अण्डा उत्पादन घट्ने कारणहरु
क. गैर-संक्रामक कारण
१. पोथी बुढी हुनु
२. आहाराको पोषण सन्तुलित नहुनु
३. प्रकाश अवधि वा/र चमक कम हुनु
४. पोथीले मोल्टिंग (प्वाँख फेर्ने अवस्था) गर्नु
५. आहारामा पोषक तत्वको कमि हुनु
- नुनको कमि
- सोडियमको कमि
- क्लोरिनको कमि
- क्याल्सियमको कमि
- प्रोटिनको कमि
- फ्याटको कमि
६. आहारमा अधिक पोषक तत्वको कारण विषाक्तता हुनु
- अधिक नुन
- अधिक फस्फोरस
- अधिक भिटामिन डि
- अधिक माइकोटकसिन (ढुसीजन्य विषाक्तता)
- बोटुलिजम (क्लोसट्रीडियम जीवाणु द्वारा उत्पादित बोटुलिन तत्वको विषाक्तता)
- सल्फा समूहको एन्टीवायोटिक औसधिको विषाक्तता
- अन्य विषालु तत्वको सेवन
७. फुल पार्ने कुखुराको दानामा कक्सीडियोस्टाट वा एन्टीकक्सीडियलको प्रयोग
- मोनेनसिन
- निकारबेजिन
८. व्यवस्थापकीय त्रुटी
- दाना कम दिनु
- पानिको कमि हुनु
- तनाव र अचानक परिवर्तित अवस्था (व्यवस्थापकीय, वातावरणीय, पोषणजन्य आदि)
- खोरभित्र उच्च तापक्रम हुनु
ख. संक्रामक कारण
१. बाह्य परजीवी
- नर्दन फल माईट
- जुम्रा
- उपिया
२. आन्तरिक परजीवी
- गोलो जुका
- फित्ते जुका
- कक्सीडियोसिस
३. जीवाणु (ब्याक्टेरिया) को संक्रमण
- माइकोप्लाज्मा गेलीसेप्टीकम (सि.आर.डी)
- फल कोलेरा
- कोराइजा
- साल्मोनेलोसिस
- कोलिव्यासिलोसिस
४. विषाणु (भाईरस) को संक्रमण
- रानीखेत
- इन्फेक्सियस ब्रोङ्काईटिस्
- एभियन इन्फ्लुन्जा (बर्ड फ्लु)
- सडेन ड्रप सिन्ड्रोम
- एभियन इन्सिफालोमाइलिटिस
डा. विवेक बन्धु रेग्मी
कंशलटेन्ट भेटः मध्यपश्चिम पोल्ट्री डायग्नोसिस एण्ड भेट फर्मा, तुलसीपुर, दाङ
प्राविधिक निर्देशकः हाइजिन एग्रो प्रा लि, घोराही, दाङ