कमर्सियल लेयर्स तथा लेयर्स प्यारेन्टको लागि फास्ट मोल्टिंग प्रोग्राम

कमर्सियल लेयर्स तथा लेयर्स प्यारेन्टको लागि फास्ट मोल्टिंग प्रोग्राम

(Fast Molting Protocal for commercial layers and layer breeder stock)


भालेलाई पोथीको बथानबाट छुट्याएर अलग्गै राख्ने र मोल्टिंगमा सहभागी नगराउने

ग्रेडिंग गरेर कमजोर पोथिहरु लाई मोल्टिंग कार्यक्रम अगावै  बथान बाट अलग्गै राख्ने

३ दिन पछि

 जुका विरुद्दको औसधि चलाउने
४ दिन पछि लासोटा भ्याक्सिन दिने
 

वथानबाट लिईएको स्याम्पलको औषत तौल लिन

पहिलो, दोश्रो र तेस्रो दिन

 - पूर्ण प्रकाश दिने (२४ सै घण्टा)

  - पूर्ण दाना (उमेर/अवस्था अनुसार)

- पूर्ण पानि दिने

  - मार्बल गोटी @ ५ ग्राम प्रति पोथी प्रति दिन - टप ड्रेसिङ्ग

चौथो र पाचौँ दिन

- कृत्रिम प्रकाश पूर्णतया बन्द

- सबै दाना हटाउने (दाना पूर्णतया बन्द)

- पूर्ण पानि दिने

- मार्बल गोटी @ ५ ग्राम प्रति पोथी प्रति दिन - टप ड्रेसिङ्ग

६, ७, ८, ९ र १० औँ दिन 

- कृत्रिम प्रकाश पूर्णतया बन्द

- दाना पूर्णतया बन्द

- पूर्ण पानि दिने

- मार्बल गोटी पूर्णतया बन्द

- पानीमा भिटामिन बि-कम्प्लेक्स, मल्टी-भिटामिन  (भिटामिन-ए.डि.इ.सि) र क्याल्सियम

 

वथानबाट लिईएको स्याम्पलको औषत तौल लिने

(तौलमा २५ - ३० % गिरावट आएको हुनुपर्दछ । अन्यथा सो गिरावट नआउँदासम्म माथिको प्रकृया २-३ दिन अझै लम्ब्याउने)

११ देखि २० औं दिन

- कृत्रिम प्रकाश पूर्णतया बन्द

   - ग्रोवर दाना : २७ ग्राम प्रति पोथी प्रति दिन

   - पूर्ण मात्रामा पानि दिने

२१ देखि ३० औं दिन

- कृत्रिम प्रकाश पूर्णतया बन्द

 - ग्रोवर दाना : ५४ ग्राम प्रति पोथी प्रति दिन

- पूर्ण मात्रामा पानि दिने

३१ देखि ४० औं दिन

- कृत्रिम प्रकाश पूर्णतया बन्द

- ग्रोवर दाना : ८१ ग्राम प्रति पोथी प्रति दिन

- पूर्ण मात्रामा पानि दिने

४१ दिनपछि

- कृत्रिम प्रकाश १ घण्टा दिने (त्यसपछि प्रत्येक हप्ता आधा घण्टाको दरले प्रकाश अवधि बढाउदै लैजाने)

- ग्रोवर दाना : १०८ ग्राम प्रति पोथी प्रति दिन (अण्डा देखाउन सुरु गरेपछि लेयर्स दाना दिने)

- पूर्ण मात्रामा पानि दिने                                       

कोरोनाको पहिलो छालको बेला वि.स. २०७७ साल बैसाख महिनामा हाइजिन एग्रो प्रा. लि., घोराही, दाङमा डा. विवेक बन्धु रेग्मीको प्रत्यक्ष निगरानीमा माथि उल्लेखित तरिका बमोजिम एउटा ५१ प्रतिशत दैनिक उत्पादन दिईरहेको प्यारेन्ट फ्लकमा गराइएको मोल्टिंग कार्यक्रमको नतिजा निम्न अनुसार देखियो: -

दाना बन्द गरेपछि अण्डा उत्पादन पूर्णतया बन्द हुन लागेको समय : ७ दिन

दाना बन्द गरेपछि पोथीको तौल साबिक भन्दा २५ प्रतिशत कम हुन लागेको समय : १२ दिन

१३ औँ दिनबाट बिस्तारै दाना दिन थालियो, क्रमिक रुपमा दानाको मात्रा बढाउँदै लगियो; तत्पश्चात (१३ औँ दिनबाट गन्दा) पहिलो अण्डा उत्पादन हुन लागेको समय : ४९ दिन अर्थात मोल्टिंग सुरु भएबाट गन्दा ६१ दिन

अण्डा उत्पादन सुरु भएपछि ५० प्रतिशत दैनिक उत्पादन आउन लागेको समय : ६ हप्ता

मोल्टिंग गरेपश्चात आएको पिक दैनिक उत्पादन : ६५ प्रतिशत

मोल्टिंग (दाना बन्द) गरेको समयमा भएको मृत्युदर : १ प्रतिशत

मोल्टिंग पश्चात दाना दिन सुरु गरेपछि पोथीको तौल साबिकको अवस्थामा पुग्दासम्म भएको मृत्युदर : २.७५ प्रतिशत

मोल्टिंग सुरु गरेपछि पोथीको तौल साबिकको अवस्थामा पुग्दासम्म भएको मृत्युदर : ३.७५ प्रतिशत

धन्यवाद