उमेर अनुसार प्यारेन्ट (व्रिडर) फार्ममा गर्नपर्ने महत्वपूर्ण व्यवस्थापकीय कामहरु

प्यारेन्ट कुखुरा व्यवस्थापनको हकमा विश्वभर अख्तियार गरिने आम रणनीति भनेको २१ हप्ता उमेर भएपछि पहिलो प्रकाश उत्तेजना गराउने र २५ हप्ता उमेरमा ५ प्रतिशत उत्पादन प्राप्त गर्ने हो। किनभने, यसले गर्दा छिट्टै उचित आकारको अण्डा उत्पादन लिन, उचित संख्यामा चल्ला उत्पादन लिन र गुणस्तरीय चल्ला उत्पादन प्राप्त गर्न महत्वपूर्ण आधारको काम गर्दछ। तथापि, विश्वभर ठाउँ अनुसार स्थानीय वातावरण र अवस्थालाई सम्बोधन गर्न केहि विविध प्रकारका व्यवस्थापकीय रणनीति पनि अख्तियार गर्नुपर्ने हुनसक्छ। प्यारेन्ट कुखुरालाई गर्नुपर्ने व्यवस्थापन सम्बन्धी केहि महत्वपूर्ण कार्यसूची तल वर्णन गरिएको छ।

खोरमा चल्ला आइपुग्नु अगाडी

खोर र सम्पूर्ण भाँडाकुँडा सफाई गरि निसंक्रमण गर्नुपर्ने हुन्छ। चल्ला भित्र्याउन अगावै जैविक सुरक्षाका व्यवस्था चुस्त भए नभएको चेकजाँच गर्ने, चल्ला भित्र्याउन अगाडी नै बुडिंग घर तताउन थाल्ने, तापक्रम र सापेक्षिक आद्रता पनि  चल्ला भित्र्याउन भन्दा २४ घण्टा अगाडी नै स्थिर बनाएर राख्ने, ब्रुडिंग क्षेत्रफलको निर्माण चल्ला आउन अगाडी नै सकाउनु पर्छ। सोत्तर समेत बराबर हुनेगरी ब्रुडिंग क्षेत्रफलको सबैतिर एकनासले छर्ने, सोत्तरलाई न्यानो (२८ देखि ३० डिग्री सेन्टीग्रेड) राख्न पनि चल्ला भित्र्याउन अगाडी नै बुडिंग घर तताउन थाल्नुपर्छ अन्यथा चल्लाले सोत्तरमा टेक्दा खुट्टाबाट चिसो लाग्ने हुन्छ।  दानापानीको भाँडा चल्ला भित्र्याउन अगावै ब्रुडिंग क्षेत्रफलमा राख्नुपर्छ। चल्लालाई बुडिंग कक्षमा छोड्नु अगाडी नै पानि राखिसक्नु पर्छ ताकि चल्लाले तुरुन्त पानि पाओस र ढुवानीको तनाव र डिहाईड्रेशनबाट छुटकारा पाउन। जैविक सुरक्षा चुस्त होस्। संक्रामक जीवाणु तथा विषाणु चल्ला ल्याउनु अगाडी खोरको वातावरणमा नै पनि हुन सक्छन। चल्ला ल्याउनु अगाडीको जैविक सुरक्षा (आवशयक सरसफाई र निसंक्रमण) चल्ला ल्याइसकेपछि भन्दा बढी महत्वपूर्ण हुन्छ।

चल्ला खोरमा आउने वित्तिकै

यकिन होस् कि आवश्यक तापक्रम कायम होस्, भोक जागृत गराउन तथा चल्लालाई सक्रिय बनाउन न्युनतम भेन्टीलेशन ब्रुडिंग कक्षमा पनि कायम राख्नुपर्ने हुन्छ, जसले चल्लालाई ताजा हावाको ग्यारेन्टी गर्दछ र उपयुक्त तापक्रम र आद्रता कायम राख्न समेत सहयोग पुर्याउँछ, साथै दुषित ग्याँस संग्रहित हुनबाट जोगाउँछ। तापक्रम ठिक भए नभएको यकिन गर्न चल्लाको चाल कस्तो छ भनि निगरानी राख्नुपर्ने हुन्छ। ठुलो साइजको नमूना लिएर चल्लाको तौल पनि लिनुपर्छ ताकि यो कुरा यकिन होस् कि ग्राण्ड प्यारेन्ट ह्याचरीबाट उचित साइजको प्यारेन्ट चल्ला आयो कि आएन।

पहिलो हप्ता

उचित ब्रुडिंग व्यवस्थापन गरेर भोक जागृत गराउने, ब्रुडिंग क्षेत्रमा पर्याप्त मात्रामा दानापानीको भाँडा राख्ने, गुणस्तरीय दाना दिने र उचित तापक्रम कायम गर्ने चल्ला भित्र्याएको पहिलो दुई दिन २३ घण्टा प्रकाश र १ घण्टा अँध्यारो कायम गर्ने, ब्रुडिंग क्षेत्रफल भरि प्रकाशको चमक एकनाश हुनुपर्दछ। दानापानिको खपतलाई प्रेरित गर्न सो अवधिमा ब्रुडिंग क्षेत्रमा ८० देखि १०० लक्स प्रकाश दिनुपर्छ। भोक जागृत उपयुक्त ढंगले भए नभएको कुरा गोजेरोको चेकजाँच गरेर थाहा पाउन सकिन्छ। चल्लाको चालको निगरानी गरेर सो बमोजिम ब्रुडिंग घरको वातावरणमा फेरवदल गर्ने।

दोश्रो हप्ता  

लक्षित मानक तौल हाँसिल गर्ने कुरा निकै महत्वपूर्ण हुन्छ। नमुना (स्याम्पल) तौल लिने। न्युनतम १०५ वा २५० चल्ला कुन संख्या कम हुन्छ त्यो संख्याका चल्लाहरुको तौल लिने। जहाँ सम्भव हुन्छ, १० दिन भित्रै स्थिर ८ घण्टाको दिनको प्रकाश मात्र दिने। ओपन हाउस खोरहरुमा दिनको प्रकाश चल्ला भित्र्याउने समय र दिनको उज्यालो हुने अवधिमा भर पर्दछ। नमूना तौल लिँदा जोखिने चल्ला संख्या र वा नमूना तौल लिने कार्य धेरै पटक (२ देखि ३ पटक प्रति हप्ता) गर्नु निकै प्रभावकारी सावित हुन सक्दछ। अघिल्ला लटहरुमा २ हप्तामा लक्षित तौल नआइरहेको अवस्था हो भने दाना खपतलाई अझ उत्प्रेरित गर्न ३ हप्ता (२१ दिनसम्म) प्रकाश अवधि वृद्दि गर्नसकिन्छ ताकि उचित वजन प्राप्त गर्न सकियोस।

४ हप्ता   

४ हप्ताको अन्त्यमा भाले र पोथीलाई छुट्टाछुट्टै ग्रेडिंग गर्ने र तत्पश्चातको ५ हप्तापछि (अर्थात ९ हप्ता उमेरको अन्त्यतिर) सबै ग्रेडका कुखुराहरुले मानक तौल पुग्ने गरि छुट्टाछुट्टै ग्रेडलाई वजन अनुसार छुट्टाछुट्टै दानाको मात्रा निर्धारण गर्ने।

देखि ९ हप्ता 

दानापानीको भाँडा पर्याप्त होस् र दानापानी खाने ठाउँ पर्याप्त होस्। त्यस्तै कुखुरालाई चाहिने क्षेत्रफल पनि पर्याप्त होस्। प्रत्येक हप्ताको तौललाई रेकर्ड गर्ने र निरिक्षण गर्ने, मानक तौलको सक्दो नजिक हुने गरि वथानको वजनलाई नियन्त्रणमा राख्ने। आवश्यकता बमोजिम विभिन्न भाले र पोथीका विभिन्न ग्रेडलाई दिने दाना मात्राको पनि पूनस्मुल्याकन गर्ने (यदि एकरूपता हाँसिल गर्नको लागि नयाँ तौल निर्धारण गरिएको छ भने) यो अवधिको मुख्य उद्देश्य भनेको वथानको अस्तिपंजर प्रणालीको उचित किसिमले अधिकतम एकरुपताका साथ विकास होस् र प्रत्येक ग्रेडको शारीरको वजन नियन्त्रणमा रहोस भन्ने हुनुपर्दछ। 

९ हप्ता 

वथानको विभिन्न ग्रेडको वजनलाई मानक तौल अनुरुप छ कि छैन भनेर पुनः मुल्यांकन गर्ने। समान तौल भएका ग्रेडलाई संयुक्त बनाउन सकिन्छ वा तौलको एकरुपता खराब भएको खण्डमा पुनः ग्रेडिंग  गर्न सकिन्छ। त्यसपछि, भिन्न वथानका कुखुराले उचित किसिमको वजन प्राप्ति गरुन भन्नको लागि नयाँ लक्षित वजन रेखा कोर्न सकिन्छ। वथान जसको वजन मानक भन्दा बढी छ त्यसको लागि र वथान जसको वजन मानक भन्दा कम छ त्यसको लागि नयाँ लक्षित वजन रेखा कोर्नपर्छ ताकि १५ हप्तामा पुगेपछि सम्पूर्ण वथानको अधिकतम एकरुपता सहित वजन मानक तौलको नजिक रहोस।

१० देखि १५ हप्ता

दानापानीको भाँडा पर्याप्त होस् र दानापानी खाने ठाउँ पर्याप्त होस्। त्यस्तै कुखुरालाई चाहिने क्षेत्रफल पनि पर्याप्त होस्। प्रत्येक हप्ताको तौललाई रेकर्ड गर्ने र निरीक्षण गर्ने, मानक तौलको सक्दो नजिक हुने गरी वथानको वजनलाई नियन्त्रणमा राख्ने। आवश्यकता बमोजिम भाले र पोथीका विभिन्न ग्रेडलाई दिने दाना मात्राको पनि पुनर्मुल्याङकन गर्ने (यदि एकरूपता हाँसिल गर्नको लागि नयाँ तौल निर्धारण गरिएको छ भने) यो अवधिको मुख्य उद्देश्य भनेको प्रत्येक ग्रेडको शरीरको वजन नियन्त्रणमा रहोस भन्ने हुनुपर्दछ।

१५ हप्ता

वथानको विभिन्न ग्रेडको वजनलाई मानक तौल अनुरुप छ कि छैन भनेर पुनः मुल्यांकन गर्ने। समान तौल भएका ग्रेडलाई संयुक्त बनाउन सकिन्छ वा तौलको एकरुपता खराब भएको खण्डमा पुनः ग्रेडिंग गर्न सकिन्छ। त्यसपछि, भिन्न वथानका कुखुराले उचित किसिमको वजन प्राप्ति गरुन भन्नको लागि नयाँ लक्षित वजन रेखा कोर्न सकिन्छ। वथान जसको वजन मानक भन्दा बढी छ त्यसको लागि र वथान जसको वजन मानक भन्दा कम छ त्यसको लागि नयाँ लक्षित वजन रेखा कोर्नपर्छ ताकि २१ हप्तामा पुगेपछि सम्पूर्ण वथानको अधिकतम एकरुपता सहित वजन मानक तौलको नजिक रहोस। सेक्सिंग विकृति र गडबडीलाई हटाउने। कुखरालाई एउटा वथान र ग्रेड बाट अर्कोमा सार्ने काम अब बन्द गर्ने।

१६ देखि २३ हप्ता

दानापानीको भाँडा पर्याप्त होस् र दानापानी खाने ठाउँ पर्याप्त होस्। त्यस्तै कुखुरालाई चाहिने क्षेत्रफल पनि पर्याप्त होस्। प्रत्येक हप्ताको तौललाई रेकर्ड गर्ने र निरीक्षण गर्ने, मानक तौलको सक्दो नजिक हुने गरी वथानको वजनलाई नियन्त्रणमा राख्ने। आवश्यकता बमोजिम विभिन्न भाले र पोथीका विभिन्न ग्रेडलाई दिने दाना मात्राको पनि  पुन मुल्याङकन गर्ने (यदि एकरूपता हाँसिल गर्नको लागि नयाँ तौल निर्धारण गरिएको छ भने­) प्रकाशद्वारा उत्तेजना गर्नु अगाडी नै सबै कुखुराको वजन लगभग समान हुनुपर्दछ। यो अवस्था आइपुग्दा समेत वथानको एकरुपता असाध्यै खराब भयो भने अण्डा उत्पादनको समयमा समस्या आउनसक्छ। जस्तै ढिलो उत्पादन सुरु हुनु, जात विशेषलाई तोकिएको पिक उत्पादन हाँसिल नहुनु, भंडार फर्किने र अन्य स्वास्थ्यजन्य समस्या हुनु आदि।

१८ देखि २१ हप्ता

छुटेका सेक्सिंग विकृति र गडबडीलाई हटाउने । पिन हड्डी (Pin bone) बीचको खालि ठाउँ के कति छ ख्याल गर्ने।

२० हप्ता

तौल लिएर एकरुपता प्रतिशतको मान निकाल्ने । साथै यौनिक वयस्कताको अवस्था कस्तो छ रु निरिक्षण गर्ने ताकि प्रकाश उत्तेजना गर्ने समयबारे निर्णय लिन सकियोस । यदि Coefficient of Variation (CV) १०% वा सो भन्दा कम छ (एकरुपता राम्रो भएको) भने गाइड र म्यानुअलमा उल्लेखित प्रकाश तालिकालाई अपनाउने। यदि CV १०% भन्दा बढी छ (एकरुपता खराब भएको) भने उल्लेखित प्रकाश तालिकालाई १ देखि २ हप्ता ढिलो हुने गरी अपनाउने।

२२ देखि २३ हप्ता

पहिलो प्रकाश उत्तेजना गराउने (२१ हप्ता भन्दा अगाडी गर्न हुँदैन­)। साप्ताहिक रुपमा वजन नापिरहने र मुल्यांकन गर्दै जाने।

३ देखि २४ हप्ता

भाले र पोथी मिसाउनेः ठ्याक्कै कुन समय उचित हुन्छ भन्ने कुरा दुईको तुलनात्मक यौनिक वयस्कतामा भर पर्ने हुन्छ। वयस्क नभएका भालेलाई वयस्क पोथीसँग क्रिया गर्न लागाउनु कदापि हुँदैन। भालेहरु पोथी भन्दा बढी अनुपातमा वयस्क भएको अवस्थामा, भालेलाई पोथीको वथानमा विस्तारै (क्रमशः) थोरै थोरै गरेर छोड्नुपर्छ। साप्ताहिक रुपमा वजन नापिरहने र मुल्यांकन गर्दै जाने।

५ हप्ता

२५ हप्ताको अन्त्यसम्म ५% उत्पादन आउनुपर्छ । ५% उत्पादन आउने वित्तिकै अधिक क्याल्सियम भएको व्रिडर दाना खुवाउने।

२४ देखि २८ हप्ता

पहिलो अण्डा उत्पादन सुरु भएदेखि अण्डा उत्पादन बढ्दै जाँदा क्रमशः उत्पादन वृद्दि, अण्डाको तौल र शारीरिक वजनको आधारमा दानाको मात्रा बढाउँदै लैजाने। साप्ताहिक रुपमा वजन नापिरहने र मानक तौल सँगको फरक मुल्यांकन गर्दै जाने।

३१ हप्ता देखि फ्लक हटाउँदासम्म

भालेको नियमित निरिक्षण गर्दै व्यवस्थापन गर्दै जाने। काम नगर्ने पोथीसँग क्रिया नगर्ने हाले हटाउँदै जाने। तोकिए बमोजिम उचित सेक्स अनुपात कायम राख्ने। नियमित रुपमा वजन नापिरहने र मानक तौल सँगको फरक मुल्यांकन गर्दै जाने।

३५ हप्ता देखि फ्लक हटाउँदासम्म

पोथीको लागि पिक उत्पादन भएको ५ हप्तापछि दाना मात्रा घटाउने। प्रायगरी ३६ हप्ता उमेरमा यस्तो अवस्था आउँछ। साप्ताहिक रुपमा दाना खपतको मुल्यांकन गर्ने र दिएपछि दाना खाइसक्ने समय, अण्डा उत्पादन, दैनिक अण्डाको वजन, अण्डा तौल र शारीरिक तौलको आधारमा दाना घटाउन पर्ने हो कि विचार गर्ने।

References

  1. Parent Stock Management Guide, Cobb Vantress
  2. IR Parent Stock management Guide, Aviagen
  3. Ross 308 Parent Stock management Guide, Aviagen
  4. Day wise Management Practices for Parent Stock on Breeder Farm, Dr Rajesh Kumar Singh