गर्मी याममा कुखुराको व्यवस्थापन

गर्मी याममा कुखुरालाई बढ्दो तापक्रम संग जोगाउनु पर्दछ । तापक्रमको प्रभाव सहन नसकेर कुखुराको शारिरिक तापक्रम अत्यन्तै बढी भई शरीरका कृयाकलापमा असर पर्दछ । यस्तो अवस्थालाई हिट स्ट्रेस (गर्मी धपडी) भनिन्छ । बढ्दो तापक्रम र आद्रताको कारणले विशेष गरी गर्मी मौसममा कुखुराहरुले तनाब महसुस गर्छन् । शरीरको तापक्रम नियन्त्रण गर्न नसकेर कुखुराहरुको मृत्यु हुने गर्दछ । कुखुराको शारिरिक तापक्रम ४६ डिग्री सेन्टिग्रेड नजिक हुनपर्छ । यस भन्दा ४ डिग्री सेन्टिग्रेड बढी भएमा कुखुराको मृत्यु हुन्छ । आधुनिक ब्रोइलर जातहरुमा उचित दाना रुपान्तरण संगै उच्च व्रिद्धीदर आवश्यक हुने भएकोले गर्मी तनाव प्रती सहन्शीलता कम हुन्छ

गर्मीमा कुखुरालाई तनाव गराउने निम्न तत्वहरु हुन सक्छन् :

  • उच्च तापक्रम
  • अपर्याप्त पिउने पानी र भेन्टिलेसन
  • आवश्यक भन्दा कमी क्षेत्रफल
  • खोरको छानोको उचाइ
  • अत्यधिक इनर्जि र प्रोटिन युक्त दाना

यस बाहेक निम्न कुराहरु गर्मिमा कुखुरालाई धपडी गराउन जोडीएका हुन सक्छन् :

  • घनत्व (निश्चित क्षेत्रफलमा आवश्यक भन्दा बढी कुखुराहरु राख्नु)
  • चयापचय दर अर्थात मेटाबलिक रेट (अन्डा दिने कुखुरा र छिटो व्रिद्धी हुने भालेहरु)
  • आनुवंशिक (लेयर्स भन्दा बढी ब्रोइलर कुखुराहरु सम्मोहक हुन्छन् )
  • ३ हप्ता भन्दा बढी उमेरका कुखुराहरु

तापक्रम बढी हुंदा कुखुराहरुमा विभिन्न लक्षणहरु देख्न सकिन्छ, जसले गर्दा उत्पादनमा नकरात्मक असर पुर्याएको हुन्छ । अत्यन्तै छिटो छिटो श्वास फेर्ने, टाउको सोत्तरमा अगाडितिर सुताएर बस्ने , बढी तिर्खाउने, दाना प्रती अरुची (२० डिग्री सेन्टिग्रेड भन्दा माथि प्रती इकाइ तापक्रम व्रिद्धी वापत दाना खपत १.५ प्रतिशतले घट्छ), छाला निलो देखिने, पंखेटाहरु फिजाएर उभिने, जस्ता लक्षणहरु कुखुरालाई गर्मी याममा देखिन सक्छ । यसले गर्दा  अन्डा उत्पादनमा कमी, सानो आकारको अन्डा, अन्डाको बोक्रा पातलो हुने तथा ब्रोइलर कुखुरामा व्रिद्धीमा ह्रास आउने हुन्छ, जसले उत्पादनमा सिधा असर पुर्याएको देखिन्छ । त्यस्तै, छातीको मासुको रंग पकाएको जस्तो र नाक तथा मुखमा र्याल जम्मा भएको देखिन्छ । मुख खोलेर श्वास प्रश्वास गर्ने भएकोले तनाव ग्रसित कुखुराहरुमा अन्य श्वासप्रश्वास सम्बन्धी रोगका किटाणुले आक्रमण गर्न सक्छन् । कहिले कांही लक्षण विना उत्तानो परेर मरेको देखिन्छ ।

गर्मी मौषममा कुखुरहरुको उचित व्यवस्थापनको लागि निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।

खोर व्यवस्थापन

  • खोरको उचाइ तथा चौडाइ उचित हुनुपर्दछ । गर्मी ठाउंको हकमा १४ फिट खोरको विचको भागको उचाइ, किनाराको उचाइ ८ फिट तथा २०-२४ फिट चौडाइको खोर आवश्यक पर्दछ ।
  • खोरको लामो भाग पुर्व पश्चिम दिशामा निर्माण गरिनुपर्दछ र बलेनीको भाग ३ फिट हुनुपर्दछ ।
  • ठुला खोरहरुमा जाली बाहिर चिसो बनाएर जुटका बोरा झुन्डाउन सकिन्छ जस्ले तातो हुरिलाई रोक्न मद्धत गर्छ । खोर भित्र स्प्रिन्कलहरु प्रयोग गर्न सकिन्छ ।
  • खोरको छानो टिनको भए सेतो पेन्ट गर्ने अथवा छानो माथि खर र जुटको बोरा राखी भिजाउने गरेमा केही हद सम्म तापक्रम नियन्त्रण गर्न सकिन्छ । खोरको छानो चुनाले पोतेमा २ डिग्री सेन्टिग्रेडले तापक्रम नियन्त्रण गर्न सकिन्छ ।
  • कुखुराहरुलाई आवश्यक क्षेत्रफल प्रदान गर्ने । गर्मी ठाउँमा प्रत्यक ब्रोइलर कुखुरा बराबर १.५ वर्गफुट तथा लेयर्सलाई २ वर्गफुट क्षेत्रफल आवश्यक पर्दछ ।
  • प्राकृतिक भेन्टिलेशन जांच गर्ने, जालीहरुमा धुलो भरिएको जांच गर्ने ।

दाना व्यवस्थापन

  • कम दाना खपत हुंदा उत्पादनमा असर पुग्ने भएकोले दाना खपत बढाउने उपाएहरु अपनाउनुपर्दछ । पेलेट अथवा क्रम्बल फिड प्रयोग गर्ने, फिडरमा भएको दाना चलाइदिने, दानामा चिल्लो पदार्थ अथवा गुंड भेली मिसाइदिने, सितल फर्केको समयमा मात्रा दाना दिने (दिउसोको समयमा दाना खान रोक लगाउने र बिहान तथा सांझमा मात्रा दाना राख्दिने) जस्ता कृयाकलाप गरेर दाना खपत बढाउन सकिन्छ । 
  • असाध्यै गर्मी हुने समय भन्दा ६, ७ घण्टा अगाडी दानाको भांडो हटाइदिने ।
  • अत्यधिक गर्मी भएमा मिड्नाइट फिडिङ्ग प्रयोगमा ल्याउनुपर्दछ ।
  • दानामा बिटेन, बायोटिन, भिटामिन सि, सोडा बाइकर्ब, एसिडिफायर, डेक्स्ट्रोज, जस्ता फिड एडिटिब्सहरु मिसाउनुपर्दछ । दानामा प्रोटिनको मात्रा कम गराइ शक्तीको श्रोत बढाउनुपर्दछ, जसको लागि चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ । कक्सिडिओस्टाट, एन्टिअक्सिडेन्ट लाई प्राथमिकतामा राख्न पर्दछ । यसको अलवा टक्सिन बाइन्डर पनि सम्मिलित गराउनु पर्दछ ।
  • दानामा क्याल्सियमको मात्रा ४ प्रतिशत बाट ५ प्रतिशत बनाउनुपर्छ । भिटामिन र मिनरलको श्रोत २५ प्रतिशतले बढाउनुपर्छ ।
  • निकार्बाजिनले हिट स्ट्रेस बढाउने तथा मोनेन्सिनले पानी रुची घटाऊने भएकोले गर्मी समयमा प्रयोग गर्नु हुंदैन ।
  • भर्जिनिआमाइसिनको प्रयोगले हिट स्ट्रेसलाई कम गर्ने तथा रोग संग लड्ने क्षमता बढाउंछ ।

पानी व्यवस्थापन

  • गर्मीको समयमा भिटामिन-सि तथा इलेक्ट्रोलाइट युक्त चिसो पानी पर्याप्त रुपमा प्रदान गर्ने । आवश्यक भएमा पानी फेरिरहने । सकिन्छ भने पानी टंकिलाई खोर भित्र नै राख्दा तातो हुन बाट नियन्त्रण गर्न सकिन्छ । खोर बाहिर भएको टंकिलाई जुटको बोराले ढाकेर पानीले भिजाउने गरेमा पानी तात्न नियन्त्रण हुन्छ ।
  • कुखुरालाई सामान्य अवस्थामा भन्दा ३-४ गुणा पानी उपलब्ध गराउनुपर्दछ । ०.२ प्रतिशत नुन मिसाएर दिएमा पानीको उपभोग अझै बढ्छ ।
  • पानीमा कागती, निबुवा आदिको रस वा भिनेगर मिसाउने ।

अन्य व्यवस्थापन

  • खोरमा थर्मोमिटर राखेर तापक्रम भिन्नता रुजु गर्ने  त्यही अनुसार व्यवस्थापन गर्नुपर्दछ ।
  • खोपको प्रयोग, चुच्चो काट्ने आदी कृयाकलापहरु शितल समयमा गर्नुपर्दछ ।

प्रत्यक्ष मात्र नभई गर्मी तनाव भएका कुखुराहरुमा इ.कोली, माइकोप्लाज्मा, कोराइजा लगायतका रोगहरु लाग्ने सम्भावना बढ्ने भएकाले यसको उचित रोकथाम गर्नको लागि व्यवस्थापनमा ध्यान दिनु 

 यो पनि पढ्ने किकुखुरालाई गर्मीको तनाव (हिट स्ट्रेस) बाट कसरी जोगाउने ?