पोल्ट्री उत्पादनमा भिटामिनको महत्व
पोषण भनेको विज्ञान हो जसले सन्तुलन, वृद्धि, प्रजनन, स्वास्थ्य र जीवको रोगको सम्बन्धमा पोषक तत्वहरू र अन्य पदार्थहरूको अन्तरक्रियाको व्याख्या गर्दछ। शरीरका आधारभुत कोषहरुलाई अधिकतम कार्यक्षमताको लागि आवश्यक तत्वको परिपुर्ती पोषणले गर्दछ । दाना अथवा अन्न खाएपछी शरीरले पचाउने, सोस्ने काम गर्दछ र यि पोषक तत्वहरु शरीरका सम्पूर्ण कोषहरुमा पुग्दछन् आफ्नो आफ्नो कार्य सम्पादनको लागि । कुखुराको शरिरमा कार्बोहाइड्रेटस, चिल्लो पदार्थ (फ्याट), प्रोटिन, खनिज, भिटामिन, पानी जस्ता वर्गका पोषण तत्वहरुको आवश्यकता पर्दछ ।
अन्य पोषक तत्व जस्तै भिटामिनको पनि कुखुराको शरीरमा महत्वपूर्ण भूमिका रहेको हुन्छ । भिटामिनको आवश्यकता शारिरिक ब्रिद्धी, रोग सङ्ग लड्ने क्षमता राख्न तथा विभिन्न शारिरिक रसायन प्रकृयामा हुने भएकोले यसको कमिले ठुलो असर गर्दछ
कुखुराको आहारमा भिटामिनको पर्याप्त आपूर्ति नहुँदा बहु-लक्षणहरु देखिने गर्दछन । तथापि सामान्यतया, बी-भिटामिन कमजोरीहरूको सङ्केतहरू पहिले देखिन्छ। शरीरमा फ्याट-घुलनशील भिटामिन (भीटामिन -ए, डी, इ, के) का केहि भण्डारहरू हुने भएकाले यसले पंछिलाई असर पार्न लामो समय लाग्छ । त्यस्तै , वयस्क पंछिहरूलाई असर गर्न भिटामिन-ए को कमीले महिनौ लाग्न सक्छ।
विभिन्न भिटामिनको कमिले हुने समस्याहरु :
भिटामिन ए को कमी हुँदा शारिरिक वृद्धि विकासमा ह्रास आउछ, प्वाँख लथालिङ्ग पर्दछन, उभिदा खुट्टा थरथर काप्छन, आँखा सुख्खा हुन्छन्, अण्डा उत्पादन र ह्याचेविलिटी कम हुन्छ, र भ्रूणको मृत्युदर बढ्छ। लामो समयसम्म भिटामिन-ए को कमी भएमा आँखामा दुध जस्तो सेतो पदार्थ बस्दा पंक्षिलाई देख्न असम्भब बनाउछ । मुखको माथिल्लो भागमा सेता फोकाहरु देखिन्छन र भित्री छाला चिरा पर्दा बाह्य सुक्ष्म जिवहरुको आक्रमण हुन सक्छ ।
Source: http://www.thepoultrysite.com/publications/6/diseases-of-poultry/218/vitamin-e-deficiency/
भिटामिन ई: यसको कमिले स्नायु समबन्धी समस्याहरु देखा पर्दछन । इन्सेफालोमालासिया (क्रेजी चिक डिजिज्), उभिन नसक्ने, हिडडुलमा असन्तुलन आउने, गोलो घेरामा घुम्ने, मस्तिष्क श्राव हुने, जस्ता लक्षणहरु देखिन्छन ।
भिटामिन के: भिटामिन के शरीरमा हुने रक्तश्राब रोक्न मद्धत गर्दछ, त्यसैले कक्सीडियोसिस (रातो छेर्ने रोग)मा अत्यन्तै महत्वपूर्ण हुन्छ । यसको कमिले शरीरको आन्तरिक अंगहरु तथा छालामुनी रक्तश्राव देखिन्छ, अन्डामा रगतका थोप्ला देखिन्छ र रगत जम्ने समय लम्बिन्छ ।
भिटामिन बि-१ (थियामिन): शरीरमा कार्बोहाइड्रेट मेटाबलिजम (शरीरमा रसायानिक परिवर्तन हुने प्रकृया) को लागी भिटामिन बि-१ आवश्यक पर्दछ । आलश्यता, शरीर थरथर काप्नु, अरुची, शारिरिक विकासमा कमी, अत्याधिक कमजोरी, प्वाँख लथालिङ्ग पर्नु, पक्षघात, पाचन प्रणालीमा अवरोध आउनु, यो भिटामिनको कमीका लक्षणहरु हुन् ।
Source: http://www.thepoultrysite.com/publications/6/diseases-of-poultry/217/vitamin-b2-deficiency/
भिटामिन बि-५ (पानटोथेनिक एसिड): पानटोथेनिक एसिडको काम कार्बोहाइड्रेट, फ्याट तथा एमिनो एसिडको मेटाबलिजममा रहन्छ । यसको कमिले अन्डा उत्पादनमा कमी, शारिरिक वृद्धिमा ह्रास, छालाको संक्रमण, प्वाँख राम्रोसँग नआउनु, कलेजो र स्पाइनल कर्डमा क्षति जस्ता लक्षण देखिन्छन् ।
भिटामिन बि-६ (पाइरिडोक्सिन): पाइरिडोक्सिन भिटामिनको भूमिका एमिनो एसिडको मेटाबलिजममा रहन्छ । न्यून विकास, छालामा सन्क्रमण, रक्तअल्पता, सानो चल्लामा खुट्टाको स्नायुमा समस्या भई लरखराउदै हिड्नु, टाउको तलपट्टि पखेटा हल्लाउनु, घाँटी बङ्ग्याउनु, थकित हुनु, पाइरिडोक्सिनको कमिले देखिने समस्या हुन् ।
https://www.dsm.com/markets/anh/en_US/Compendium/poultry/vitamin_B6.html
फोलिक एसिड: रक्तअल्पता, लिउकोपेनिया (रगतमा सेतो कोष कमी), प्वाख राम्रो सँग नआउनु, शरिरको तौलको कमी, उत्पादनमा ह्रास, वृद्धिमा कमी आउनु, शिरको रङ सेतो हुनु, यस भिटामिन कमीका लक्षण हुन् ।
वायोटिन: वायोटिनको कमिले कुखुरामा खुट्टाको तल खस्रो फुस्रो चिरा पर्नु, मुखको छेउ र आँखाको छेउको छालामा संक्रमण देखिनु, पेरोसिस, वृद्धिमा कमी जस्ता समस्या देखा पर्दछन् ।
भिटामिन बि-१२ (साइनाकोबालामिन): भिटामिन बि-१२ को भूमिका कार्बोहाइड्रेट तथा फ्याट मेटाबलिजम, मिथाइल र निउक्लिक एसिड संश्लेषणमा रहन्छ । वृद्धि नहुनु, दाना खपत कम हुनु, पाङ्ग्रो खीइनु, प्वाँख निकै कम आउनु, चल्लाको मृत्युदर बढ्नु, रक्त अल्पता देखिनु, नशासम्बन्धी समस्या देखिनु, भिटामिन बि-१२ को अभावले देखिने लक्षणहरु हुन् ।
कोलिन: कोलिनको कमिले कुखुराहरुमा दानाको राम्रो प्रयोग गर्न नसक्नु, वृद्धिमा ह्रास आउनु, पेरोसिस (खुट्टाको टेन्डन स्लिप हुने), कलेजोमा फ्याट अत्यधिक बढ्नु, जस्ता समस्या देखा पर्दछन् ।
Perosis; Source:http://www.thepoultrysite.com/publications/6/diseases-of-poultry/220/slipped-tendon-perosis/
भिटामिन सि कुखुराको शरीरले आँफै बनाउने भएकाले बाहिर बाट दिनु पर्दैन । यद्धपी तनाबमा भएका कुखुरालाई भिटामिन सि दिनु उपयुक्त हुन्छ ।
माथि उल्लेख गरिए जस्तै, कुखुराको शरिरमा भिटामिनको अभावले धेरै स्वास्थ्य समस्या उत्पन्न गर्न सक्छ, केही अवस्थामा मृत्यु समेत हुन सक्छ । यसकारण, पोषक कमजोरीहरू रोक्न वा कमजोरीका लक्षणहरू देखा पर्ना साथ, आवश्यक भिटामिनहरूसँग सन्तुलित पोल्ट्री आहार खुवाउनू पर्दछ ।
Cover Photo: http://www.fao.org/docrep/t0690e/t0690e08.htm