गाईभैसी पाल्दा भूईमा ओछाउने म्याटको उपयोगिता

गाईभैसीको उत्पादन र उत्पादकत्व बढाउन  गोठ ब्यबस्थापनको महत्वपूर्ण भूमिका रहन्छ । पशुहरु बस्ने ठाऊको भूईको सतह  आरामदाही भएमा मात्र पशु स्वास्थ रहन्छन ।त्यसका लागि  खोर निर्माण गर्दा पशुलाई आरामदाही हुने र सहजै सफा र मलमूत्र ब्यबस्थापन गर्न सकिने गरी निर्माण गर्नु पर्दछ । आधुनीक तरिकाले निर्माण गरिएका सिमेन्टेड कंक्रीट सतहमा बढ़ी तौल भएका पशु राख्दा खुट्टाका जोरनि, मांसपेशी र नशा मा समस्या आउने गरेको पाइन्छ ।यसको साथसाथै पशुहरु चिपलीयर लडी स्थाई रुपमा लंगड़ों हुने, खुट्टा भाचीने र मांसपेशी च्यातीने जोखिम हुन्छ ।  

    गाईभैसी आरामले बसेको सुतेको बेलामा कलचौड़ोंमा रक्तसंचार बृदी हुन्छ तेसैले उच्चतम दूध उत्पादन लिनको लागि दुधालु पशु एक दिनमा कम्तीमा १२ घण्टा  आराम गर्न जरूरी हुन्छ ।अर्को तर्फ गाईभैसी बसेको/सुतेको बेला खुरहरु सुखखा हुने र आराम पाउने हुदा खुरको स्वास्थ राम्रो हुन्छ । गोठको भूईको सतह असहज भएमा पशुहरु उठिरहनछन जसले पशुको समग्र स्वास्थ  र दूध उत्पादन  ह्रास हुदै  जान्छ । रबरबाट बनेका  काउ म्याटहरूको प्रयोग गर्दा विशेष रूपमा गाईवस्तुको सरसफाइमा मद्दत पुग्ने, मल मूत्र सहज रुपमा ब्यबस्थापन गर्न सकिने तथा  गाई भैसीमा  लाग्ने बाथ रोग कम हुने हुदा  यसको लोकप्रियता  नेपाली किसानहरु बीच बढ्दै गईरहेको छ ।किसानहरूले किन्ने काऊ म्याट्हरु  टिकाउ , आरामदायी र  उच्च गुणस्तर को हुनुपर्दछ ।

रबर म्याटको प्रयोगले क्रसब्रेड गाईहरूको  व्यवहार, कल्याण र उत्पादनमा पर्ने प्रभाबहरु पत्ता लगाउन  भारतको गुजरातमा एक अध्ययन गरीएको थियो । सो अध्ययन अनुशार  समग्रमा  गाई बस्ने समय र उग्राउने समय   कंक्रीट भूईमा राखिएको गाईहरुमा भन्दा रबर म्याटको गाईहरूमा उल्लेखनीय रूपमा बढी पाइयो ।तेसैगरी  रबर म्याटमा राखिएको गाई हरुमा चिपलेर लड़ने घटना र थुनेलो हुने संभाबना पनि कंक्रीट भूईमा राखिएको गाईमा भन्दा कम पाइएको थियो । रबर म्याटमा राखिएको गाई हरुमा खुर अत्याधिक बृदी हुने र फूटने जस्ता समस्याहरु कम भएको पाइएको छ ।

 धेरै  डिजाइन र  साइजहरुमा म्याटहरू उपलब्ध हुने भएता पनि साधारण खालको सिधा किनारा भएको काऊ म्याट बढ़ी प्रयोगमा छ । गाईको लागि निर्माण गरेको साधारण म्याट भैसी मा उपयोगी हुदैन यस्तो बस्थामा इन्टरलकिङ काउ म्याटहरू प्रयोग गर्न सकिन्छ । सामान्य तया बजारमा उपलब्ध हुने  काऊ म्याट छ फिट लम्बाई,  चार फिट चौड़ाई र १०-40 के. जी तौल भएको हुन्छ । नेपालमा  प्रति काऊ म्याटको बजार मूल्य न्यूनतम  6- ७ हजार रुपियाँ पर्छ ।