बाख्राको लागि सन्तुलित दाना

सबै पैोष्टिक तत्वहरु उचित मात्रामा भएको आहारालाई सन्तुलित दाना वा आहारा भनिन्छ। जस्तै उचित मात्रामा घाँस, अनाज, खनिज पदार्थ, पानीहरु नै सन्तुलित आहारा हुन्। कुनै पनि बाख्राको लागि उसको शारीरिक तौलको ३.५ देखि ४ प्रतिशत सुख्खा पदार्थको आबस्यकता पर्छ। दानाको हकमा भने उसको शारीरि तौलको १ प्रतिशत दिए पुग्छ।

सन्तुलित आहाराः बाख्राको राम्रो शारीरिक विकास तथा उत्पादन लिनको लागि आहारामा आवश्यक पर्ने पौष्टिक तत्वहरु उचित मात्रामा समावेश हुनु आवश्यक हुन्छ। यसको महत्वपूर्ण पौष्टिक तत्वहरु निम्नानुसार छन्।

कार्वोहाईड्रेड र चिल्लो पदार्थः बाख्राको समग्र उत्पादकत्व र खाएको आहारा पूर्ण प्रयोगको लागि शक्ति (Energy) अत्यन्त महत्वपूर्ण तत्व हो। शरीरका लागि आवश्यक शक्ति मुख्यतः कार्वोहाईड्रेट र चिल्लो पदार्थबाट प्राप्त हुन्छ। यसको कमीले शारीरिक वृद्धिदर कम हुने, बाली ढिलो लाग्ने, उत्पादन कम हुने, उल्टिरहने जस्ता समस्याहरु देखापर्दछन्। शरीरमा शक्तिको लगातार कमी भएमा बाख्राको रोग र परजीविहरु विरुद्ध प्रतिरोधक क्षमता गुमाउन सक्ने हुन्छ।

कार्वोहाईड्रेटका श्रोतहरुः वालीजन्य पदार्थः मकै, गहुं, जौ, जै धान, चामल जस्ता स्टार्च भएका आहाराहरु।

उप पदार्थहरुः घाँस, पराल, चोकर, नल, ढोड, छ्वाली, कुनौरो जस्ता बढी रेशा भएका आहाराहरु।

प्रोटिनः प्रोटिन बाख्राको लागि अतिनै महत्वपूर्ण पौष्टिकतत्व हो। शरिर तन्दुरुस्त राख्न तथा शारीरिक वृद्धिको लागि प्रोटिनको आवश्यकता पर्छ। बाख्राको सम्पूर्ण आहारामा न्यूनतम ६ प्रतिशत कोरा प्रोटिन उपलव्ध गराउनु पर्छ अन्यथा बाख्राले आहारा कम खाने गर्छ। आहारामा प्रोटिनको कमीले बाख्रामा पाचन प्रणाली मै असर गरेर खाएको आहाराको उपभोगमा समेत असर गर्छ। साधारणतया प्रोटिनको कमीले भोक कम लाग्ने, तौल घट्ने, शारिरीक वृद्वि कम हुने, प्रजनन क्षमतामा ह्रास आउने, रौं विकासमा असर गर्ने आदि हुन्छ। यदि लामो समयसम्म लगातार प्रोटिनको कमी भएमा पाचन प्रकृयामा गडवडी, रक्त अल्पता सँगसँगै शरीर सुन्निने गर्दछ।

प्रोटिनका श्रोतहरुः कोषे जातका घाँसहरु, भटमासको पिना, तोरीको पिना, दलहन वाली।

खनिज पदार्थ (Minerals) खनिज तत्वहरुले शरीरको कोष वृद्धि र कोषहरुको चापलाई निर्धारण गरी शरीरको कोष तथा कोषिकाहरुलाई आवश्यक खाद्यतत्वहरुको ओसार पसार, कोष एवं तन्तुहरुको फोहोर निष्कासन र पित्त झोल जस्ता महत्वपूर्ण रसायन तयार पार्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ। सामान्यतया बाख्राले खाने आहारा एवं चरनबाट आवश्यक मात्रामा खनिज पदार्थ उपलव्ध हुने भएता पनि क्यालसियम, फोस्फरस, लवण (Salt) र सल्फर जस्ता खनिज तत्व अवस्था अनुसार थप गर्नुपर्ने हुन्छ।

नून  (Sodium Chloride) ब्याएको दूध दिने बाख्रीलाई दानामा ०.५% मिसाई दिने वा मन लागे जति चाट्न दिने गर्नुपर्दछ।

क्यालसियम (Calcium) ब्याएको दूध दिने बाख्रिलाई थप क्यालसियम अनिवार्यरुपमा उपलव्ध गराउनु पर्दछ। यसले हड्डीको विकाश, मुटुको मांसपेशीहरुको चाल र लय बनाउनु मद्दत गर्दछ। ब्याउने वा ब्याएको दूध दिने बाख्रामा यसको कमीले शिताङ्ग ज्वरो गराउन सक्दछ।

फोस्फोरस (Phosphorus) यसले हड्डीलाई मजवुत राख्न, शरीरमा कार्वोहाइडे«डको परिचालन गर्न र प्रोटिनको अंशको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। सामान्यतया बाख्रालाई क्यालसियम र फस्फोरस २:१ देखि ४:१ को अनुपातमा उपलव्ध गराउनु पर्दछ। बाख्राको निर्वाहको लागि क्यालसियम १४७ मि.ग्रा. प्रति के.जी. जीवित तौल र फोसफोरस ७२ मि.ग्रा. प्रति के.जी. जीवित तौल आवश्यक पर्दछ।

भिटामिनः बाख्राले खाने आहारा र चरनबाट प्राप्त भिटामिनहरु बाख्राको लागि पर्याप्त हुन्छ र बि भिटामिन बाख्राको घाँसे पेटमा आवश्यकता अुनसार आपैmले उत्पादन गर्नेगर्छ। धेरै दूध दिने ठूला जातहरु बाहेक सामान्यतया भिटामिनको आवश्यकता पर्दैन।

पानी सबै जीवित वस्तुहरुको लागि पानी नभइनहुने खाद्यतत्व हो। जनावरको शरीरमा बोसो बाहेक जीवित तौलको ७३% पानी हुन्छ। शरीरको कोष कोषिकाको निर्माण वृद्धि परिचालनदेखि शारीरिक तत्वहरुको ओसार पसार र ताप परिचालनको लागि पानी आवश्यक हुन्छ। त्यसैले सबै खाद्यतत्व आवश्यक मात्रामा पु¥याए पनि यथेष्ट पानी उपलव्ध भएन भने पशुवस्तु बाट भनेजस्तो उत्पादन लिन सकिँदैन। बाख्रालाई सुकेको पदार्थ र पानी १:४ को अनुपातमा उपलव्ध गराउनु पर्छ।

जन्म देखि ९० दिनसम्मका पाठापाठीको आहारा

१२ दिनको उमेर भएपछि पाठा पाठीले घास टिप्न थाल्छन्। यो उमेरमा क्रिप फिड पनि खुआउन थालिनेछ। क्रिप फिडले पाठापाठीको रुमेन लाइ छिटोछिटो बढाउन मद्वत त गर्दछ नै साथै शारीरिक बृदि दर पनि राम्रो हुन्छ। बिगौति दूध, नरम कलिलो घाँस, क्रिप दाना, निम्न तालिका अनुसार खान दिनु पर्छ।

सि.नं

उमेर दिन

दूध एम एल प्रति दिन 

कृप फिड ग्राम प्रति दिन

कलिलो नरम घास प्रति दिन

१-३

२४ घण्टा माऊ संग राख्ने

-

-

४-११

५०० एम एल दुध दिनको ४ पटक दिने

-

-

१२-१८

३५० एम एल दुध दिनको ३ पटक दिने]

अलिकति

अलिकति

१९-३०

३०० एम एल दुध दिनको २ पटक दिने

५०-१००

चाहेजति दिने

३१-६०

३०० एम एल दुध दिनको २ पटक दिने

१००-१५०

चाहेजति दिने

६१-९०

३०० एम एल दुध दिनको २ पटक दिने

२००-२५०

चाहेजति दिने

सन्तुलित आहारामा माथि उल्लेखित तत्वहरुको उचित अनुपात, पशु को जात, उमेर र अवस्था र उत्पादन स्तर अनुसार फरक पर्न सक्दछ।

३ महिना देखि माथि

सामान्यत खसी र अन्य वाख्रालाई १५० ग्राम, वोकालाई २५० देखि ३०० ग्राम, गर्भीणी वाख्रीलाई ३०० देखी ४०० ग्राम तथा व्याएको पाठापाठी सहितको माउलाई ४०० देखि ४५० ग्राम दैनिक।

गर्भीणी वाख्रीलाई व्याउन एक डेढ महिना अगाडी देखि नै आहारा बढाएर २५० ग्राम वाट कम्तीमा ३५० देखि ४०० ग्राम पुर्याउनुपर्छ। अन्य थारा वाख्राहरुलाई भने यो दाना २०० ग्राम दैनिक दिए पुग्छ।

कुनै पनि पशुपन्छी गाई, भैसी, बाख्रा, सुँगुर, कुखुरा, कालिज, बट्टाईको दानाको FEED FORMULATION गर्नु परेमा सम्पर्क गर्नु होला ९८४९८९५७११, Dr Kamaleshwar Bhat, Agri- Business Unit Head, Sahara Nepal (SACC0S)