गाइभैसीमा मन्द ऋतुकालको पहिचान तथा निवारण

 

गाइभैसीमा मन्द ऋतुकालको समस्या पहिचान तथा निवारण: मन्द ऋतुकाल (Silent Heat/Non Visible Oestrus) पशुपालक कृषकहरुका बीच एउटा ठूलो प्रजनन् समस्याको रुपमा रहेको छ । बिषेश गरी भैसीमा, बढी दुधालु (Heavy milkers) पशुहरुमा र ब्याएपछि पहिलो ऋतुकाल (First postpartum estrus) मा यो समस्या बढी देखिन्छ ।

यसका लागि गाई भैसीले कहिले साढे रागो खोज्न सक्दछ भन्ने कुराको भविष्यवाणी (Prediction) गर्न आवश्यक छ ।

कारणहरुः (Etiology and Pathogenesis)

  • मन्द ऋतुकाल (NVO): यो बंशाणुगत (Genetic)  समस्या पनि हुन सक्दछ । साँढे वा रागो र गाईको कारणबाट आउन सक्दछ । बिशेष गरी प्रतिकृया समय लामो (Long reaction time) भएका साँढेबाट उत्पादित वीर्य प्रयोग गर्दा वा प्राकृतिक गर्भाधान गराउँदा यो समस्या हुन्छ । पशुहरुमा पोषण तत्वको कमी वा असन्तुलन, हर्मोनको असन्तुलन, गर्मी र चिसोको कारणबाट हुने तनाव आदी कारणबाट छोटो तथा मन्द ऋतुकालको समस्या आउँदछ ।

 

  • कमजोर ऋतुकाल (Weak Estrus): यो पनि मन्द ऋतुकाल जस्तै हो तर यसमा पशु ऋतुकालमा आएको लक्षण कमजोर (Not pronounced) हुन्छ । यदि पशुलाई बच्चाको दुध चुसाईराखेको भए दुध छुटाएमा (Weaning)  पनि कमजोर ऋतुकाल सक्रिय हुन सक्दछ ।

 

  • अवलोकन गर्न नसकिने ऋतुकाल (Unobserved Estrus): यो पशुको कारणबाट नभई व्यवस्थापकीय कारणबाट हुन्छ । यसको लागी दिनको ३ पटक (Early morning, Afternoon & early evening or night) पशु आराम गरेको अवस्थामा ऋतुकालको अध्ययन गर्नु पर्दछ ।

यी समस्याहरु कृषकहरुले पत्ता लगाउन कठीन छ । प्राविधिकहरुले यस्ता गाई भैसीमा ७–१० दिनको अन्तरमा पाठेघरको परीक्षण गरेर ऋतुकालमा आए नआएको र करपस ल्युटियमको अवस्थाबारे पत्ता लगाउनु पर्दछ । यसमा सामान्य तवरले नै फोलिकल परिपक्क हुने र डिम्वोत्सर्ग हुने गर्दछ . 

प्रजनन् अंगहरुको परीक्षण गर्दा

-  यदि पाठेघर परीक्षण गरेको ७ दिन भित्र पशु ऋतुकालमा आएमा कृत्रिम गर्भाधान गर्नु पर्दछ ।

-  यदि पाठेघरमा लच्किलोपन वा कडापन (Tone) छ र डिम्वाशयमा फोलिकलहरु छन् भने गाईले सांढे खोजेको छ भन्ने बझ्नु पर्दछ ।

-  यदि डिम्वाशयमा विकसित भईराखेका सानो फोलिकलहरु छन् भने गाई ऋतुकालमा आउँदैछ भन्ने बुझ्नु पर्दछ ।

-  यदि डिम्वाशयमा सानो करपस ल्युटियम छ भने गाईमा ऋतुकाल पछिको अवस्था बुझ्नु पर्दछ ।

-  यदि डिम्वाशय नरम सानो खाल्टो परेको र प्वाक्क आवाज (Crepitant)  गर्ने छ भने डिम्बोत्सर्ग भई सकेको अवस्था बुझ्नु पर्दछ ।

-  कहिलेकाहीं योनीबाट रक्तश्राव भएको छ भने ऋतुकाल पछिको अवस्था बुझ्नु पर्दछ र अर्को ऋतुकालको  भविष्यवाणी (Prediction) गर्नु पर्दछ ।

-  यदि कर्पस ल्युटियम सामान्य भन्दा सानो र अलि कडा छ भने २–५ दिनपछि गाई ऋतुकालमा आउँनेछ भन्ने बुझ्नु पर्दछ ।

उपचार तथा निवारण (Treatment and Prevention)

® lugol’s solution 2%  @ 10-20 ml intrauterine infusion in luteal phase मा ३ दिन सन्म दिने ।

® PGF2∞ @12-15 mg IM in Diestrus and Luteal phase (यदि डिम्बाशयमा सक्रिय करपस ल्युटियम भएमा मात्र दिने)

® E-Care-Se को सूइ १० यम.यल का दरले मासुमा ३ दिन सम्म १ दिन बिराएर दिने ।

® Prajana/Banjana/Ranjana दिने ।

® Mineral Mixture/Totavet/CoFeCu दैनिक २० दिन सम्म दिने ।

® दानामा प्रोटिनको मात्रा बढाउने (पिना दिन सकिन्छ) । यस्ता पशुहरुलाई दिनको १/२ के.जी. गहुँ र १/२ के.जी. चना २४ घण्टा सम्म भिजाएर टुसा उम्रिसकेपछि उमालेर दैनिक ३० दिन सम्म दिदा राम्रो नतिजा देखिन्छ ।

® प्रतिदिन थप १/२ देखि ३/४ भाग कार्बोहाईड्रेट युक्त दाना (Concentrate)  दिने ।

® प्रतिकृया समय लामो (Long reaction time) भएका साँढे वा रागोलाई प्रतिकृया समय छोटो (Short reaction time) भएका साँढे वा रागोसँग प्रतिस्थापन गर्ने । 

©लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा