कृत्रिम गर्भाधानको दर बढाउन जान्नै पर्ने कुराहरु
कृत्रिम गर्भाधानको दर बढाउन जान्नै पर्ने कुराहरुः यदि पशु ऋतुकालमा आउँदा कराउने बानी छ भने, कृषकले कराउन छोडेको छ भन्यो भने कृत्रिम गर्भाधान गर्ने ठीक समय भयो भन्ने बुझ्नु पर्दछ । पशुलाई कृत्रिम गर्भाधान गरेको ६ घण्टासम्म कराईराखेमा पनि गर्भ रहन सक्छ तर सो भन्दा बढी समयसम्म कराई राखेमा Delayed Ovulation सम्झि पुन कृत्रिम गर्भाधान गर्नु पर्दछ ।
ऋतुकालमा आएको पशु अर्को पशुमा उक्लन खोजेको अवस्थामा कृत्रिम गर्भाधान नगर्ने तर पशुले अरु पशुलाई आँफुमाथि उक्लन दियो भो सो समय मध्य ऋतुकाल हो भनी सम्झेर कृत्रिम गर्भाधान गर्नु पर्दछ । अर्को पशुमा उक्लियो भने उक्लन दिने पशु ऋतुकालमा आएको हो तर अगाडिबाट अर्को पशुमा उक्लियो भने उक्लिने पशु ऋतुकालमा आएको मानिन्छ ।
यदि पशुलाई कृत्रिम गर्भाधान गर्ने बेलामा पाठेघरलाई तलमाथि (Massage) गर्दा सुतबाट आएको सेप पातलो छ र घुडासम्म आएर चुडियो भने कृत्रिम गर्भाधान गर्ने ठीक समय हो भन्ने बुझ्नु पर्दछ, यदि सेप अलि बाक्लो छ र सुतको नजिकै आएर चुडियो भने पनि कृत्रिम गर्भाधान गर्न सकिन्छ तर सेप बाक्लो भई बाहिर नै आएन भने कृत्रिम गर्भाधान गर्न ढीलो भयो भन्ने बुझ्नु पर्दछ । यदि सेपको रंग पहेंलो छ भने पाठेघरको संक्रमण भएको वा कृत्रिम गर्भाधान गर्न ढीलो भएको भन्ने बुझ्नु पर्दछ ।
पशु बिरामी भएको अवस्थामा वा ज्यरो आएमा कृत्रिम गर्भाधान गर्नु हुदैन यदि गरेमा पनि गर्भाधारण दर कम हुन्छ ।
यदि पशुको ऋतुचक्रको समय १७ दिन भन्दा कम र २५ दिन भन्दा बढी छ भने पशुको उपचार गरेर मात्र कृत्रिम गर्भाधान गर्नु पर्दछ ।
कृत्रिम गर्भाधान मध्य ऋतुकालको अन्त्यतिर (Late part of Mid heat) वा अन्त्य ऋतुकालको शुरुतिर (Early part of late heat) गर्नु पर्दछ । यदि अगाडी वा पछाडी गर्नु परेमा वीर्य डिपोजिसन गर्ने ठाँउ तलमाथि गर्न पनि सकिन्छ किनकि पाठेघरको हाँगामा राखेको वीर्य पाठेघरको मुखमा राखेको भन्दा छिटो क्यापासिटेशन (Capacitaion) हुन्छ तर यो उपयुक्त बिधि भने होइन।
यदि कृत्रिम गर्भाधान गराउन पशुलाई टाढाबाट ल्याईएको भए कम्तिमा पनि १५ मिनेट आराम गर्न लगाई त्यसपछि मात्र कृत्रिम गर्भाधान गराउनु पर्दछ । टाढाबाट ल्याउँदा पशु बढी उत्तेजित (Excitation) हुनगई एर्डिनालिन (Adrenaline) हर्मोन उत्पन्न हुन्छ जसले गर्दा वीर्यको ढुवानीमा समेत असर गर्दछ ।
गाईको लम्बर र स्याक्रल वरिपरिको छालालाई समाउने हो भने गाईले आफ्नो ढाड झुकाउँछ र गाई ऋतुकालमा आएको बेला उसले आफ्नो पुच्छर सुतको एकातर्फ ढल्काउँछ । यसलाई लोन प्रतिकृया (Loin Reflex) भनिन्छ । यस्तै भैसीमा लम्बर वरिपरिको छालालाई समाई वरावर चाप दिदै पुच्छरको फेदसम्म आउँदा भैसी ऋतुकालमा आएको बेला उसले आफ्नो पुच्छर सुतको एकातर्फ ढल्काउँछ । यसलाई टेल प्रतिकृया (Tail Reflex) भनिन्छ ।
पशु ऋतुकालमा आएको बेला पाठेघरमा लचिलोपना (Tonus) र पाठेघर घुम्रिएको (Coiled) हुनु पर्दछ । यदि पाठेघर पानीले भरिएको रवरको पाईप जस्तो (Tonicity) छैन भने पशु ऋतुकालमा आएको छैन भन्ने बुझ्नु पर्दछ । पाठेघरलाई विस्तारै वरपर गर्दै मालिस गर्दा यदि टोनिसिटी बड्दै गयो भने त्यो पाठेघरको संक्रमण पनि हुन सक्दछ र यस्तो अवस्थामा कृत्रिम गार्भाधान गर्नु हुदैन ।
गाई ऋतुकालमा आएको अवस्थामा Sacrociatic Ligament १÷४ देखि १÷२ सेन्टिमिटर लच्केको हुन्छ । यदि लच्केको छैन भने प्रजनन दरमा कमि आउँछ र बढी लच्केको भए Cystic Ovaries, Chronic Uterine Infection अथवा ब्याउने अवस्था हुन सक्दछ तर भैसीमा भने त्यति लचिलोपना हुदैन ।
पशुले हिटमा आइको बेला फ्याँकेको सेपलाई कुनै पनि स्टेनिङ विना शुक्ष्मदर्शक यन्त्रले हेर्दा यदि WBC को संख्या ८ भन्दा बढी छ भने यो Endometrotis हो र यस्तो अवस्थामा कृत्रिम गर्भाधान गर्नु हुदैन ।
पाठेघरको हाँगाको Consistancy सामान्य (Meaty) हुनु पर्दछ तर धेरै कडा अथवा धेरै नरम भने हुनु हुदैन । पाठेघरको हाँगा नरम संक्रमण भएको अवस्था वा बढी खुवाएको अवस्थामा रगतको मात्रा कम हुन गई हुन सक्दछ । यस्तो नरम अवस्थामा पनि कृत्रिम गार्भाधान गराउनु हुदैन ।
कृत्रिम गार्भाधान गराउने अवस्थामा पाठेघरको अंगहरु पहिचान गर्दा पशुले थोरै मात्रामा पिसाव ग¥यो भने प्रजनन दर राम्रो हुन्छ भन्ने कुराको अनुमान गर्न सकिन्छ तर धेरै मात्रामा पिसाव गरेमा प्रजनन दर कम हुन्छ । धेरै पिसाव गर्नुको अर्थ पाठेघर Tonus छैन वा CL राम्रोसंग Regress भएको छैन भन्ने बुझिन्छ ।
डिम्वाशयको परीक्षण यर्दा अत्यन्त सावधानी पूर्वक गर्नु पर्दछ । गाईको भन्दा भैसीको डिम्वाशयको फोलिकल छिटो र सहजै फुट्ने हुन्छ । डिम्वासयमा फोलिकलको अवस्था ऋततुकालको शुरुमा केही कडा (Tough) हुन्छ भने मध्य ऋतुकालमा नरम (More soft) र उत्तर ऋतुकालमा एकदमै नरम (Pliable) हुन्छ
कृत्रिम गर्भाधान गर्ने समयमा डिम्वाशयको स्पर्शीकरण गर्नु राम्रो प्रकृया÷विधि होइन, किनकी यसले फोलिकल्सलाई फुटाउन सक्दछ ।
कृत्रिम गर्भाधान कर्ताले कृत्रिम गर्भाधान गरिसकेपछि ए.आई. गनको टुप्पोमा कुनै पनि रगतको छेक्रा छ कि हेर्नु पर्दछ र वीर्य ए.आई. गनमा नै फर्केको छ छैन यकिन गर्नु पर्दछ ।
वीर्यलाई एक भाडोबाट अर्कोमा स्थानान्तरण गर्दा वा थईङ गर्दा स्ट्रको टुप्पो र रेफ्री वा कन्टेनरको मुखको दुरी ८ देखि १० से.मी. भन्दा बढी हुनु हुदैन । यसरी सार्दा जमेको वीर्यको तापक्रम –७००C भन्दा कम हुनु हुदैन । पटक पटक वीर्यलाई वाहिरी वातावरणमा देखाउँदा वीर्यको निषेचनको लागी आवस्यक इन्जाईम नष्ट हुन्छ ।
कृत्रिम गर्भाधान गरिसकेपछि पशुले सेप फ्याँक्यो भने कृषकले सेप संगै वीर्य बाहिर आयो कि भन्ने धारणा छ तर यो गलत धारणा हो किनकि वीर्य पाठेघरमा डिपोजिसन गरेको ५ देखि १० मिनेटमा नै वीर्य डिम्बवाहिनी नली नजिक पुगिसकेको हुन्छ । कृत्रिम गर्भाधान गरेको भोलिपल्ट सेप फ्याँक्यो भने पनि गर्भ रहन सक्दछ । र यदि गाईले कृ.ग. गरेको ३,४ दिनमा बढी मात्रामा रगत फ्याक्यो भने प्रोटिनको कमि भएको हुन सक्दछ ।
प्रजनन दर उच्च हुनको लागि मुख्यतयः ऋतुकाल पहिचान गर्ने दक्षता, कृत्रिम गर्भाधान कर्ताको क्षमता, पशुको प्रजनन क्षमता र वीर्यको प्रजनन क्षमतामा भर पर्दछ ।
कृत्रिम गर्भाधान गर्ने तथा पाठेघरमा औषधि राख्र्ने बेलामा सुत ओसिलो हुनुहुदैन, निर्मलिकरण गरेको कपडा वा कटनले पुछेर अनिवार्य रुपमा सुख्खा बनाउनु पर्दछ ।
©लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा