तरल नाईट्रोजन तथा कन्टेनरको सुरक्षित प्रयोग

 

तरल नाईट्रोजन तथा कन्टेनरको सुरक्षित प्रयोग: जमेको वीर्य संरक्षण गर्नका लागि विभिन्न क्रायोजेनिक एजेन्ट (Cryogenic Agents) हरु प्रयोग गरिन्छ । ती मध्ये Solid-CO2 (-79oc), Liquid Air (-183oC), Liquid Medium (-268oC)  र Liquid Nitrogen (-196oC) प्रमुख हुन् ।

तरल नाईट्रोजन चौथो चिसो पदार्थको रुपमा चिनिन्छ, जुन बाहिरी वातावरणमा आउने बित्तिकै यसको आयतनमा ७०० गुणा वृद्धि हुन्छ । यो रंगविहिन, गन्धविहिन, colorless, odorless, non-irritant, nontoxic, non-caustic, non-corrosive, non-inflammatory तथा inert ग्याँस हो । यसको उम्लने तापक्रम -196oC  र जम्ने तापक्रम -212oC हो । तरल भएको कारणले जमेको वीर्यसँग राम्रो सँग सम्पर्क हुने र मानव स्वास्थ्यमा पनि हानिकारक नहुने हुनाले विश्वभरी नै यसको उपयोग र प्रयोग भइरहेको छ । नाईट्रोजन ग्यास हो जसलाई चिसो पारेर तरल अबस्थामा ल्याइएको हुन्छ । नाईट्रोजन ग्यास हावामा ७८ प्रतिशत जति हुन्छ र हावामा भएको यही नाईट्रोजनलाई चिसो पारेर तरल बनाई प्रयोगमा ल्याइन्छ । तरल नाईट्रोजनको तापक्रम -196 डिग्री सेल्सिअस हुन्छ र यो तापक्रममा जमेको बीर्यलाई राखेमा बर्षौंसम्म बीर्यलाई बचाउन सकिने भएकोले वीर्यलाई जमाउन र सुसुप्त अबस्थामा रहेको जमेको बीर्यलाई संचय गर्न यसको प्रयोग संसार भरिनै गरिन्छ । यस प्रकार कृत्रिम गर्भाधान कार्यमा तरल नाईट्रोजनको प्रयोग अनिवार्य भएकोले कृतिम गर्भाधान कार्यकर्ताले तरल नाईट्रोजनको प्रयोग बारे जान्नु जरुरी छ

तरल नाईट्रोजनको सुरक्षित प्रयोगः

  • आखा, मुख वा शरीरको अन्य भागमा एक वा दुई सेकेण्ड भन्दा बढि समयसम्म सिधा सम्पर्कमा आएमा Cold Burn/ frost bite गराउँदछ ।
  • तरल नाईट्रोजन प्रयोग गर्ने व्यक्तिले बचावट गर्ने खालका कपडाहरु लगाउनु पर्दछ र सकभर Goggles वा eye protector प्रयोग गर्दा आखाँको बचावट हुन्छ ।
  • नयाँ कन्टेनर वा ड्राई कन्टेनरमा तरल नाईट्रोजन रिफिल गर्दा विस्तारै भर्नु पर्दछ ।
  • तरल नाईट्रोजन भित्र खसेको कुनै पनि वस्तु वा सिमेन स्ट्र stainless steel को फोरसेफरले निकाल्नु पर्दछ ।
  • तरल नाईट्रोजन भरेर राखेको कन्टेनरहरु खुल्ला र राम्रो संग भेन्टिलेशन भएको स्थानमा राख्नु पर्दछ किनकी तरल नाईट्रोजनको भ्यापरले अक्शिजनको भागलाई कम गराई काम गर्न गाह्रो हुन्छ ।
  • तरल नाईट्रोजनको बचावटको लागी स्थानान्तरण गर्दा सोली प्रयोग गरी खेरजानबाट बचाउनु पर्दछ र कन्टेनरहरु सुख्खा वा ड्राई हुनु हुदैन ।

तरल नाईट्रोजन कन्टेनरहरुको हेरचाह तथा प्रयोगः

  • तरल नाईट्रोजनको संरक्षण प्रयोजनको लागि बनाईएको कन्टेनरहरु एक प्रकारको थर्मस जस्तै भाडो भएकाले यसलाई पनि जतनपूर्वक चलाउनु पर्छ र यसको प्रयोगमा विषेश रुपमा सावधानी अपनाउनु पर्दछ ।
  • नया कन्टेनरहरुलाई थोरै थोरै तरल नाइट्रोजन राखेर चार्ज गर्नुपर्दछ र एक पटक चार्ज भइसकेको कन्टेनरहरुलाई सुख्खा हुनदिनु हुदैन ।
  • कन्टेनरहरुलाई welding वा piercing गरेर प्रयोग गर्नु खतरनाक हुन्छ ।
  • कन्टेनरहरुलाई प्रत्यक्ष रुपमा घाममा वा तातो हावा लाग्ने स्थानमा राख्नु हुँदैन, सधै छाँयामा पर्ने गरी राख्नुपर्दछ ।
  • कन्टेनरहरुलाई छोटो समयमा चिस्याउने र तताउने गर्नुहुँदैन, जसले कन्टेनरको भित्री thermal layer मा stress परी बिग्रन सक्दछ ।
  • कन्टेनरहरुको मुखमा, बाहिरी सतहमा पसिना आउनु (Appearance of moisture) भनेको कन्टेनर बिग्रेको संकेत हो ।
  • समय–समयमा कन्टेनरहरुको वाश्फिकरण दर (Evaporation Rate) जाँच गरिरहनु पर्दछ ।
  • कन्टेनरहरु एक अर्कामा खप्टाएर राख्नुहुँदैन र भित्रको ग्यास तातोमा फुल्ने भएकोले र फैलिएको ग्यासले गर्दा बिस्फोट हुनसक्ने भएकोले हमेसा कन्टेनरहरुको बिर्का हमेशा खुकुलो अवस्थामा राख्नु पर्दछ ।

कन्टेनरमा तरल नाईट्रोजनको मात्रा मापन गर्ने तरीका

कन्टेनरमा जमेको वीर्य भण्डारण गरी राखेको अवस्थामा कम्तिमा पनि एक तिहाई भाग तरल नाईट्रोजन हुनुपर्दछ । यसको मापनको लागि कालो रंगको प्लाष्टिकको स्केल कन्टेनर भित्र डुवाएर केहि सेकेण्ड सम्म राख्नु पर्दछ र वातावरणमा झिकेर हेर्दा तरल नाईट्रोजनमा डुवेको जती भागमा सेतो Frost Line देखा पर्दछ । देखिएको Frost Line भन्दा एक सेन्टिमिटर तलको भाग सम्म रिडिङ्ग गर्नुपर्दछ र सोही अनुसार तरल नाईट्रोजनको मात्रा एकिन गर्नु पर्दछ । जुन कम्पनीको कन्टेनर हो, त्यहि कम्पनीबाट प्राप्त स्केलले यथार्थ मात्रा दिन्छ तर कम्पनी फरक परे पनि अन्दाज भने गर्न सकिन्छ । कन्टेनरको तौल लिएर पनि तरल नाईट्रोजनको मात्रा एकिन गर्न सकिन्छ, जसको लागिः

LN2 Liter (तरल नाईट्रोजन लिटर) = तौल (kg)  X  0.82, किनकी 1 kg LN2 = 1.237 लिटर हुन्छ

कन्टेनरहरुको निर्मलीकरण गर्ने तरीका

प्रयोग भईरहेको तरल नाईट्रोजन कन्टेनरहरुलाई कम्तिमा पनि २ वर्षको एक पटक निर्मलीकरण गर्नु पर्दछ । निर्मलीकरण गर्नको लागि कन्टेनरमा भएका सबै Canister र Goblet हरु निकाल्ने, पानीले सफा गर्ने र सुख्खा बनाउने त्यसपछि 2% Formaldehyde को घोल राखेर १० मिनेट सम्म छाड्ने । १० मिनेट पछि कन्टेनर खाली गरी हावाबाट ड्राई गर्ने र पुनः बिस्तारै तरल नाईट्रोजन राख्ने/चार्ज गर्ने  गर्नुपर्दछ ।

लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा ।