कुखुराले पिउने पानिको अम्लियकरण गर्नुको महत्व
परिचय:- पशुपन्क्षिको लागि सबैभन्दा महत्वपूर्ण पोषक तत्व हो – पानि । कुखुराले दाना भन्दा पानि बढी खाने गर्दछ । शरीरको लगभग सबै जैविक प्रक्रिया र प्राणालीको लागि पानि नभई हुँदैन । पाचन नलीमा दाना एवं पोषक तत्व ढुवानी गर्ने माध्यम पनि पानि नै हो । पन्छीको शरीरको तापक्रम नियन्त्रण गर्ने भूमिका पनि पानिले नै खेल्दछ । साथै शरीरको थुप्रै रासायिनिक प्रक्रियाको अभिन्न तत्व हो – पानि । तर विडम्बना, अरु विभिन्न पोषक तत्वले जस्तो यथोचित ध्यान पाएको हुँदैन पानिले । आधुनिक व्यवसायिक कुखुरापालनमा पन्क्षिलाई जीवाणुको संक्रमणबाट मुक्त राख्नको लागि कुखुराले खाने पानि सकेजति सफा र शुद्द हुनुपर्दछ । पाचन तन्त्रको अवस्था तन्दुरुस्त (हानि नगर्ने कमेन्सल जीवाणु यथोचित मात्रामा हुनुपर्छ) राखी आन्द्राबाट अधिकतम मात्रामा पोषण तत्वको शोषण गर्नको लागि खानेपानि गुणस्तरीय हुनु अत्यावश्यक छ ।
कुखुराको शरीरभित्र हानिकारक जीवाणुको वृद्दि–विकास हुने प्रक्रिया
कुखुराको स्वास्थ्यलाई नकारात्मक असर गर्ने जीवाणु (Harmful microorganism)वृद्दि हुने कुरा निम्न पक्षहरुमा भर पर्दछ
१. वाटर एक्टीभिटी (Water Activity) कुखुराको शरीरभित्र हानिकारक जीवाणु (जस्तै ई. कोलाई, सालमोनेला, क्यापाइलोब्याक्टर आदि) को वृद्दि–विकास हुनको लागि वाटर एक्टीभिटीको ठुलो भूमिका हुन्छ । हानिकारक जीवाणुलाई वाटर एक्टीभिटी मान ९ भन्दा बढी चाहिन्छ ।
२. पि. एच. (P.H.) हानिकारक जीवाणुको वृद्दि–विकासको लागि अर्काे महत्वपूर्ण पक्ष हो – पि. एच. मान । ई. कोलाई, सालमोनेला र क्यापाइलोब्याक्टर जस्ता जीवाणु ४.६ देखि ८ पि. एच. मा बाँच्न सक्छन र पि. एच. मान ७ हुँदा ति जीवाणुको वृद्दि–विकास व्यापक हुन्छ । सामान्यतया, पानीको पि एच ६.८ देखि ८ हुन्छ । तसर्थ सामान्य पानीमा संक्रामक जीवाणु सजिलै वृद्दि–विकास हुने हुन्छ ।
३. तापक्रम (Temperature) त्यस्तै, हानिकारक जीवाणुको वृद्दि–विकासको लागि अर्काे महत्वपूर्ण पाटो हो – तापक्रम । करिब ३७ डिग्री सेन्टीग्रेड तापक्रमको आसपासमा जीवाणुको वृद्दि–विकास अधिकतम हुन्छ । गर्मीयाममा तातिएको पानिमा संक्रामक जीवाणु अधिक मात्रामा हुन्छ । तसर्थ गर्मीयाममा पानि चिस्याउने व्यवस्था गर्नसके संक्रामक जीवाणुको प्रभावलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।
४. पोषण (Nutration) वाटर एक्टीभिटी, पि. एच. र तापक्रम अनुकुल भएको अवस्थामा संक्रामक जिवाणुले दाना र मलबाट आफुलाई चाहिने पोषण ग्रहण गर्दै वृद्दि–विकास हुन्छन ।
कुखुराले खपत गर्ने पानिको गुणस्तर
पानीको नमूना लिएर व्याक्टेरियल मुल्याङ्कन र रासायानिक मुल्याङ्कन गर्न सकिन्छ जसबाट पानीको गुणस्तर कस्तो छ भनी निक्र्याैल गर्न सकिन्छ । रासायनिक मुल्याङ्कन गरेर पानीका विविध लवण तत्वको भार के – कति छ भनेर पत्ता लगाउन सकिन्छ । त्यस्तै माइक्रोवायोलोजी ल्याबमा व्याक्टेरियल मुल्याङ्कन गरेर पानिमा हुने जीवाणुको मात्रा पत्ता लगाउन सकिन्छ । कुखुराले खपत गर्ने पानिको कूल व्याक्टेरियल गन्ती (Total bacterial count) १०० सी. एफ. यू. भन्दा कम र कोलिफर्म गन्ती (Coliform count) ५० सी. एफ. यू. भन्दा कम हुनुपर्छ ।
विभिन्न जैविक अम्लको समिश्रणको प्रयोग गरी पानिको गुणस्तरको नियन्त्रण
सामान्यता पानीमा क्लोरिन, हाइड्रोजन परोक्साईड र पर एसिटिक एसिड आधारित सानिटाईजार प्रयोग गर्ने गरिन्छ जसले पानीमा हुने जीवाणुलाई मार्ने काम गर्दछन । तर पानीमा जैविक पदार्थ (Organic matter) भएको खण्डमा यिनीहरुको प्रभावकारिता न्यून हुन्छ । जैविक अम्लको समिश्रण पानीमा ०.०५ देखि १ प्रतिशतको दरले प्रयोग गर्दा पानीमा हुने ई. कोलाई र सालमोनेला जस्ता जिवाणु ४५ मिनेट भित्रै मर्छन । जैविक अम्लको प्रभावमा न्यूनीकरण भएको पि. एच. र बफर भएको जैविक अम्लको साल्ट यसको कारक तत्व हुन । एकल जैविक अम्ल भन्दा पनि विभिन्न जैविक अम्लको समिश्रण बढी प्रभावकारी हुन्छ । पानीमा मात्र नभएर पानि खाइसकेपछि कुखुराको पाचन नलीमा समेत पुगेर जैविक अम्लले जीवाणुलाई निषेध गर्ने एन्टीमाइक्रोबियल भूमिका खेल्दछ । पानीमा मिसाइने जैविक अम्लले पाचन नलीमा हुने अहित नगर्ने जिवाणु (Commensal microorganism) वृद्दी गराउने भूमिका पनि खेल्दछ । यसरी जविक अम्लले समग्र पाचन स्वास्थ्यलाई सुदृढ गराउने भूमिका खेल्दछ जसले गर्दा शरीरले आन्द्राबाट पोषण तत्वलाई अधिकतम मात्रामा खिचेर लिन सक्छ र पन्छीको समग्र उत्पादनमुलक प्रश्तुति (Productive performance) राम्रो हुन जान्छ ।
पानि सफाई र अम्लियकरण गर्दा ध्यान दिनुपर्ने कुराहरु
पोल्ट्री खोर सरसफाई गर्दा असाध्यै ध्यान दिनुपर्ने कुरा हो – पानि पाईप लाईन भित्रको सफाई । पाईप लाईन भित्र जम्मा परेको जैविक लेउ (Biofilm) र धातुको कडा जमावट (Scale) लाई राम्रोसँग हटाउनु पर्दछ । सामान्य सानिटाईजरले नत Biofilm हटाउन सक्छ नत क्अबभि नै हटाउन सक्छ । स्थिर गरिएको सानिटाईजर र जैविक अम्लको उचित समिश्रण र मात्राले केहि घण्टाभित्र नै तिनलाई पगाल्छ । त्यसपछि पानीको उचित चाप (Pressure) ले पर्याप्त समयसम्म फ्लसिंग (Flushing) गर्नुपर्छ ताकि पग्लिएको Biofilm र Scale ले पूर्णतया निकास पाओस । अन्यथा Biofilm र Scale ले पानि सप्लाई च्यानललाई ब्लक गरेर पानीको बहावलाई नै जाम गरिदिन सक्छ ।
अन्त्यमा
कुखुराले खपत गर्ने पानि अम्लियकरण गर्नाको फाइदाहरु संक्षेपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ
कुखुराले खपत गर्ने पानि अम्लियकरण गर्नाको फाइदाहरु संक्षेपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ
-
चल्लाको जीवनको सुरुवाती अवस्थामा नै चल्लाले खाने पानीको उचित सुद्दिकरण र अम्लीयकारण गर्नाले सुली पातलो (Diarrhea) हुने समस्या न्यूनीकरण गर्न मद्दत पुग्दछ ।
-
पानि अम्लियकरण गर्नाले पाचन नलीमा कमेन्सल (अहित नगर्ने) जिवाणु वृद्दी गराउने भूमिका खेल्दछ ।
-
उचित मात्रामा पानि अम्लियकरण गर्नाले कुखुराको समग्र पाचन स्वास्थ्य सुदृढ बनाउन सहयोग पुग्छ ।
-
पाचन स्वास्थ्य सुदृढ भएपछी दानाबाट प्राप्त हुने पोषण तत्वलाई आन्द्राबाट शरीरले अधिकतम मात्रामा खिचेर लिन सक्छ ।
-
शरीरमा पोषक तत्वको अधिकतम उपभोग भएपछी कुखुराको उत्पादनमुलक प्रश्तुति (Productive performance) राम्रो हुन जान्छ । अतः व्रोइलरबाट अधिकतम मासु, लेयर्सबाट अधिकतम अण्डा र प्यारेन्टबाट अधिकतम चल्ला प्राप्त गर्न सकिन्छ । मानवले खपत गर्ने मासु तथा अण्डाको गुणस्तर राम्रो हुन्छ । साथै खोरमा लगेर पालिने नयाँ चल्लाको गुणस्तर पनि राम्रो हुन्छ ।
-
पोषण अवस्था राम्रो भैसकेपछि रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । रोग–व्यादी लाग्ने समस्या न्यूनीकरण भएर जान्छ ।
-
कुखुरा स्वस्थ्य भएपछी औसधि–उपचारमा हुने खर्च कटौती हुन्छ । फलस्वरूपः अधिक मनाफा लिनसक्ने आधार तयार हुन्छ ।
बजारमा उपलब्ध केही असरदार जैविक अम्लहरु
१.Elimin-8
१.Elimin-8
निर्देशित डोज ०.५ एम. एल. प्रति लिटर पानीमा लगातार
२.H-Plus
निर्देशित डोज पानिको पि. एच. अनुसार
पानीको पि. एच. डोज
८.५ र सो भन्दा माथि ४ देखि ५ एम. एल. प्रति १० लिटर पानिमा लगातार
८ देखि ८.५ ३ देखि ४ एम. एल. प्रति १० लिटर पानिमा लगातार
७ देखि ८ १ देखि २ एम. एल. प्रति १० लिटर पानीमा लगातार
७ भन्दा कम ०.५ देखि १ एम. एल. प्रति १० लिटर पानीमा लगातार
८.५ र सो भन्दा माथि ४ देखि ५ एम. एल. प्रति १० लिटर पानिमा लगातार
८ देखि ८.५ ३ देखि ४ एम. एल. प्रति १० लिटर पानिमा लगातार
७ देखि ८ १ देखि २ एम. एल. प्रति १० लिटर पानीमा लगातार
७ भन्दा कम ०.५ देखि १ एम. एल. प्रति १० लिटर पानीमा लगातार
३.Supracid निर्देशित डोज ः ०.२ एम. एल. प्रति लिटर पानीमा लगातार
फोटो साभार/Photo from: http://poultryshorts.com/Poultry-product/acidifiers/ph-water-acidifiers/