कुखुरालाई कक्सिडियोसिस भएको कसरी पत्ता लगाउने?
बाह्य परिक्षण
-
- खोरभित्र सुलीको निरिक्षण गर्ने र पत्ता लगाउने सुलीमा रगतको रातो रङ छ कि छैन? कक्सिडियोसिस हुँदा सुलीमा रगतको रातो देखिन सक्छ ।
- सुली पूर्ण रातो नदेखिएपनि सुलीसँग मिसिएको रगतको कारणले चकलेटी रंग देखिन सक्छ ।
- रगत नास हुनाको कारणले आन्तरिक एवं बाह्य अंगहरु फिक्का (anemic) देखिन्छ । विशेषत: छातीको मासुमा अधिक सेतोपना देखिन सक्छ ।
पोस्टमार्टम
- सिका (caeca) भनिने ठुलो जुम्ले आन्द्रामा वा सानो आन्द्रा (small intestine) मा वा दुवैमा काटेर हेर्दा रगत देखिन सक्छ ।
माइक्रोसकोपबाट परिक्षण
- आन्द्राको scrapping नमुना लिएर माइक्रोस्कोपमा हेर्दा आइमेरिया नामक प्रोटोजुवाका अण्डाहरु देखिन्छ जसलाई oocyst भनिन्छ ।
फोटोको श्रोतहरु: www.thepoultrysite.com
Madhyapaschim Poultry Diagnosis & Vet Pharma