प्रजनन विकृति र ब्यवस्थापनका पक्षहरु

 

प्रजनन विकृति र ब्यवस्थापनका पक्षहरुः पशुपालन ब्यावसायबाट आशातित फाईदा लिन देहायका चारवटा ब्यवस्थापनका सवालहरु सम्वेदनशील भएर कार्य सम्पादन गर्नु अत्यन्त आवश्यक छ । यिनीहरु पशुपालनका प्रमुख अवयवहरु हुन् । 

समग्र उपलब्धीमा पशु प्रजननले ३०%, पशु स्वास्थ्यले १०% र पशु आहारा तथा व्यवस्थावनले ६०% योगदान पु~याएको मानिन्छ ।यसो गर्दा पशु वस्तुहरुलार्ई विभिन्न प्रकारका विकृतिहरुबाट जोगाउन सकिन्छ । यदि कुनै पनि बूँदामा उचित ध्यान पु~याईएन भने व्यवसायमा लगानी बढी भै आम्दानी कम हुने गर्दछ र कृषकहरुले बाध्यतावश नोक्सानी स्वीकार्नुपर्ने हुन्छ ।

१ सामान्य व्यवस्थापनका पक्षहरु

  • गोठ हरहमेशा सफा–सुग्घर र सकेसम्म सुख्खा राख्नुपर्दछ । भिजेको तथा सेपिलो स्थानमा किटाणुहरु फष्टाउने वातावरण बन्दछ ।
  • वस्तुको जिउमा विद्यमान फोहोर–मैलाहरु तार वा प्लाष्टिकले निर्मित बुरुश प्रयोग गरेर दिनको दुईपटक दुध द्हुनु अघि सफा गर्नुपर्दछ । यसो गर्नाले वस्तुको जिउमा विद्यमान विभिन्न प्रकारका परजीविहरु फष्टाउने वातावरण बन्न पाउँदैन । यस बाहेक वस्तुको शरीरको सतहमा रहेका रक्तनलीहरुमा पर्न गएका घर्षणका कारणले यसका उपयुक्त संचार हुने गर्दछ ।
  • वस्तुहरुलाई हिड्डुल गराई कसरत गराउन उचित हुन्छ जसको कारणले शरीरका विभिन्न प्रणालीहरु सुचारु रुपले कार्य गर्दछन् र पशुवस्तु खुशी भै सदा तन्दुरुस्त रहने गर्दछन् ।
  • आवश्यकता अनुसार प्रत्येक वस्तुलाई सहजरुपले उठबस गर्न गोठभित्र आवश्यक स्थान उपलब्ध हुनुपर्दछ । बढी ठाउँ प्रदान गर्दा आर्थिक द्दृष्टीकोणले कृषकलाई बेफाईदा हुन्छ भने आवश्यकता भन्दा कम स्थान प्रदान गरिएमा पशुले वाध्यता महशुस गरेर तनावग्रस्त हुन्छन् जसको फलस्वरुप वस्तुको उत्पादन क्षमतामा ह्रास आउँछ ।
  • गोठभित्र वस्तुहरुले स्वाँस प्रस्वाँस फेर्दा तथा दिसा पिसाब गर्र्दा उत्पन्न हुने युरिक एसिड, मिथेन तथा एमोनिया ग्याँसहरु दूषित तत्वहरु भेण्टीलेशन मार्फत निस्काशन हुने ब्यवस्था मिलाउनु पर्दछ । जाडो हुने भेगमा गोठको चारैतिर उठाईएकोे पर्खालको २०% र गर्मी हुने भेगमा ७०% जति क्षेत्रफल भेण्टीलेशन हुनुपर्दछ । 
  • गाई भैंसीको लागी उपयु्क्त र अधिकतम दुध उत्पादनको लागी आवश्यक पर्ने वातावरणीय तापक्रम १३–१८OC हो । यो भन्दा तल वा माथि भएमा उत्पादनमा कमी आउँछ ।
  • प्रजनन विकृतिहरुको अवलोकन गर्न र व्यवस्थापन खर्च कम गर्नको लागि पुच्छर देखि पुच्छरसम्म (Tail to tail) गोठ उपयोगी हुन्छ ।
  • गोठको लम्बाई पूर्व–पश्चिम दिशामा बनाउनु राम्रो मानिन्छ ।
  • करिब २४ sq. meter क्षेत्रफल ६ वटा वयश्क गाईको लागी उपयुक्त हुन्छ

२ पोषण व्यवस्थापनका पक्षहरु

  • पशुपालनमा लगानी हुने सम्पूर्ण खर्चको चार भागको करिब तीन भाग पोषण व्यवस्थापन मै खर्च हुन्छ ।
  • पशु आहारामा कार्बोहाईड्रेट, प्रोटिन, फ्याट, भिटामिन, खनिजपदार्थ तथा पानी आशातित उत्पादन लिनका लागि सन्तुलित मात्रामा वस्तुले ग्रहण गर्न पाउनु पर्दछ । अकोशे घाँसहरु कार्बोहाईड्रेटका श्रोत हुन् भने कोशे घाँसहरु प्रोटीनका श्रोत हुन् । यिनीहरु विभिन्न प्रकारका भिटामिन तथा खनिज पदार्थका श्रोत पनि हुन् जुन थोरै मात्रामा आवश्यक परे पनि अति आवश्यक छन् ।
  • कृषकहरुले वस्तुहरुलाई पराल, छ्वाली, नल, ढोर आदिलाई उपचार गरेरमात्र खुवाउँदा सन्तुलित मात्रा राम्रो हुन्छ ।
  • बढी मात्रामा दाना दिनु आर्थिक द्दृष्टीकोणले कृषकलाई फाईदा हुँदैन । यसका साथै अध्यधिक दानाले पशुको पाचन प्रणालीमा नकारात्मक प्रभाव समेत पार्दछ । झारपात बढी मात्रामा खुवाउनाले खर्च कम लाग्ने हुन्छ तर पौष्टिक तत्वहरु असन्तुलित भै वस्तुको उत्पादन घट्न जान्छ । तसर्थ मानव भोजनको लागि काम नलाग्ने वा कम प्रतिस्पर्धि हुने पदार्थहरु खुवाएर उच्च गुणस्तरको उत्पादन लिनु पशुपालनको मुख्य उद्देश्य हो ।
  • प्रति दिन ८ लिटर दूध दिने वस्तु घाँसपात मात्र खुवाएर पालन गर्न सकिन्छ । तर सोभन्दा बढी दूध उत्पादन गर्ने वस्तुलाई प्रति लिटर थप उत्पादनको लागि आधा किलोको दरले दाना खुवाउनु पर्दछ ।
  • वस्तुलाई अवस्था अनुसार प्रति वस्तु प्रति दिन ३५ देखि १०० लिटर सफा पिउने पानी आवश्यक पर्दछ । यसको लागि गोठभित्र चौविसै घण्टा सफा पिउने पानी उपलब्ध हुनुपर्दछ । यसका साथै पानीको भाँडो दिनमा कम–से–कम दुईपटक सफा गर्नुपर्दछ ।

दाना र घाँसको अनुपातः बयश्क पशुको लागी ३ के. जी. दाना Maintanance Ration हो । यदि प्रशस्त हरियो घाँस भएमा प्रति ४ के.जी. दुधको उत्पादनको लागी १ के.जी दाना दिने । यदि प्रशस्त हरियो घाँस नभएमा प्रति ३ के.जी. दुधको उत्पादनको लागी १ के.जी दाना दिने । यदि हरियो घाँस नभएमा प्रति २ के.जी. दुधको उत्पादनको लागी १ के.जी दाना दिने ।

बाच्छीको उमेर र ब्यवस्थापकीय पक्षहरु

  • जन्मेको दिनसः नाभि काट्ने
  • जन्मेको दिन देखि १५ दिन सम्मः शारीरिक तौलको १०% का दरले दुघ खुवाउने
  • १५ दिनमाः जुकाको औषधि खुवाउने र घाँस पनि शुरु गर्ने
  • १५ दिन देखि ३ महिना सम्मः शारीरिक तौलको १०% का दरले दुघ खुवाउँदै जाने र घाँसमा बानी पार्दै जाने ।
  • ३ महिना देखि ६ महिना सम्मः ३ महिनापछि दुघको मात्रा घटाउने र ६ महिना सम्म दानाको मात्रा बढाउने जसका लागी दैनिक १ देखि १.५ के.जी. सम्म दाना दिन सकिन्छ ।
  • ६ देखि १० महिना सम्मः ६ देखि १० महिना सम्म दानालाई नबढाउने तर हरियो घाँसमा भने बृद्धि गर्दे जाने ।
  • ११ महिना पछि ११ महिना पछिः दानामा १ के.जी. देखि बढाएर ३ के.नी. सम्म पु¥याउन ।
  • १२ देखि १८ महिनाः १२ देखि १८ महिनामा पहिलो पटक बाली लगाउने । नोटः यो ब्यवस्थापकीय पक्षहरुलाई अनुशरण गरेमा हाल देखिएको जर्सी बाच्छीले ८ महिनामा बाली खोज्ने समस्यामा कमी आउँदछ । (श्रोतः लेखकको अनुभव तथा डा. लक्ष्मण घिमिरेबाट)

पशुको शारीरिक अवस्था/सूचक तथा यसको महत्वः शारीरिक सूचकले दुधालु गाईमा रहेको शक्तिको अवस्थालाई जनाउँदछ र पशुको मोटोपन तथा दुब्लोपनको आधारमा न्यूनतम १ देखि अधिकतम ५ नम्बरको स्केलमा मापन गरिन्छ । यसले गाईको शारीरिक अवस्थाको मूल्याङकन, फार्मको अवस्था, आहारा व्यवस्थापन तथा बाँझोपनको समस्याबारे चित्रण गर्दछ ।

शारीरिक अवस्था स्कोर १ गाई धेरै दुब्लो छ । पुच्छरको जराको भागमा खाल्डो जस्तो हुन्छ । पेल्भि थोरेसीक भरटीब्राहरु सजिलै प्रष्ट हेर्न र छाम्न सकिन्छ । यस भागमा बोसो भएको अनुभव हुदैंन । थोरेसिक भरटीब्राको दुईटै छेउतिर गहिरो धर्का जस्तो देखिन्छ ।

शारीरिक अवस्था स्कोर २ गाई धेरै दुब्लो छ । पुच्छरको जराको तल तिर खाल्डो (Shallow cavity) देखिन्छ । पेल्भिक हड्डी हेर्न र छाम्न सकिन्छ । थोरेसिक भरटीब्राको प्वाँख जस्तो भाग गोलो अनुभव गर्न सकिन्छ र छालामाथि हल्का थिच्दा त्यसलाई छाम्न सकिन्छ ।

शारीरिक अवस्था स्कोर ३ गाई दुब्ला र मोटो छैन । पुच्छरको वरिपरी खाल्डो देखिदैंन बरु बढी मात्रामा बोसो भएको देखिन्छ । पेल्भिक हड्डी हेर्न सकिदैंन । थोरेसिक भरटीब्राको प्वाँख जस्तो भाग बोसोले छोपिएको हुन्छ । पुच्छरको जरा बोसोले छोपिएको हुन्छ ।

शारीरिक अवस्था स्कोर ४ गाई मोटो छ । पुच्छरको जरामा धेरै बोसो हुन्छ । पेल्भिक हड्डी गोलो भएको अनुभव हुन्छ र धेरै बोसोले ढाकिएको हुन्छ । थोरेसिक भरटीब्राको प्वाँख जस्तो भाग हेर्न र छाम्न सकिदैंन 

शारीरिक अवस्था स्कोर ५ गाई धेरै नै मोटो छ । पुच्छरको जराको भाग बोसोले छोपिएको हुन्छ । थोरेसिक भरटीब्राको प्वाँख जस्तो भाग हेर्न र छाम्न सकिदैंन ।

३ स्वास्थ्य व्यवस्थापनका पक्षहरु

  • खोरेत, भ्यागुते रोग, चरचरे आदि जस्ता संक्रामक रोगहरु विरुद्ध उत्पादन गर्ने कम्पनीको सिफारिश अनुसार वस्तुलाई नियमितरुपमा खोप लगाउने व्यवस्था गर्नुपर्दछ किनकि भ्याक्सीनको प्रयोगलाई उत्पादक कम्पनी, जीवको स्ट्रेन, रोगको प्रकोप आदी कुराहरुले फरक पार्न सक्छ ।
  • विभिन्न प्रकारका आन्तरिक तथा बाह्य परजीविहरु विरुद्ध समय–समयमा नियमितरुपमा औषधि गर्नु पनि स्वास्थ्य व्यवस्थापनको द्दृष्टीकोणले जरुरी छ । वस्तुहरुले दानापानी खाने सिलसिलामा वाध्यतावश यी परजिवीका विभिन्न अवस्थालाई प्रश्रय दिने गर्दछन् । तसर्थ वर्षको कम–से–कम दुईपटक आन्तरिक परजीविहरु विरुद्ध औषधि गर्नुपर्दछ ।
  • बाह्य परजीविहरुको नियन्त्रणको लागि भने सरसफाई नै मुख्यरुपमा जरुरी छ
  • आक्रमण भै हालेको खण्डमा तुरुन्त उपचार गराउनु नै बद्धिमानी हुन्छ ।
  • ब्रुसेलोसिस, क्षय रोग, भिब्रियोसिस आदि बाली लाग्दा गाई तथा भैसीमा सर्ने रोगहरुबाट बचाउने र ती रोगहरु भए नभएको नियमित परीक्षण गराउने गर्नु पर्दछ ।

४. प्रजनन व्यवस्थापनका पक्षहरु

प्रजनन् प्रणाली सम्बन्धि रोगहरुको लक्षणहरुः

प्रजनन् प्रणालीबाट निस्कने म्युकसको बनावट सामान्य नभई पहेलो, धमिलो, धेरै बाक्लो वा कुनै एकदमै पातलो कुनै एकदमै बाक्लो देखिई एकै किसिमको बनावट नभएको अवस्थामा प्रजनन् प्रणालीमा संक्रमण वा खराबी भएको अनुमान गर्न सकिन्छ ।

प्रजनन् अंगमा संक्रमण भएको अवस्थामा लक्षणको आधारमा निम्नानुसार उपचार बिधि अपनाउन सकिन्छ ।

  • टु वे फ्लो क्याथेटरको माध्यमबाट एन्टिसेप्टीकले डुस दिने ।
  • एन्टिसेप्टीकमा एक्रिफ्लाभिन, मरक्यूरोक्रोम, पोटासीयम परम्यांगनेट, पोभिडोन आयोडीन मध्ये कुनै एकको छनौट गर्न सकिन्छ ।
  • एन्टिसेप्टीले सफा गरे पश्चात कुनै एन्टिबायोटिक पाठेघर भित्र ३–५ दिन सम्म चढाएर उपचार गर्नु पर्दछ ।
  • पायोमेट्रा भएको अवस्थामा पाठेघरमा जम्मा भएको पीपलाई निकाल्नु पर्दछ । एन्टिसेप्टिकले सफा गर्ने र एन्टिबायोटिक औषधिले उपचार गर्ने ।
  • प्रजनन् प्रणालीको भेजाईना र सभिक्समा समस्या भएको पशुहरुलाई उपचार पश्चात एक, दुई हिट छाडेर मात्र बाली लगाउनु पर्दछ ।
  • प्रजनन् सम्बन्धि समस्याको समाधान गर्न दक्ष पशु चिकित्सकको परामर्श लिने ।

बाँझोपनको रोकथामका व्यवस्थापकीय पक्षहरु

  • गाईहरुमा ब्याएको केही हप्ताभित्र (३,४ हप्ता) मा चिल्लो पदार्थ मिश्रण भएको दाना दिएमा यसले उर्जा सन्तुलनमा बृद्धि ल्याइ फोलिकल विकासमा सहयोग पुरयाई चाडै नै क्रृतुकालमा पु¥याउन मद्धत गर्दछ र साथै प्रजनन् बिकृतिको न्युनीकरण गर्न मद्धत गर्दछ ।
  • हात राखेर बच्चा वा साल झिकेमा वा भण्डार फर्केमा सेब्लोन वा पोभिडिन पानीले राम्रोसंग सफा गरि सल्फाडिमाइडिन÷फुरिया चक्की पाठेघरमा राख्ने ।
  • कलिलो र सानो उमेरका पोथी जनावरलाई प्रजनन् नगराउने ।
  • समयमा भाले लगाउने । पशु बातमा आएको उपयुक्त समय पछि भाले लगाउने (१२ देखि १८ घण्टाको बीचमा), पशु बातमा आए नआएको पत्ता लगाउन नियमित रुपमा अवलोकन गर्ने ।
  • नियमित ऋतुकाल तथा गर्भाधान दरमा गर्मीको महिनामा घटेको देखिन्छ भने जाडो याममा यो बृद्धि भएको बिभिन्न डाटाले देखाएको छ
  • हाल प्रजनन्का बिकृतिहरुबाट पशुहरुलाई जोगाउन समय र उमेर अनुसार खोप लगाउने गरेमा संक्रामक रोग बाट बचाउन सकिन्छ । यसबाहेक घाटामा नजाने गरी जैविक सुरक्षा योजना बनाउन सकिन्छ । एउटै योजनाबाट विभिन्न प्रजनन् विकृतिका रोगहरुबाट बचाउन सकिन्छ ।

 

©लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा