१. चल्ला आइपुग्नु अगाडि नै खोरलाई ब्रुडर चलाएर तताउन अत्यावश्यक हुन्छ । कम्तिमा पनि १२ घण्टा अगाडिदेखि खोर तताउन थाल्ने । सुरुवाती तापक्रम ९५ डिग्री फरेनहाईट हुन आवश्यक छ । 

२. भुइँको चिसो नआओस भन्नको लागि जाडोयाममा सोत्तर बाक्लो हुनेगरी बिछ्याउने ।

३. सुरुमा ०.२५ वर्ग फिट प्रति चल्लाको दरले ब्रुडिंग क्षेत्रफलको व्यवस्था गर्ने र पछि क्रमिक रुपले बढाउदै जाने ।

४. गोलाकार ब्रुडिंग सर्वश्रेष्ठ हुनेछ किनकि गोलाकारमा कुनाकाप्चा हुदैन जहाँ चल्ला च्यापिएर मर्ने सम्भावना रहन्छ ।

५. ब्रुडिंग सर-सामाग्री (ब्रुडर, फिडर, ड्रीङ्कर, चिक ट्रे, चिक गार्ड, बल्ब, सिलिन्डर आदि) र पाइप लाइन पनि गुणस्तरीय निसंक्रमण औसधि प्रयोग गरेर निसंक्रमण गरेको हुनुपर्दछ ।

६. ब्रुडर जस्तोसुकै प्रयोग गरेपनि तापक्रम दिने श्रोतको कारणले ब्रुडिंग क्षेत्रफलमा ग्याँस संचित हुनुहुँदैन । यदी  ग्याँस संचित भएमा कुखुराको  पेटमा पानि भरिने समस्या (Ascitis) अधिक मात्रामा देखिन सकिन्छ ।

७. ब्रुडिंग क्षेत्रफलभर सबैतिर समान किसिमको प्रकाश हुनुपर्दछ । कतै चम्किलो र कतै मधुरो हुनुहुदैन ।

८. साइडमा डबल पर्दा, एउटा जुटको र अर्को प्लास्टिकको राख्न सकिन्छ ताकि सिधै चिसो हावा खोरभित्र प्रवेश नगरोस ।

९. रातको समयमा पनि पर्दा माथिबाट हावाको आवत-जावत हुनेगरी भेन्टीलेशन दिन आवश्यक छ । सबै पर्दा खोलिराख्नु हुदैन । केहि समयको अन्तरालमा केहीबेर खोलेर बन्द गरिहाल्न भने सकिन्छ ताकि खोरभित्र संचित भएको ग्याँस बाहिर जान पाओस । दिनको समयमा भने खोरको साइडतिर जहाँ घाम लाग्छ पर्दा खोलिदिनुपर्छ ।

१०. चिस्यान भएमा खोरमा सुख्खा सोत्तर थपिदिने ।

११. एक्जस्ट पंखाको व्यबस्था गरी खोरभित्र संचित भएको ग्याँस निकाल्न सकेको खण्डमा उपयुक्त हुन्छ ।