कृत्रिम गर्भाधानको गर्भाधान दरलाई असर पार्ने अर्को महत्वपूर्ण पक्ष कृत्रिम गर्भाधान गर्ने समय हो । ऋतुचक्रको अबधि लामो हुने भए पनि डिम्बोत्सर्ग (Ovulation)  हुने समय र गाई/भैसीको प्रजनन् अंगमा वीर्य बाच्ने तथा डिम्बोत्सर्ग भएपछि डिम्ब बाँच्ने समयलाई ध्यानमा राखी कृत्रिम गर्भाधान गरेमा मात्र गर्भ रहन्छ । कृत्रिम गर्भाधानको समय निर्धारण गर्दा बिचार पु¥याउनु पर्ने पक्षहरु निम्नानुसार छन ।

ऋतुकाल शुरु भएको ३० घण्टा वरपर डिम्वोत्सर्ग हुने र उत्सर्ग भएपछि डिम्व ६ देखि ८ घण्टा बाच्ने तथा कृत्रिम गर्भाधानमा प्रयोग भएको वीर्यका शुक्रकीटहरु पोथीको प्रजनन् अंगमा १६ देखि १८ घण्टा बाच्ने भएकोले ती दुबैको सम्पर्क भई निषेचन हुन ऋतुकाल शुरु भएको छिटोमा १२ घण्टापछि कृत्रिम गर्भाधान गर्न सकिन्छ भने ढिलोमा ऋतुकालको अन्त्यसम्म कृत्रिम गर्भाधान गर्न सकिन्छ तर ऋतुकाल को बीच समयमा पोथी पशुले भाले लाग्न वा कृत्रिम गर्भाधान गर्न दिने, तर ऋतुकाल सकिदै गएमा पशुले भाले लाग्न नदिने भएकोले निषेचन हुन शुक्रकीट पोथीको प्रजनन् अंगमा निषेचन पूर्व क्यापासिटेशन (Capacitation) को लागी ३—६ घण्टा रहनुपर्ने भएकोले कृत्रिम गर्भाधान गर्न हुने सजिलो तथा गर्भ रहने दर बढाउन ऋतुकाल शुरु भएको १२ देखि २० घण्टा भित्रको समयलाई कृत्रिम गर्भाधानको लागि उपयुक्त समय मानिन्छ ।

@ नेपालमा गरिएको एक अनुशन्धानले गाईमा ऋतुकाल शुरु भएको १२—१५ घण्टामा कृत्रिम गर्भाधान गराउँदा गर्भ रहने दर ३१=५२%, १६—१९ घण्टामा कृत्रिम गर्भाधान गराउँदा गर्भ रहने दर ५८=९६% र २०—२२ घण्टामा कृत्रिम गर्भाधान गराउँदा गर्भ रहने दर ४८=००% रहेको देखाएको छ (Mahato, S.N. 2013).

@ राम्रो र छोटो प्रतिकृया समय (Reaction Time) भएको रागो÷साढेंबाट संकलन गरिएको वीर्यको प्रयोगबाट जन्मेको क्रस (F1) पाडी÷बाच्छीमा ऋतुकालको राम्रो र स्पष्ट लक्षण देखिन्छ ।

@ ऋतुचक्रको समय पशुहरु पिच्छे फरक–फरक पर्दछ तर कोरलीमा भन्दा माउ गाईहरुमा १–३ दिन लामो ऋतुचक्र हुन्छ ।

@ विषेश गरी भैंसीहरुमा गर्मीको समयमा जाडोमा भन्दा ऋतुकालको समय छोटो हुन्छ ।

@ भैंसीहरुमा सुख्खा र खैरो छाला (Dry & Pale Color) कालो, चिल्लो (Shining) छाला भएको अवस्थामा छिटो र सजिलै गर्भाधारण गर्दछन् ।

लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा