कुकुरहरुमा मोटोपन : एक व्याप्त समस्या

 

शरीरमा अत्यधिक एडिपोज (बोसो) संचित हुने अवस्थालाइ मोटोपन भनिन्छ ।  जब जनावरको शरीरको वजन भन्दा कम्तिमा २० प्रतिशत भन्दा अधिक हुन्छ, सामान्य रूपमा मोटोपन भनेर परिभाषित गरिन्छ । कुकुरहरुमा अधिक वजन वा मोटोपनले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । कुल् जनसन्ख्याको आधा जनसंख्यामा देखिने यो रोग, कुकुरहरु र बिरालोहरूको सबैभन्दा व्याप्त विकार हो।

कुकुरहरुमा मोटोपना निम्ताउने निम्न कारणहरु हुन्

दैनिक उच्च क्यालोरि भएको खाना सेवन : आहारामा क्यालोरिको रुपमा लिइएको उर्जा भन्दा त्यस उर्जाको खर्चमा (हींडडुल गरेर, खेलेर) कमि भयो भने, त्यसलाइ सकरात्मक उर्जा सन्तुलन (Positive Energy Balance) भनिन्छ । ५ देखि ११ वर्ष उमेरका कुकुरहरुमा उर्जा आवश्यकता कम हुन्छ, त्यसैले जब उच्च क्यालोरि आहार यि कुकुरहरुलाइ खुवाइन्छ, शरिरको तौल बढ्न गइ मोटोपन बढाउँछ । त्यसैगरि घरमा धेरै कुकुरहरुसंग पाल्दा प्रतिश्पर्धाको भावना विकास भइ, आफुलाइ खाना नपुग्ने डरमा भोक नभए पनि धेरै खाने गर्दछन् ।   

व्यायामको कमि: यदि कुकुरले राम्रोसङ्ग खाइरहेको छ तर पर्याप्त शारिरिक व्यायामको कमि छ भने, उर्जा खर्च नहुंदा मोटोपना बढ्छ ।  

कुकुरहरुको प्रजाति/नस्लकेही कुकुर प्रजातिहरू (बग, बीगल, ड्याचन्ड, बक्सर आदि) मा मोटोपन व्याप्त समस्या हो । स्वस्थ वजन बनाई राख्न यिनी प्रजातिको लागि उचित आहारहरु  सिफारिश गरिन्छ।

उमेर:  कुकुरको उमेर व्रिद्धि संगै चयापचय (Metabolism) कम हुन्छ र युवा उमेर जस्तो सक्रिय हुंदैन । तसर्थ यो उमेरमा युवा अवस्थामा दिइएको जस्तो क्यालोरि युक्त खानाले आवश्यक्ता भन्दा धेरै उर्जा संकलन् हुन्छ र मोटोपना बढाउँछ ।  

कुशिङ् डीजिज (Cushing’s Disease): यो रोग लागेमा कुकुरमा खानाप्रति रुचि धेरै हुने र् धेरै खाने हुन्छ जस्ले गर्दा कुकुर मोटाउने र थाक्ने हुन्छ। 

हाइपोथीराइड्रिजम् (Hypothyroidism): हाइपोथीराइड्रिजम् भएको अवस्थामा कुकुरको शरीरमा थाइरोइड हार्मोनको अपर्याप्त स्तर हुन्छ। थाइरोइड हार्मोनले चयापचय र ऊर्जा नियन्त्रण गर्छ। जब चयापचय प्रभावित हुन्छ, कुकुरले धेरै वजन लिन सक्छ।

वन्ध्याकरण : वन्ध्याकरण गरिएका कुकुरहरु पहिलेभन्दा हींड्डूल् कम गर्ने र शरिरलाइ थोरै मात्रामा क्यालोरि चाहिने भएकोले पुर्ण आहारा दिंदा मोटोपना आउन सक्छ ।  

मोटोपनाको प्रभाव

अत्यधिक बोसोले कुकुरको स्वास्थ्य एवं दिर्घपनमा असर पार्दछ । यसको कारणले मधुमेह, ओस्टियोआर्थराइटिस, उच्च रक्तचाप, कम प्रतिरक्षा प्रणाली, सबै प्रकारका क्यान्सर, हृदय रोगको शिकार बन्दछ । 

मोटोपना हुन नदिने उपायहरु

  • आहार: दैनिक आहारको निगरानि । कुकुरले खाने आहारमा पोशक तत्वको सन्तुलन तर क्यालोरि कम हुनुपर्दछ् । 
  • अभ्यास: कुकुरलाइनियमित व्यायाम (स्विमिंग, हिड्ने, आदि) आवश्यक हुन्छ । नियमित व्यायामले क्यालोरी जलाउने सहयोगको साथमा, श्वास तथा रक्तिय प्रणालीको उचित संचार, पाचनमा विकास, मांसपेसिलाइ तन्द्रुस्त राख्न, र कोशिकाहरुमा ओक्सीजन पुर्याउन मद्दत गर्दछ।
  • निर्धारित आहार, व्यायाम र कुनै पनि परिवर्तनको लागि पशु चिकित्सक वा प्राविधिकसंग परामर्श गर्नुपर्दछ् ।  

मोटोपन भएका कुकुरहरुमा क्यान्सर, मधुमेह, हृदय रोग र उच्च रक्तचाप, ढाडको समस्या र अन्य स्वास्थ्य समस्याहरूको विकासको खतरा बढेको छ। त्यसैले आफुले पाल्ने कुकुरहरुको आहारा र शारिरिक व्यायाममा ख्याल राखि यो समस्याको निराकरण गरिनुपर्दछ ।