प्यारेन्ट कुखुराको बथानमा शारीरिक एकरुपता (Flock Uniformity) कायम गर्ने विधि
 
प्यारेन्ट कुखुरापालनको असाध्यै महत्वपूर्ण पक्षहरु मध्ये एक हो – फ्लकको शारीरिक वृद्धिमा नियन्त्रण र एकरुपता कायम । पोथीले अण्डा पार्न सुरु गर्नुभन्दा ठिक अगाडी सबै कुखुराको शारीरिक तौल एकनासले मानक तौल (Standard Weight) पु¥याउनु नै हुर्कदो अवस्था (Growing phase) को मुख्य ध्येय हुनुपर्दछ । उक्त लक्ष हाँसिल गर्नको निम्ति दुईवटा महत्वपूर्ण पक्षहरुमा ध्यान दिन नितान्तः आवश्यक छ ।
  • एक – कुखुराको उमेर अनुसारको म्यानुअल (Manual) मा दिए बमोजिम मानक औषत तौल (Uniformity) कायम गर्ने
  • दुई – सबै कुखुराको शारीरिक तौलमा अधिकतम रुपमा एकरुपता (Uniformity) कायम गर्ने
डा. विवेक बन्धु रेग्मी
कंशलटेन्ट भेटः पोल्ट्री कन्शलटेन्शी एण्ड डायग्नोष्टिक ल्याब, दाङ
प्राविधिक निर्देशकः हाइजिन एग्रो प्रा लि, घोराही, दाङ
 प्यारेन्ट कुखुराबाट प्राप्त गर्न सकिने आर्थिक लाभसँग यी दुई पक्षहरुको सिधा सम्बन्ध रहन्छ । उदाहरणको लागि, मानक औषत तौल कायम गरिएको र तौलका हिसाबले एकनासको फ्लकबाट हुने फाइदाहरु निम्न अनुसारका हुन्छनः
  • उचित समयमा नै पिक प्रोडकसन (उच्चतम उत्पादन) हाँसिल गर्दछ ।
  • लामो समयसम्म पोथीको उत्पादन क्षमता राम्रो रहिरहन्छ ।
  • ह्याचिंग अण्डाको आकार र तौलमा समेत अधिकतम रुपमा एकरुपता कायम हुन्छ । फलस्वरूपः ह्याचरीबाट उत्पादित चल्लाको तौल र आकारमा समेत अधिकतम एकरुपता देखिन्छ ।
  • ह्याचिंग अण्डा (Hatching Egg) को प्रतिशत उच्च रहन्छ ।
  • फरटिलिटी (Fertility) र ह्याचविलिटी (Hatchability)  समेत उच्च रहन्छ ।
  • दाना फर्मूलेशन गर्न र फिड प्रोग्राम लागु गर्न समेत सहज हुन्छ ।
एकरुपता (Uniformity) भनेको के हो?
कुखुराको औषत शारीरिक तौल भन्दा दश प्रतिशत कम तौल र दश प्रतिशत बढी तौल भित्र पर्ने कुखुराको संख्याको प्रतिशतलाई नै फ्लक एकरुपता (Flock uniformity) भनिन्छ । जस्तैः मानौँ, कुनै फ्लकको औषत तौल १००० ग्राम छ र ९०० ग्राम देखि ११०० ग्राम तौल समूह भित्र पर्ने चल्लाको संख्या ८०० छ भने उक्त फ्लकको एकरुपता ८० प्रतिशत छ भन्न सकिन्छ । 
एकरुपताको मुल्यांकन

एकरुपता    

मुल्यांकन

८५% वा सो भन्दा माथि 

असाध्यै राम्रो (कडा परिश्रम सहित प्राप्त गर्न सकिने)

७०% देखि ८४% 

राम्रो

६९% र सो भन्दा तल 

नराम्रो

नोटः
  • प्यारेन्ट कुखुराले दिने उत्पादन र प्यारेन्ट उद्यमीले प्राप्त गर्न सक्ने आर्थिक लाभसँग फ्लक एकरुपताको सिधा सम्बन्ध रहन्छ ।
  • फ्लकको एकरुपतामा १% वृद्धि गर्न सक्नु भनेको प्रत्येक पोथीबाट १ वटा अण्डा बढी अण्डा प्राप्त गर्न सकिने बनाउनु हो ।
एकरुपतालाई असर गर्ने व्यवस्थापकीय पक्षहरु
१. खोर भित्र कुखुरा संख्याको घनत्व थोरै ठाउँमा क्षमताभन्दा बढी कुखुरा भएमा बस्ने ठाउँ, दाना, पानि र स्वच्छ हावाको लागि तिव्र प्रतिस्पर्धा हुन्छ र अन्ततः एकरुपतामा ह्रास आउँछ ।
२. फिडर­ड्रिंकरको संख्या फिडर­ड्रिंकरको संख्या अपुग भएमा सबै कुखुराले दानापानी खाने समान अवसर प्राप्त गर्न सक्दैन र अन्ततः शारीरिक तौलमा विविधता (Variation) आउँछ ।
३. फिडरमा दाना दिने रफ्तार÷गति सबै कुखुराले दाना खाने समान अवसर प्राप्त गरुन् भन्नको लागि फिडरमा हालेको दाना कुखुरालाई दिने कार्य जतिसक्दो छिटो सक्नुपर्छ ।
४. उपवास (Fasting/Skip/Off-feeding) फिडरमा हालेको दाना असाध्यै छिटो खाइसकने गुण हुन्छ व्रोइलर प्यारेन्टको । प्यारेन्ट कुखुराको शारीरिक बनोट राम्रो होस् र एकरुपता पनि कायम होस् भन्नको लागि आवश्यकता अनुरुप हुर्कदो अवस्था (Growing phase) को प्यारेन्ट कुखुरालाई हप्ताको १, २ वा ३ दिन उपवासमा राख्न सकिन्छ । उपवासको दिन नखाएको अन्य दिनको दानामा थप गरेर दिईन्छ  । यसले गर्दा दिईएको दाना छिटै नै सकिन पाउँदैन, सबै कुखुराले समान ढंगको दाना खाने अवसर प्राप्त गर्छन र एकरुपता कायम गर्न ठुलो टेवा पुग्छ । 
५. दानाको गुणस्तरः न्यून गुणस्तरको दाना खुवाएको कुखुराको शारीरिक वृद्धि ठिक ढंगसँग हुनसक्दैन  ।
६. कुखुरा संख्याको रेकर्डः फार्ममा कुखुरा संख्याको रेकर्ड सहि राखिएको छैन भने दैनिक दिनुपर्ने दानाको मात्रा ठिकसँग निर्धारण हुँदैन । फलस्वरूपः तोके बमोजिम औषत तौल प्राप्त गर्न गाह्रो पर्छ 
७. चुच्चो काट्ने विधिः कुखुराको चुच्चो ठिकसँग काटिएन भने कुखुराको दाना खपत कम हुन जान्छ र तोके बमोजिम तौल आउदैन ।
८. रोग­व्यादी सि. आर. डी., कक्सीडीयोसिस, नेक्रोटिक इन्टेराईटिस र कोलिव्यासिलोसिस जस्ता रोगहरुको कारणले समेत फ्लक एकरुपतामा ह्रास आउँछ  ।
 
अण्डा पार्ने समय (Point of Lay) सम्म पुग्दा पोथीले मानक तौल हाँसिल गर्न नसके के हुन्छ
  • अण्डा उत्पादन ढिलो सुरु हुन्छ ।
  • धेरै अण्डाको आकार बिग्रन्छ र मेसिनमा सेटिंग गर्न लायकको हुँदैन ।
  • लामो समयसम्म सानो आकारको अण्डा उत्पादन भैराख्छ ।
  • म्यानुअल वा गाइडमा तोके बमोजिम पिक प्रोडक्सन प्राप्त हुनसक्दैन ।
  • फरटिलिटी समेत कम हुन्छ (भाले नलागेको वा अण्डाभित्र भ्रुण नभएको) । यस्तो अण्डाबाट चल्ला उत्पादन हुँदैन ।
अण्डा पार्ने समयसम्म पुग्दा पोथीको तौल तोकिएको मानक तौल भन्दा अत्यधिक धेरै भए के हुन्छ
  • तोकिएको भन्दा छिटो अण्डा उत्पादन हुन्छ जुन राम्रो होइन । तोकिए भन्दा छिटो उत्पादन दिने पोथीको उत्पादन क्षमतामा छिट्टै नै ह्रास आउँछ ।
  • डबल आकारको अण्डा (Jumbo egg) को उत्पादन धेरै मात्रामा हुन्छ । डबल साइज अण्डाबाट चल्ला उत्पादन हुँदैन ।
  • छिटो नै उच्चतम उत्पादन दिन्छ र उत्पादन क्षमता पनि दिर्घकालिन नभएर छिट्टै नै ह्रास हुन्छ ।
  • ह्याचिंग प्रतिशत (Hatchability) कम हुन्छ ।
  • फरटिलिटी (Fertility) पनि कम हुन्छ ।
  • कुखुराको पौष्टिक आवश्यकता (Nutrient Requirement) बढी हुन्छ र आर्थिक रुपमा दाना खर्च बढी हुन आउँछ ।
  • भडार फर्किएर (Prolapse) मर्ने समस्या अधिक देखिन्छ ।
एकरुपता मापनः
सामान्य हेराईबाट एकरुपताको अनुमान लगाउन खोज्नु बेकारको प्रयत्न हो । सहि ढंगबाट एकरुपता मापन गर्न प्रत्येक हप्ता फ्लकको नमूना तौल (Sample weight) लिनुपर्ने हुन्छ । नमूना तौल दाना खुवाउनु भन्दा अगाडी नै खालि पेटमा लिनुपर्ने हुन्छ । नमूना तौलको लागि फ्लकमा भएको कुल कुखुरा संख्याको कम्तिमा पनि १०% (दश प्रतिशत) कुखुराको तौल एक–एक गरि मापन गरेर कपिमा टिपोट गर्नुपर्छ । त्यसपछि औषत तौल (Average weight), स्तर विचलन (Standard deviation) र भिन्नताको गुणाङ्क (Coefficient of Variation) निम्न अनुसार पत्ता लगाउन सकिन्छ ।
औषत तौल (Average weight) पत्ता लगाउने तरिका
  • कम्प्युटरको माइक्रोसफ्ट एक्सेल (Microsoft excel) फाइलमा सबै नमूना तौल ठाडो गरेर एक–एक कोठामा भर्ने ताकि सबै तौल एकै लाईनमा परोस् ।
  • माउसको सहायताले भरिएको कोठाहरु भन्दा ठिक तलको खालि कोठा सेलेक्ट (Select) गर्ने
  • त्यसपछि माउसको प्वाइनटर (Pointer) ले FORMULAS को MORE FUNCTIONS को Statistical मा गएर Average मा क्लिक (Click) गर्ने । अनि सानो Box आउँछ, त्यसको OK मा क्लिक गर्ने ।
  • चाहिएको औषत (Average weight) तौल को मान उक्त खालि कोठामा देखापर्छ ।
स्तर विचलन (Standard deviation) पत्ता लगाउने तरिका
  • माथि उल्लेख गरिएको प्रकृया बमोजिम नै कोठाहरुमा एकै लाइनमा ठाडो गरेर नमूना तौल भरेपछि भरिएको कोठा भन्दा ठिक तलको खालि कोठा सेलेक्ट (-Select) गर्ने ।
  • त्यसपछि माउसको प्वाइनटर (Pointer) ले FORMULAS को MORE FUNCTIONS को Statistical मा गएर STDEV मा क्लिक (Click) गर्ने । अनि सानो Box आउँछ, त्यसको OK मा क्लिक गर्ने ।
  • चाहिएको तौलको स्तर विचलन (Standard deviation) को मान उक्त खालि कोठामा देखापर्छ ।
भिन्नताको गुणाङ्क (Coefficient of Variation) पत्ता लगाउने तरिका
तल दिईएको फर्मुला (Formula) मा Standard deviation र Average को मान राखेर Coefficient of Variation पत्ता लगाउने
Coefficient of Variation = Standard deviation/Average ×100%
त्यसपछि तल दिईएको तालिका बमोजिम फ्लकको एकरुपता यकिन गर्न सकिन्छ

भिन्नताको गुणाङ्क -Coefficient of Variation Ü_

एकरुपता -Uniformity Ü_

९५

९०

८५

७९

७३

१०

६८

११

६४

१२

५८

१३

५६

१४

५२

१५

५०

१६

४७

 नोटः १० प्रतिशत भन्दा कम Coefficient of Variation हुनु भनेको एकरुपता (Uniformity) नराम्रो हुनुको सूचक हो । यस्तो अवस्था आइपरेमा तुरुन्त ग्रेडिंग गरेर अधिकतम एकरुपता कायम गर्ने प्रयत्न गर्नुपर्छ ।

अधिकतम एकरुपता कायम गर्ने विधिः ग्रेडिंग
कुखुराको एकरुपतालाई असर गर्ने व्यवस्थापकीय कुराहरु ठिक हुँदाहुँदै पनि चाहेजस्तो एकरुपता कायम नहुन सक्छ । कुनैपनि प्यारेन्ट कुखुराको फ्लकमा अधिकतम एकरुपता कायम गर्नको लागि नगरी नहुने काम हो – ग्रेडिंग । सामान्यतया ग्रेडिंग गर्ने भन्नाले कुखुरालाई शारीरिक तौल अनुसार भिन्दा–भिन्दै समूहमा छुट्टयाएर राख्ने भन्ने बुझिन्छ ।
ग्रेडिंग तालिका
  • पहिलो ग्रेडिंग – चौथो हप्तामा गर्ने
  • दोस्रो ग्रेडिंग – आठौँ हप्तामा गर्ने
  • तेस्रो ग्रेडिंग – सोह्रौँ हप्तामा गर्ने
नोटः
  • ग्राण्ड प्यारेन्ट ह्याचरीबाट आएका प्यारेन्ट चल्लाहरुको तौलमा अधिक विविधता (Variation) देखिएमा पहिलो ग्रेडिंग ७ – १० दिनको उमेरमै गर्नु उपयुक्त हुन्छ ।
  • कुनैपनि समय नमूना तौल लिँदा Coefficient of Variation १० प्रतिशत भन्दा बढी आएमा माथिको तालिका बमोजिम समय नआएपनि तुरुन्त ग्रेडिंग गरिहाल्ने ।
  • सोह्रौँ हप्तापछि कुखुराको प्रजनन अंगहरु विकास हुने क्रम सुरु हुने हुँदा ग्रेडिंग गरेर अधिकतम एकरुपता कायम गर्ने काम, किल्ड भ्याक्सिन लागाउने काम साथै चुच्चो काट्ने जस्ता कामहरु पनि सोह्रौँ हप्तासम्ममा सकाइसक्ने । त्यसपछि कुखुरालाई धेरै समाउने, चलाउने र पछार्ने गर्दा प्रजनन अंगहरुको विकास क्रममा वाधा पुग्न गई अण्डा उत्पादन ढिलो सुरु हुनसक्छ ।
ग्रेडिंग निर्णयः यदी फ्लकमा धेरै कुखुराको तौल मानक तौलको नजिक भएमा Coefficient of Variation १२ प्रतिशत भन्दा कम भएको खण्डमा) तीनवटा ग्रेड (समूह) बनाउने । मानौँ फ्लकको औषत तौल १००० ग्राम छ ।
  • A Grade (ठूलो समूह) औषत तौल + ५० ग्राम भन्दा माथि (१०५० ग्राम भन्दा माथि)
  • B Grade (मझौला समूह) औषत तौल ­ ५० ग्राम देखि औषत तौल + ५० ग्राम (९५० ग्राम देखि १०५० ग्राम सम्म)
  • C Grade (सानो समूह) औषत तौल ­ ५० ग्राम भन्दा तल (९५० ग्राम भन्दा तल)
यदी फ्लकमा धेरै कुखुराको तौल मानक तौल भन्दा टाढा भएमा (१२ प्रतिशत भन्दा बढी भएको खण्डमा) पाँचवटा ग्रेड (सानो समूह) बनाउने । मानौँ फ्लकको औषत तौल १००० ग्राम छ ।
  • A Grade (ठूलो समूह) औषत तौल +ं २०० ग्राम भन्दा माथि (१२०० ग्राम भन्दा माथि)
  • B Grade (मझौला समूह) औषत तौल +ं १०० ग्राम देखि औषत तौल + २०० ग्राम सम्म (११०० देखि १२०० ग्राम सम्म)
  • C Grade (सानो समूह) औषत तौल ­ १०० ग्राम देखि औषत तौल + १०० ग्राम सम्म (९०० देखि १०० ग्राम सम्म)
  • D Grade (सानो समूह) औषत तौल ­ २०० ग्राम देखि औषत तौल ­ १०० ग्राम सम्म (८०० देखि ९०० ग्राम सम्म)
  • E Grade (धरै सानो समूह) औषत तौल ­ २०० ग्राम भन्दा तल (८०० ग्राम भन्दा तल)
  • ग्रेडिंग गरिसकेपछि पार्टेसन जालीको प्रयोग गरेर भिन्दा–भिन्दै ग्रेडको लागि भिन्दा–भिन्दै बस्ने ठाउँ बनाउने ताकि एउटा ग्रेडको कुखुरा अर्को ग्रेडको कुखुरासँग नामिसियोस् । प्रत्येक ग्रेडको कुखुरासम्म पुग्न र दानापानि दिनको लागि पार्टेसनमा खोल्न र लगाउन मिल्ने सुविधा सहितको ढोका हुनुपर्दछ ।
  • फ्लकको प्रत्येक कुखुरालाई एक–एक गरेर तौल गर्ने र निर्णय लिए बमोजिमको ग्रेडमा छुट्टयाएर राख्ने । यसरी कुखुराको शारीरिक तौल अनुसार भिन्दा–भिन्दै तौल समूहको कुखुरालाई भिन्दा–भिन्दै समूहमा छुट्याएर राख्ने कामलाई नै ग्रेडिंग गर्ने भनिन्छ ।
  • ग्रेडिंग गरिसकेपछि प्रत्येक ग्रेडको कुखुराको संख्या यकिन गरेर टिपोट गरेर राख्ने ।
दानाको मात्रा निर्धारणः ग्रेडिंग गरिसकेपछि असाध्यै विवेकपूर्ण तरिकाबाट गर्नुपर्ने हुन्छ दानाको मात्रा निर्धारण ।
  • कुनै ग्रेडको औषत तौल करिब–करिब Manual मा दिईएको मानक तौल जति नै छ भने दिए Manual बमोजिम नै दाना दिने ताकि अर्को ग्रेडिंग समयसम्म पनि उक्त ग्रेडको औषत तौल उक्त समयको मानक तौलको नजिक नै रहोस् ।
  • कुनै ग्रेडको औषत तौल मानक तौल भन्दा कम छ भने Manual मा उल्लेख गरिए भन्दा बढी मात्रामा दाना दिने ताकि अर्को ग्रेडिंग समयसम्म पनि उक्त ग्रेडको औषत तौल उक्त समयको मानक तौलको नजिक पुगोस् ।
  • कुनै ग्रेडको औषत तौल मानक तौल भन्दा बढी छ भने मा ःबलगब िउल्लेख गरिए भन्दा कम मात्रामा दाना दिने ताकि अर्काे ग्रेडिंग समयसम्म पनि उक्त ग्रेडको औषत तौल उक्त समयको मानक तौलको नजिक रहिरहोस् ।
उदाहरणको लागि, चौथो हप्ताको अन्त्यमा ROSS-308 प्यारेन्टको मानक तौल ४५० ग्राम हुनुपर्दछ र पाँचौ हप्तामा सो मानक तौलको लागि प्रति कुखुरा ४४ ग्राम दाना दिनुपर्ने हुन्छ । मानौँ, ग्रेडिंग गरेपछि गरेपछि ठूलो, मझौला र सानो गरि तीनवटा ग्रेड बनाइयो जसका औषत तौल क्रमशः ५०० ग्राम, ४५० ग्राम र ४०० ग्राम छन । यस्तो अवस्थामा ग्रेडिंग गरिसकेपछि भिन्दा­भिन्दै ग्रेडको लागि दैनिक दिनुपर्ने प्रति कुखुरा दानाको मात्रा निम्न तालिका बमोजिम निर्धारण गर्न सकिन्छ ।

ग्रेड

औषत शारीरिक तौल (ग्राम)

प्रति कुखुराको दैनिक दाना मात्रा निर्धारण (ग्राम)

ठूलो

५००

३९

मझौला

४५०

४४

सानो

४००

४९

 यसो गर्दा आठ हप्ताको अन्त्यमा अर्थात अर्को ग्रेडिंग समयसम्म सबै ग्रेडको औषत तौल करिब ८६० ग्राम मानक तौलको नजिकै पु¥याउने लक्ष राखिएको छ । यहाँ ग्रोवर दाना Restriction गरेर दिँदा मोटामोटी ३ किलोग्राम खाँदा १ किलोग्राम जति शारीरिक वृद्धि हुन्छ भन्ने मानिएको छ ।
 नोटः
  • नमूना तौल लिने र ग्रेडिंग गर्ने काम कुखुरालाई सकभर उपवासमा राखिएको दिन गर्नु उपयुक्त हुन्छ । अथवा दाना खाइसकेको (After Feed clean up) कम्तिमा ४ घण्टा पछि मात्रा गर्नु उपयुक्त हुन्छ ।
  • यसरी ग्रेडिंग पश्चात विवेकपूर्ण ढंगबाट निर्धारण गरिएको दानाको मात्रा खपत गरेपछि अर्को ग्रेडिंग समयसम्म सबै ग्रेडको औषत तौल उक्त समयमा हुनुपर्ने मानक तौल (Standard weight) को धेरै नजिक–नजिक पुग्ने हुन्छ र पहिलाको समय भन्दा बढी मात्रामा एकरुपता कायम हुन्छ । फेरिपनि ग्रेडिंग गरेर अझै अर्को ग्रेडिंग समयसम्म झनै बढी मात्रामा एकरुपता कायम गराउँन सकिन्छ ।

विशेष नोटः पन्ध्रौँ हप्ता सम्म (हुर्कदो उमेरमा) Overweight हुन दिनुहुँदैन । बरु मानक तौल भन्दा हल्का केहि कम भएपनि ठिकै मानेर चल्ने किनकी हुर्कदो उमेरमा दाना मात्रा बढाएर सजिलै चाहेको तौल बढाउँन सकिन्छ । Overweight भएको खण्डमा भने तौल नियन्त्रण गर्न निकै गाह्रो हुन्छ यो उमेरमा । त्यस्तै पन्ध्रौँ हप्ता पछि भने Underweight हुन दिनुहुँदैन । किनकी यो बेला पश्चात प्रजनन अंगहरु विकास हुन थाल्छन । शारीरिक विकास नै यथोचित हुन नसकेको खण्डमा प्रजनन अंगहरु राम्रोसँग विकास हुन सक्दैनन । यो वयस्क हुने अवस्थामा शारीरिक वृद्धिदर कम हुने हुँदा Underweight लाई सुधार गर्न निकै गाह्रो हुन्छ ।

 (डा. रेग्मी हाईजिन एग्रो प्रा. ली. नामक पोल्ट्री ब्रिडिंग तथा ह्याचरी कम्पनीका प्राविधिक निर्देशक हुनुहुन्छ । पोल्ट्री कन्शलटेन्शी एण्ड डायग्नोष्टिक ल्याबका कन्शलटेन्ट भेटेरीनरीयन एवं संचालक हुनुहुन्छ। साथै उहाँले कमर्सियल लेयर्स तथा प्यारेन्ट एवं ह्याचरी उद्यमीका लागि कन्शलटेन्सी सेवा पनि प्रदान गर्दै आउनुभएको छ)