनेज जस्ता खाद्द्यबस्तु बनाउन प्रयोग गरिने ६० प्रतिशत अण्डा ब्याट्री केज प्रणालीमा हुर्काइएको कुखुराबाट लिने गरिन्छ । यसले पनि के जनाउँछ भन्दा ब्याट्री केज प्रणालीमा हुर्काइएको कुखुरा अरु प्रणालीमा भन्दा बढी मात्रामा अण्डा दिन प्रेरित र काबिल हुन्छन ।

३. कुखुरालाई आवश्यक खुराक ग्रहण गर्न सहज र व्यवस्थित वातावरण मिल्दछ

ब्याट्री केज प्रणालीले कुखुराको आहारा ग्रहण प्रक्रिया सहज र नियमित बनाउँदछ । फलस्वरूप: कुखुराले ज्यादा स्याहार प्राप्त गर्दछ । यसो किन सम्भव हुन्छ भने यो प्रणाली अन्तर्गत कुखुराको दाना लामो खण्डीकृत धातु वा प्लास्टिक पाईपमा राखिन्छ र पानि टाउकोमाथिको निप्पल प्रणालीबाट दिईन्छ जुन कुखुरा राख्नु अगाडी नै जडित हुन्छन । यस कारणले गर्दा कुखुरालाई आवश्यक दानापानि दिन किसानलाई निकै सजिलो हुन्छ ।

४. कम भन्दा कम श्रमशक्तिको आवश्यकता

ब्याट्री केजमा हुने व्यवस्थित दाना-पानि दिने प्रणाली; त्यस्तै व्यवस्थित सुली संकलन र अण्डा संकलन प्रणालीको कारणले कम भन्दा कम श्रमशक्तिको भरमा नै खोरको काम सहजै सम्पन्न गर्न सकिन्छ । ब्याट्री केज प्रणालीमा किसानले दाना-पानि निश्चित एक ठाउँमा राखिदिए पुग्छ जहाँबाट स्वचालित रुपमा सबै कुखुरा समक्ष पुग्दछ । यस अलावा भुईमा खसेको सुली सफाई गर्ने र अण्डा संकलन गरेर प्याकेजिङ्ग गरे मात्र पुग्दछ । कुखुराले ब्याट्री केजमा पारेको अण्डा गुड्कीदै एक निश्चित ठाउँमा आउने हुनाले अण्डा संकलन कार्यपनि निकै सजिलो हुन्छ । यसो हुनाले किसानलाई श्रमशक्तिको तनाव नहुने र खोरभित्र धेरै जना कामदारलाई जागिर पनि खुवाउनु नपर्ने स्थिति सृजना हुन्छ । श्रमशक्तिमा हुने खर्चलाई व्यापक रुपमा कटौती गरेर यस प्रणालीले दिर्घकालिन रुपमा व्यवसायलाई नाफामुलक नै बनाउँछ - भलै सुरुमा केहि ज्यादा लगानी किन गर्न नपरोस् । 

५. दाना खेर जाने समस्याको न्यूनीकरण

ब्याट्री केज प्रणालीमा हुने स्तरीय दाना तथा पानि सप्लाई उपकरणहरुले दानापानि खेर जानबाट रोक्छ । कुखुराको जात, उमेर, अवस्था, उत्पादन क्षमता र मौसम अनुसार तोकिएको निश्चित दैनिकी मात्राको आहारा मात्र कुखुरालाई दिन मिल्छ । यसरी पोल्ट्री उद्योगमा दाना खेर जाने प्रथालाई निस्तेज गरेर ब्याट्री केज प्रणालीले उत्पादन लागत समेत व्यापक कटौती गर्न सहयोग गर्दछ ।

६. अधिकतम कुखुरा अटाउन सक्ने क्षमता

सिमित क्षेत्रफलमै धेरै भन्दा धेरै कुखुरा अटाउन सक्ने क्षमता हुन्छ - आधुनिक ब्याट्री केज प्रणालीमा । यसको अर्थ यो हुन्छ कि ब्याट्री केज प्रणालीले निर्माणमा लाग्ने लगानीको बचत गर्दछ, साथै उपलब्ध ठाउँबाट अधिकतम प्रतिफल लिनसक्ने वातावरण बनाउँछ ।

. सस्तो, टिकाउ र सबै किसिमका अण्डा पर्ने कुखुराको लागि उपयुक्त

ब्याट्री केज प्रणाली सस्तोमा निर्माण गर्न सकिने हुनाले व्यवसायमा भर्खरै लाग्ने चाहने नवप्रवेशी वा अनुभवी व्यवसायी दुबै प्रकारका किसानले सजिलै अपनाउन सक्छन । सस्तो हुनुको साथ-साथै ब्याट्री केज टिकाउ पनि हुन्छन किनकि यिनलाई ग्याल्भनाइज गरिएको फलामको तार-जालिले बनाइन्छ जसकारण खिया लाग्न पाउदैन र लामो समयसम्म खराब हुँदैन । टिकाउ हुनुको साथ-साथै यो प्रणाली जुनसुकै किसिमका अण्डा पार्ने कुखुराको उपयुक्त हुन्छ - चाहे कमर्सियल लेयर्स होस्, व्रोइलरको प्यारेन्ट ब्रिडर होस् वा लेयर्सको प्यारेन्ट ब्रिडर होस् । साथै जुनसुकै अवस्थाको अण्डा दिने कुखुराको लागि पनि उपयुक्त हुन्छ - चाहे ब्रुडिंग अवस्था होस्, ग्रोइङ्ग अवस्था होस् वा लेइङ्ग अवस्था होस् । नोट: प्यारेन्ट ब्रिडरलाई केजमा पाल्दाखेरी कृत्रिम गर्भाधानको (AI) प्रणाली समेत अपनाउनुपर्ने हुन्छ ।  

तसर्थ कुखुरापालक किसानवर्गलाई अधिकतम प्रतिफल लिनको लागि ब्याट्री केजमा कुखुरा पाल्न उपयुक्त हुने देखिन्छ

Photo from https://www.nairaland.com/3196927/battery-cage-poultry-farm