सहि र सटिक पोल्ट्री पोषणको लागी एन.आइ.आर. प्रविधि

पोल्ट्री उत्पादनको करिब ७० प्रतिशत जति पूँजी दानामा खर्च हुने हुँदा अहिलेको प्रतिष्पर्धात्मक बजारमा टिकिरहन सटिक पोषण (precision nutrition)  को महत्व बढेर गएको छ। यस परिप्रेक्ष्यमा पोषणविद (nutritionist) हरुले नियर इन्फ्रारेड (छोटकरीमा एन.आई. आर.) स्पेकट्रोस्कोपी (NIR spectroscopy) प्रविधि अंगालेर कुखुराको उमेर (अवस्था र जात विशेषको निश्चित पोषण आवश्यकता (specific nutrient requirement) लाई परिपूर्ति गरी अधिकतम प्रोटिन उत्पादन गर्न टेवा दिन सक्छन।

जाँच पर्तालपछि कुनै पनि खाद्यवस्तुको पोषण गुणत्वबारे तुरुन्तै नतिजा दिनसक्ने एन.आई.आर प्रविधिले दाना उद्योगमा खरिद गरिने कच्चा पदार्थको खरिद प्रक्रिया र निर्माण गरिसकिएको दानाको गुण नियन्त्रण प्रक्रियामा समेत अत्यन्त सहयोगी भूमिका निर्वाह गर्दछ ।

एन आइ आर प्रविधिमा इन्फ्रा रेड प्रकाशको प्रयोग गरेर कच्चा पदार्थ तथा दानाको नमूना (sample) को पोषण तत्व निर्धारण गरिन्छ। एन आइ आर प्रविधि अंगालेका सटिक पोषण कार्यक्रमले छिटो र सजिलो तरिकाबाट पोषण तत्वको निर्धारण गरि कार्यान्वयन योग्य सूचना (Actionable Information) प्रदान गर्दछ जसकारण पोल्ट्री उत्पादकले सम्भावित आर्थिक क्षतिलाई न्यूनीकरण गर्दै उच्चतम लाभ लिन सक्छन। 

एन आइ आर प्रविधिमा भैरहेको निरन्तरको विकासले कच्चा पदार्थ खरिदको प्रक्रिया र दाना फर्मूलेशन (feed formulation) गर्ने प्रक्रियामा विश्वभरको पोल्ट्री उद्योगमा साँच्चै नै एक नवीन तथा आमूल परिवर्तनकारी सोचाई, ढंग तथा मान्यताको स्थापना गर्दै गैरहेको छ । यसै सन्दर्भमा यस लेखमा एन आइ आर प्रविधिले पोल्ट्री उद्योगमा सटिक पोषणलाई कसरि टेवा पुर्याउन सक्दछ भनि ४ वटा महत्वपूर्ण वुदामा छलफल गर्न खोजिएको छ । 

१. कच्चा पदार्थमा एकरुपता नहुनु चुनौतिपूर्ण छ (एन आइ आर प्रविधिले यस कुरालाई सजिलै जाँचेर (बुझेर कुखुराले पर्याप्त पोषण पाउने कुराको ग्यारेन्टी गर्दछ ।


कुखुराको दाना बनाउन प्रयोग गरिने प्रमूख कच्चा पदार्थको फरक(फरक नमूना (sample) मा फरक फरक मान आउन सक्ने हुँदा दाना उत्पादकले सदैव ती अनेकता (variation) को मापन गर्नसक्ने मेसिन वा प्रविधिमा अत्यन्त चाखपूर्व ध्यान दिइरहेका हुन्छन। उदाहरणको लागि, कुनैपनि भटमास पिनाको सरदार कच्चा प्रोटिन मान ४७ प्रतिशत छ तथापि त्यसका विभिन्न नमूनाहरुको मान ४६ प्रतिशत देखि ४८ प्रतिशत सम्म हुनसक्छ। एन आइ आर प्रविधि मार्फत विभिन्न नमूनाहरुको द्रुत पोषण विश्लेषण गर्नसकिने हुनाले पोषणविदहरुलाई कच्चा पदार्थमा हुने अनेकता (variation) को छिटो राम्रो ज्ञान हुनसक्छ, फलतस् सोहि अनुसार उनीहरुले दाना फर्मूलेशनमा तुरुन्त आवश्यक फेरबदल गर्नसक्छन, कच्चा पदार्थको safety margins लाई समायोजन गर्न सक्छन र दाना मिलको कार्यदक्षता (efficiency) लाई monitor गर्न सक्दछन (फर्मूलेशन गरेको डाईट र हुनुपर्ने पोषण मानको तुलना गरेर) । तसर्थ अधिक फर्मूलेशन (over formulation) र न्यून फर्मूलेशन (under formulation) को घटना नगन्य बनेर जान्छ र कुखुराले समुचित पोषण प्राप्त गर्नसक्दछ । 

२. एन आइ आर प्रविधिमा भएको विकासले यसको प्रयोगलाई परम्परागत भन्दा व्यापक बनाएको छ, कच्चा पदार्थ तथा दानाको पोषण तत्वहरुको चित्रण तथा मापनलाई अझ फराकिलो बनाएको छ।


वनस्पतिजन्य कच्चा पदार्थमा फाईटेट भन्ने तत्व हुन्छ, जसले अन्य महत्वपूर्ण पोषण तत्वको पाचन प्रक्रिया अवरुद्ध गर्दछ । कच्चा पदार्थ अनुसार फाईटेटको मात्रा फरक फरक हुन्छ र एन आइ आर प्रविधि मार्फत यी मात्राहरुको सजिलै मापन गर्न सकिन्छ। यसबाट पोषणविदलाई उत्पादकत्व र पशुपन्छी कल्याणमा कुनै असर नपर्ने गरी फाईटेज इन्जाईमको ठिक मात्रा निर्क्यौल गर्न सहयोग पुग्दछ, फाईटेजको अधिक प्रयोग र न्युन प्रयोगको घटना शुन्य प्रायः हुन्छ ।  

एन आइ आर प्रविधिको प्रयोग गरेर अन्नको एपारेन्ट मेटाबोलाइजेबल इनर्जी (AME) पत्ता लगाउन सकिन्छ। जस्तै मकैको AME ३६० किलो क्यालोरी प्रति केजीको दरले फरक पर्ने हुन्छ। यसरी एन आइ आरले पोषणविदलाई मकैको पोषण अनेकता बुझ्न, दाना फर्मूलेशनमा मकैको प्रयोगलाई अधिकतम भन्दा अधिकतम सटिक बनाउन र कच्चा पदार्थको रुपमा आएको मकैको पोषण निरिक्षण गर्न सहयोग गर्दछ ।

एन आइ आर को प्रयोग गरेर दाना उत्पादनको क्रममा तापको कारणले हुनसक्ने प्रोटिन क्षतिको पनि विश्लेषण गर्न सकिन्छ । तापको कारणले लाइसिन नामक एमिनो एसिडले मिलार्ड प्रोडक्ट (Millard Products) उत्पादन गरेर आफ्नो पोषण मान गुमाउँछ। मिलार्ड रियाक्शन प्रक्रियामा नजाने रियाकटिभ लाइसिन (Reactive Lysine) लाई एन आइ आर प्रविधिले मापन गर्नसक्दछ (तापक्रमको कारणले जति धेरै क्षति हुन्छ, रियाकटिभ लाइसिनको मात्रा त्यति नै कम हुन्छ। यद्धपि यो विल्कुल सम्भव छैन कि रियाकटिभ लाइसिन आवश्यकताको आधारमा दाना फर्मूलेशन गरियोस, तथापि कच्चा पदार्थ बिक्रेताको सही छनौट गर्न यसले निकै ठुलो भूमिका निर्वाह गर्न सक्दछ ।

३. पूर्ण डाटा चित्रको अवलोकन


एन आइ आर प्रविधिको एक महत्वपूर्ण सबल पक्ष के हो भने यसको प्रयोगले ठूलो संख्यामा नमूना (sample) हरु छिट्टै र सजिलै मापन गर्नसकिन्छ जसकारण फिड मिलसँग एउटा ठूलो मबतबदबकभ उपलब्ध हुन्छ ( फलस्वरूपस् अधिकतम रुपमा सहि र सटिक निर्णय लिन सहयोग पुग्दछ । लिईएको निर्णयमा आत्मविश्वास हुनुको साथै, कच्चा पदार्थको ठूलो database हुनुले कच्चा पदार्थ बिक्रेताहरुलाइ र कच्चा पदार्थको श्रोतहरुलाई छुट्टा छुट्टै गरि श्रेणीकृत वा वर्गीकृत गर्न सकिन्छ ।

४. एन आइ आर प्रविधिमा हुने नयाँ नयाँ विकासले सदैव दाना उद्योगको लागि नयाँ नयाँ क्षितिज उजागर गर्दै गैरहेको छ जसको मतलब दाना उत्पादकको लागि क्रमिक रुपमा बढी भन्दा बढी आर्थिक उपार्जन हुन जान्छ ।


एन आइ आर प्रविधिको सफ्टवेयर एवं हार्डवेयरमा भैरहेको अत्याधुनिक विकासक्रमले पोषण विदलाई उनीहरुको कच्चा पदार्थको बारेमा गहिरो बुझाई राख्न सहयोग गर्दछ।उदियमान प्रविधि जस्तै centrally maintained on-line calibrations, pay-as-you-use calibrations, portable NIR and affordable in-line NIR installations आदिले एन आइ आर प्रविधिलाई दाना उद्योगमा बढी भन्दा बढी प्रयोगयोग्य र पहुचयोग्य बनाउदै लागेको छ, फलतः दाना उद्योगीहरुले एन आइ आर प्रविधिको अधिकतम उपयोग एवं उपभोग गर्न सकून ।      

अब विस्तारै आम किसान वर्गले पनि सोच्ने बेला आएको छ, के हाम्रो खोरसम्म आइपुग्ने कुखुराको दानाको उत्पादन प्रक्रिया यो अत्याधुनिक एन आइ आर प्रविधि द्वारा नियन्त्रित छ?  किनभने अधिकतम लाभको लागि सटिक पोषण आवश्यक छ र सटिक पोषणको लागि एन आइ आर प्रविधिद्वारा नियन्त्रित दाना उत्पादन प्रक्रिया हो।