Antimicrobial प्रतिरोध न्यूनीकरणका लागि खोप प्रयोग, एक प्रभावशाली उपाए

 

परिचय: विश्वव्यापी रुपमा, मानव एवं पशु अस्वस्थता र मृत्युको प्रमुख कारणहरु संक्रात्मक रोगहरु हुन्। संक्रमित रोगी जीवलाई उपचारको लागी धेरै वर्ष यता एन्टिबायोटिक्स (Antibiotics) प्रयोग गरिंदै आएको छ । यद्धपि, विश्वभरिका धेरै घातक संक्रामक रोगहरुको उन्मूलनका साथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि खोप प्रयोगले योगदान दिएको छ । खोप र एंटीबायोटिक्सको प्रयोगले मानिस र पशु दुवैको स्वास्थ्य सुधारलाइ योगदान दिंदै दीर्घपन बढाएका छन्।

 

Antimicrobial प्रतिरोध (Antimicrobial Resistance/AMR): 

विश्वको सबै भागहरूमा पत्ता लागेको एन्टीमिक्रोबियल प्रतिरोध (AMR),  आज विश्व स्वास्थ्यको लागि सबैभन्दा ठूलो चुनौती हो, र यो समस्या बढ्दो छ। आकस्मिक नयाँ प्रतिरोध तंत्र हाम्रो संक्रामक रोगहरूको उपचार गर्ने क्षमतालाई धम्की दिइरहेका छन्, जसको परिणाम स्वरूप बिरामी, अक्षमता र मृत्यु बढेका छन्। एन्टीमिक्रोबियल प्रतिरोध एक प्राकृतिक घटना भएता पनि एन्टीमिक्रोबियल औसधिहरुको दुरुपयोग, संक्रमणको रोकथाम र नियंत्रणको लागि अनुपयुक्त वा अपरिवर्तनीय कार्यक्रमहरु, कम गुणस्तरका औसधिको प्रयोग, कमजोर प्रयोगशाला क्षमता, अपर्याप्त निगरानी, एन्टीमिक्रोबियल औसधिहरुको उपयोगको अपर्याप्त विनियमन (प्रेसक्रिप्सन गर्ने अभ्यास; एन्टीमिक्रोबियल औषधि सजिलै उपलब्ध हुने देशहरुमा डाक्टरको निगरानी बिना नै आत्म सेवन,  कृषि र पशु क्षेत्रमा अनाधिकृत प्रयोग, आदि) र जनचेतनाको कमिले, यसलाई फैलाउने काम गरिरहेका छन्। एन्टीमिक्रोबियल औषधिको अनुचित प्रयोग (कम या धेरै मात्रा) ले प्रतिरोधी सूक्ष्मजीवहरुलाइ बढवा दिन्छ। एक अध्ययन अनुसार एन्टीमिक्रोबियल औषधि प्रतिको प्रतिरोधले वार्षिक ७ लाख जनाको मृत्यु हुँदै आएको र सन् २०५० सम्ममा यहि निरन्तरता भए १ करोड सम्म बढ्न सक्छ। त्यसैले, धेरै विश्वव्यापी रोगहरुको बोझ विकासशील विश्व अझ भनौं श्रोतको कमि भएका देशलाई पर्छ।

जनावरहरूबाट मानवहरूलाई एंटीबायोटिक प्रतिरोधको प्रवाह:

पशु चिकित्सामा एंटीबायोटिक्स प्रयोगले AMR फैलनामा अर्थपूर्ण प्रभाव पार्दछ। विश्वव्यापी रूपमा मानवमा प्रयोग गरिएका सबै एंटीबायोटिक्सको लगभग ७० प्रतिशत औसधिहरु पशु उपचारमा प्रयोग गरिन्छ । एंटीबायोटिक्सलाइ सामान्य संक्रामक रोगहरु विरुद्ध उपचार तथा रोग प्रतिरोधका साथै जनावरहरुमा शारीरिक विकासको लागि प्रयोग गरिन्छ। साथै, दानामा मिसाई औषधिहरूको हप्तौ/वर्षौ सम्म प्रयोग गरिंदा प्रतिरोधका लागि महत्वपूर्ण कारक बनेको छ। जनावरहरूबाट मानवमा फैलिएका S. enterica, Campylobacter jejuni, Staphylococcus aureus, Clostridium defficile, Enterococcus sps., आदि जस्ता बहु-औषधीय प्रतिरोधी जीवाणुहरु बारे हामि सर्वज्ञाती छौँ।

Carbanepem प्रति Klebsiella pneumoniae (साधारण आन्द्रिय जीवाणु) को प्रतिरोध, पिसाव प्रणाली संक्रमणको उपचारको लागि प्रयोग गरिने Fluoroquinolone प्रति E. coli को प्रतिरोध, Colistin प्रति Enterobacteriaceae को प्रतिरोध, बहु-औसधि प्रतिरोधी क्षयरोग (MDR-TB), आदि सम्बोधन गरिनु पर्ने केहि उल्लेखनीय समस्याहरू हुन्।

तसर्थ antimicrobial लाइ उपचारमा प्रयोग गरिने संक्रात्मक रोगहरु विरुद्ध खोपको प्रवर्धन र एन्टीमिक्रोबियल औसधिहरुको व्यावहारिक प्रयोगको प्रवर्धन, एन्टीमिक्रोबियल औसधिहरुको अत्यधिक प्रयोगको कम गर्न प्रभावी रणनीतिहरु यी हुन् सक्छन।

 AMR कम गर्नको लागी खोपको प्रयोग:

संक्रात्मक रोगहरु विरुद्ध रक्षा गर्न खोप प्रयोगले कृत्रिम प्रतिरक्षा क्षमता स्थापन गराउदछ। संक्रमणबाट हुने अस्वस्थतालाइ रोक्न खोपले काम गर्दछ। एंटीबायोटिक प्रतिरोधी संक्रमणहरूको उपचार गर्न अधिक कठिन हुने भएकोले, खोप प्रयोगले एंटीबायोटिक प्रतिरोधको फैलावटलाई सीमित गर्न मद्दत गर्न सक्छ। मानिसहरु र जनावरहरुलाई संक्रमित हुनबाट रोक्नको लागि खोप एकदमै प्रभावकारी तरिका हो र यसकारण एंटीबायोटिक्सको आवश्यकतालाई रोक्न सकिन्छ। विद्यमान खोपहरुको राम्रो प्रयोगका साथै नयाँ खोपहरुको उत्पादन, एंटीबायोटिक प्रतिरोध नियन्त्रणको लागि महत्वपूर्ण तरीका हो जसले रोग र मृत्युलाइ कम गर्न टेवा पुग्छ। विश्व स्वास्थ्य संगठनका अनुसार Staphylococcus aureus, Klebsiella pneumoniae, प्रति लक्षित गरिएका नयाँ खोपहरुको प्रतिपादनले पशु र मानिसहरुलाई उपचारको लागि अत्यन्तै कठिन हुने रोगहरूको बिरुद्ध संरक्षण गर्न सहज पुग्छ।

जीवाणुबाट लाग्ने रोग (Bacterial diseases) प्रति लक्षित गरिएका खोपहरू धेरै लाभकारी प्रभावहरू हुन सक्छन् किनभने यी खोपद्वारा उत्पन्न भएका प्रतिरक्षाले जीवाणु रोगबाट व्यक्तिहरूमा प्रत्यक्ष सुरक्षा प्रदान गर्दछ; जीवाणुद्वारा रोग लाग्न नदिइ अन्तिमैक्रोबूयल प्रति expose हुन नदिइ अन्त्यमा प्रतिरोध हुन दिदैंन;  मानव तथा पशु समुदायमा जीवाणुहरूको प्रसार रोकी खोप नलगाइएका जीवहरुमा पनि रोग लाग्न दिदैन। खोपको माध्यमबाट विषाणुबाट लाग्ने रोगहरुको रोकथाम गरेर, विषाणु रोग पश्चात लाग्ने जीवाणु रोगहरु विरुद्ध प्रयोग गरिने एंटीबायोटिकको दुरुपयोग र नियन्त्रण गर्न मद्दत पुग्दछ।

खोप विकास, AMRको सम्बोधनको एक अक्सर अधीनित भाग हो। रोग विरुद्द उपचारको तुलनामा खोप प्रयोग, आर्थिक दृष्टिकोणबाट अधिक लागत-प्रभावी समाधान हो। साथै, स्वास्थ्य सेवाको महँगो लागत, बिमारको लामो अवधि, अतिरिक्त परीक्षण र अधिक महँगो औषधिको प्रयोग हुने कारणले प्रतिरोधी संक्रमणसँग सम्बद्ध रोगको न्यूनीकरण, खोप द्वारा गरिएमा लागत प्रभावी हुन आउँछ ।

 निष्कर्ष:

वार्षिक रुपमा मनाइने "विश्व एन्टिबायोटिक प्रतिरोध सचेतना सप्ताह" हामि यो हप्ता (१३ देखि १९ नोभेम्बर सम्म) "स्वास्थ्य सुझाब लिएर मात्र एन्टिबायोटिक प्रयोग गरौँ" भन्ने नाराका साथ मनाइरहेका छौं ।  व्यापारको वैश्वीकरणको कारणले गर्दा रोग र AMR फैलिने सम्भावना बढ्न सक्छ। AMR, सबै समाजलाई असर गर्ने एक जटिल समस्या हो । धेरै अन्तरक्रियाशील कारकहरूद्वारा संचालित हुने भएकोले AMR न्यूनीकरणका लागि एकल अथवा अलग प्रयासले यसमाथि प्रभाव कम हुन सक्छ, त्यसैले विभिन्न क्षेत्रको समन्वय आवश्यक हुन्छ। WHO, FAO र OIE ले एन्टीमिक्रोबियल प्रतिरोधको उत्पति तथा फैलावट रोकथामको लागि सर्वोत्तम अभ्यासहरू प्रवर्द्धन गर्न त्रिपुरेय सम्झौतामा (Tripartite Agreement) काम गर्दै छन्।

संक्रमण नियन्त्रण, एन्टीमिक्रोबियलको उचित प्रयोग र नयाँ एन्टीमिक्रोबियल औषधि, खोप तथा निदान उपकरणको अनुसन्धान र विकासमा अधिक लगानीको आवश्यकता देखिन्छ। नयाँ खोपको विकास र उपलब्ध खोपहरूको व्यापक प्रयोग, एन्टीमिक्रोबियल प्रतिरोधको कम गर्नको लागी एक मोहक तरीका हुन सक्छ। जनस्वास्थ्यमा AMRको हानि रोक्न पशु चिकित्सा क्षेत्रमा एन्टीमिक्रोबियल प्रयोग उचित हुनुपर्छ।

Photo From: http://www.emro.who.int/health-topics/antimicrobial-resistance/index.html