बास्तबिक थारोपनको अवस्थामा पशु ऋतुकालमा आउदैन र प्रजनन प्रणालीको परीक्षण गर्दा उमेर अनुसार प्रजनन अंगहरुको विकास भएको हुदैन, डिम्वाशयहरु नरम हुन्छन् र करपस ल्युटियम पाइदैन ।

१. फ्रि मार्टिन (Free Martinism): यो प्रजनन् सम्वन्धि वंशाणुगत कारणबाट हुने बाँझोपन हो । यदि बाच्छा र बाच्छी जुम्लिहा जन्मेमा प्रायः बाच्छीमा बाँझोपन हुन्छ र यस्ता बाच्छीलाई फ्रि मार्टिन भनिन्छ । यसमा योनीको लम्वाई सामान्य अवस्थाको तुलनामा एक तिहाई मात्र हुन्छ । प्राय यस्ता पशुहरुमा पाठेघर र डिम्वाशय हुदैन । यो अवस्थाको कुनै उपचार छैन । तर कतिपय अवस्थामा योनी नलीको मुख नखुलेको वा मलद्धार नखुलेको भए सर्जिकल पद्धतिबाट उपचार गर्न सकिन्छ ।

३. फोलिक्युलर सिस्ट (Folicular Cyst, Cystic follicles, Nymphomania, Bulling): यो अवस्थामा गाई, भैसीले आफ्नो बानी÷स्वभावमा परिवर्तन देखाउँछन् । शुरुको अवस्थामा सामान्य भन्दा अस्वभाविक रुपमा कराउने, उत्तेजित हुने, शुरुको अवस्थामा अर्को पशुमा उक्लन खोज्ने जस्ता भाले पशुले देखाउने लक्षणहरु देखाउन सक्छ । गाई, भैसीहरु बारम्बार ऋतुकालमा (हिटमा) आई रहने वा ऋतुकालमा आउँदै नआउने लक्षण यो अवस्थामा देखिन्छ । शुरुको ४—५ महिनासम्म १०—१२ दिनको अन्तरमा ऋतुकालमा आएको लक्षण देखाउछ भने त्यसपछि ऋतुकालमा नआउने हुन्छ । ४—५ महिना पछि गर्भिणी पशुको जस्तो सुत (Valva) र पेल्भिक लिगामेन्टहरु खुकुलो (Relaxation of large pelvic ligaments) हुन गईको पुच्छरको फेद÷डाँख्लो (Head) अलि माथि उठेको देखिन्छ । योनिबाट सेप (म्यूक्स) निस्कन्छ र योनिको परत बाक्लो हुन्छ ।

निदान (Diagnosis):

  • यो अबस्थाको निदान पशुको स्वभावमा देखिएको परिवर्तनहरुको अध्ययन गरेर गर्न सकिन्छ ।
  • ऋतुकालको लक्षण लामो समयसम्म देखा पर्दछ ।
  • दुई ऋतुकाल वीचको समय अवधि कम हुन्छ र सुत सुनिएको हुन्छ ।
  • पशुको डिम्वाशयको परीक्षण गर्नु निदानको उपयुक्त तरीका हो । यसमा कर्पस ल्युटियम (CL)  हुदैन, यदि कर्पस ल्युटियम (CL)  भएमा त्यो फोलिक्युलर सिष्ट होईन । यसमा विकसित फोलिकलमा सिष्ट बन्दछ । यसको व्यास २–५ से.मी. भन्दा बढी हुन्छ । यस्तो अवस्थामा डिम्बाशयबाट डिम्ब निस्कासन हुदैन ।
  • अल्ट्रासाउण्ड (Ultrasound Technology)  बाट फोलिक्युलर तथा  ल्युटियल सिस्ट सजिलै पत्ता लगाउन सकिन्छ ।

उपचार (Treatment):

  • सिष्टलाई हातले फुटाएरः  यो सबैभन्दा पुरानो र कम सर्चिलो उपचार विधि हो । हातले फुटाउने विधिमा बढी जोखिम हुने हुँदा त्यति हाल प्रयोगमा छैन । हातले फुटाउदा औलाको बीच (Finger pads)  मा डिम्बाशयको सिस्टलाई राखी हल्का चाप (Pressure) दिनुपर्दछ । सिस्टको आधा भाग थिचेर फुटाउने हो तर धेरै बल प्रयोग गर्नु हुदैन । सिस्टको परत बाक्लो भए सियो (Cyst Injecter) ले घोचेर फुटाउन सकिन्छ तर यसको लागी दक्षताको आवस्यकता पर्दछ । सिष्टलाई फुटाइसके पछि रगत बग्नबाट रोक्न केही समय डिम्बाशयलाई हल्का रुपमा औलाले च्यापेर राखिराख्नु पर्दछ । सियो (Cyst Injecter)  ले घोचेर फुटाई GnRH को सुई दिईसकेपछि पशु २ देखि ३ दिनमा ऋतुकालमा आउँछ, त्यसवेला कृत्रिम गर्भाधान गराउन सकिन्छ । यदि गल्ती निदानका कारण कर्पस ल्युटियम (CL) लाई फुटाएमा रक्तश्राव (Haemorrage) बढी हुन जान्छ ।
  • फोलिक्युलर सिस्टलाई हटाउने औषधि प्रयोग गरेरः औषधिको रुपमा GnRH वा LH-releasing  दिन सकिन्छ । GnRH समुहका औषधिहरु जऋन् hCG (Human Chorioallantoic Gonadotropin)  समुहभन्दा बढी प्रभावकारी छन् भने प्रिगनेन्ट मेयर सिरम (PMSG)  प्रभावकारी हुदैन ।
  • GnRH (Receptal/Fratazyl/Gynrich) @ 5-10ml IM/ 100-200 microgram IM or
  • hCG (Chorulan) @ 1500-3000 IU, IM
  • भिटामिन ए को सुई दिने ।

३. डिम्बाशयमा कर्पश ल्युटियमको सिस्ट बन्ने (Luteal Cyst): कर्पस ल्यूटियम बनेको स्थानमा कहिले काँही प्रोजेस्टेरोन हर्मोन बढी भएको कारणले सिस्ट बन्दछ । जसले गर्दा पनि गाई, भैसीमा प्रजनन् सम्बन्धि समस्या देखा पर्दछ ।

लक्षण (Clinical Findings): यस्तो अवस्थामा पशु ऋतुकालमा आउदैन ।

निदान (Diagnosis): पशुको डिम्वाशयको परीक्षण गर्नु निदानको उपयुक्त तरीका हो । डिम्बाशयमा ल्युटियमको सिस्ट बन्दछ, । ल्युटियमको सिस्टमा ल्युटियम कोषको तह (Lining of luteal tissue) हुने भएकोले सिस्टको परत विकसित फोलिकुलर सिष्टमा भन्दा बढी बाक्लो हुन्छ । यसमा कर्पस ल्युटियम ९ऋी० हुन पनि सक्छ ।

उपचार (Treatment):

  • सिष्टलाई हातले फुटाएरः सिष्टलाई दक्ष पशु चिकित्सकले हातले फुटाएर पनि उपचार गर्न सक्दछन् । हातले फुटाउने विधिमा बढी जोखिम हुने हुँदा हाल त्यति प्रयोगमा छैन । यसमा बढि रक्तश्राव (Lining of luteal tissue)  हुन्छ र चाप (Pressure)  पनि बढी दिनु पर्ने हुन्छ । त्यसैले यसमा फोलिकुलर सिष्टमा भन्दा बढी सावधानी अपनाउनु पर्दछ ।
  • सिस्टलाई हटाउने औषधि प्रयोग गरेरः कर्पस ल्युटिमलाई हटाउने औषधि प्रोस्टाग्लान्डिनको प्रयोगले पनि उपचार गर्न सकिन्छ । प्रोस्टाग्लान्डिनको प्रयोग गरेको ७ दिन पछि जि.यन.आर.यच. =-GnRH) हर्मोन (५–१० यम.एल.) प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ ।
  • Prostaglandin/Dinoprost (Lutalyse, Prosolvin, Illerin) @25-30 mg IM or
  • Estrumate @ 500 microgram IM
  • एक हप्ता पछि फेरी GnRH हर्मोन दिने ।

४. सिस्टिक कर्पश ल्युटियम (Cystic CL): कहिलेकाही डिम्बोत्सर्ग भैसकेपछि बनेको कर्पस ल्युटियमको बीचमा सिस्ट बन्दछ जसले गर्दा वास्तविक कर्पस ल्युटियमको आकार सानो हुन जान्छ र प्रोजेस्टेरोन हार्मोनको उत्पादन कम हुन गई सानैमा भ्रुण मर्छ र पशु उल्टिन्छ यस्तो अवस्थालाई सिस्टिक कर्पश ल्युटियम भनिन्छ ।

कारणहरु (Etiology and Pathogenesis):  यो समस्या प्रोजेस्टेरोन हार्मोनको उत्पादन कम भएमा हुन्छ । यसले गर्दा सानैमा भ्रुण मर्ने (Eearly Emryonic Death) हुन्छ ।

लक्षण (Clinical Findings):यसमा ऋतुचक्रमा नै नआउने वा ऋतुचक्र सामान्य अवस्थाको भन्दा कम समयको हुन्छ । कर्पस सिस्टीक हुन्छ ।

निदान  (Diagnosis): पशुको डिम्वाशयको परीक्षण गर्नु निदानको उपयुक्त तरीका हो । यो अवस्थामा डिम्बाशयलाई छाम्दा कर्पश ल्युटियमको टाउको (Head) मा चिप्लो तालु जस्तो अनुभव गर्न सकिन्छ ।

उपचार (Treatment):

  • सिष्टलाई हातले फुटाएरः  यो सबैभन्दा पुरानो र कम खर्चिलो उपचार विधि हो । हातले फुटाउने विधिमा बढी जोखिम हुन्छ । कृत्रिम गर्भाधान वा प्राकृतिक गर्भाधान गरेको ५ देखि ७ दिन भित्र डिम्बाशयलाई जाँच गरी कर्पश ल्युटियमको बीचमा रहेको सिस्टलाई हातले फुटाउनु पर्दछ । फुटाउदा औलाको बीच (Finger pads) मा डिम्बाशयलाई राखी हल्का चाप (Pressure) दिनुपर्दछ । सिस्टको आधा भाग थिचेर फुटाउने हो तर धेरै बल प्रयोग गर्नु हुदैन ।
  • सिस्टलाई हटाउने औषधि प्रयोग गरेरः कर्पस ल्युटिमलाई हटाउने औषधि प्रोस्टाग्लान्डिनको प्रयोगले पनि उपचार गर्न सकिन्छ । प्रोस्टाग्लान्डिनको प्रयोग गरेको ७ दिन पछि जि.यन.आर.यच.  (GnRH) हर्मोन (५–१० यम.एल.) प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ
  • Prostaglandin/Dinoprost (Lutalyse, Prosolvin, Illerin) @25-30 mg IM

५. डिम्बाशयमा बनेको कर्पस ल्यूटियम नसुक्ने (Persistant CL/PCL): डिम्बाशयमा साधारण फिजियोलोजिकल प्रकृया (ल्युटियल फेज वा गर्भधारणको अवस्थामा) मा कर्पस ल्युटियम भईरहन्छ तर अरु अवस्थामा पनि हुनु परसिस्टेन्ट कर्पस ल्युटियम हो । गर्भ नरहेको अवस्थामा डिम्बोत्सर्ग भएको  १६ औं दिन देखि कर्पस ल्युटियम सुक्न (Luteolysis) थाल्दछ र डिम्बाशयमा फेरी अर्को डिम्बको विकासको साथ साथै फोलिकलको विकास हुन थाल्दछ र गाई फेरी २१ दिन मा ऋतुकालमा आउँदछ । तर कर्पस ल्युटियम नसुक्नाले गाई फेरी ऋतुकालमा नआउने समस्या हुन्छ । यस अवस्थालाई डिम्बाशयमा बनेको कर्पस ल्यूटियम नसुक्ने (Persistant CL) भनिन्छ ।

कारणहरु (Etiology and Pathogenesis): ऋतुचक्रको १६ औं दिन पछि यूटेराईन मेम्ब्रेनले प्रोस्टाग्लान्डिन (Prostaglandin) उत्पादन गरेपछि मात्र डिम्बाशयमा कर्पस ल्यूटियम सुक्दै जान्छ । तर कुनै कारणबस पाठेघर सम्वन्धि समस्या जस्तै ममिफिकेसन, पाठेघरको संक्रमण, पाठेघरमा पीप भएमा वा हर्मोनको कारणले डिम्बाशयमा बनेको कर्पस ल्युटियम नसुक्ने (Persistant CL)  हुन्छ  ।

उपचार (Treatment):

  1. हातले फुटाएरः यो सबैभन्दा पुरानो र कम सर्चिलो उपचार विधि हो । हातले फुटाउने विधिमा बढी जोखिम हुने हुँदा हाल त्यति प्रयोगमा छैन । हातले फुटाउदा औलाको बीच (Finger pads) मा डिम्बाशयलाई राखी हल्का चाप (Pressure) दिनुपर्दछ । यसको लागी दक्षताको आवस्यकता पर्दछ । कर्पश ल्युटियमलाई फुटाइसकेपछि रगत बग्नबाट रोक्न केही समय डिम्बाशयलाई हल्का रुपमा औलाले च्यापेर राखिराख्नु पर्दछ । फोलिक्युलर सिस्टमा भन्दा यसमा बढी रगत बग्न सक्छ ।
  2. कर्पस ल्युटियम हटाउन सक्ने औषधि प्रयोग गरेरः औषधि दक्ष पशु चिकित्सक वा प्राविधिकको सल्लाह अनुसार दिनु पर्दछ ।
  • Prostaglandin (Lutalyse, Prosolvin, Illerin) @25-30 mg IM or
  • Estrumate @ 500 microgram IM or
  • Dinoprost @12-15 mg IM or
  • Cloprostenal @500 microgram IM
  • 2.5%Lugols Iodine @ 10-20 ml I/U= Lugols/Povidine Iodine द्धारा पाठेघरमा ईन्फूजन गर्दा उक्त घोल (सोलुसन) ले अस्थायी रुपमा पाठेघर (Uterine Menbrane) को सुजन बनाई प्रोस्टाग्लान्डिन उत्पादन गराउँदछ ।

६. डर्मोआईड सिस्ट (Dermoid Cyst): यो समस्या प्रायः कोरलीमा बढी हुन्छ र डिम्बाशय निस्कृय अवस्थामा रहन्छ । यो अवस्थामा डिम्बाशयलाई छालामा पाईने कोष (Dermal Cell) ले छोपेको हुन्छ, कहिलेकाही रौ पनि फेला पर्दछ र मलद्धारबाट डिम्वाशय परीक्षण गर्दा डिम्वाशय ठूलो र मासुले भरिएको जस्तो लाग्दछ । पशुको सुत वरिपरिका रौं लामा लामा हुन्छन् । यसको उपचार प्राय असम्भव छ । हर्मोन दिएर वा फुटाएर पनि राम्रो काम गर्दैन । 

©लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा