सरस्वती पूजा

सरस्वती पूजा (बसन्त पञ्चमी वा श्री पञ्चमी रूपमा चिनिने) हिन्दूहरूको पर्व हो । यो पर्वले शुद्धता, शान्तिको प्रतीक, ज्ञान, सिक्ने, कला र संस्कृतिको प्रतिनिधित्व गर्दछ । यो पर्व जनवरी / फेब्रुअरी महिनामा पर्छ । यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । विशेष गरी यो पूजा नेपाल र भारतमा ठूलो उल्लाससित मनाइन्छ । शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ,र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थाहरूमा पनि अलग-अलग ढंगले यसको चित्रण पाइन्छ । विद्यार्थीहरूले यस दिनमा देवी सरस्वतीको पूजा गर्दा आफ्नो प्रतिभामा वृद्धि हन्छ भन्ने विश्वास गर्छन्। त्यसैले विद्यालयमा विद्यार्थीले देवी खुसी पार्न आफ्नो कलम र किताबहरु उपासना गर्ने दिन हो।
सरस्वतीको महिमा

संसारका सर्जक ब्रहृमाको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन्। राजहंसवाहन भएकी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन्। सेतो वस्त्रले सजिएकी हरदम मुस्कुराइरहन्छिन् र सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्छिन्। भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको 'सरस्वती कवच'को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरे। आवश्यकताअनुरूप संहारका बेला महाकाली रूप धारण गर्ने र जीवदेखि जगत्सम्मको सञ्चालनमा महालक्ष्मी रूप धारण गर्ने देवी सिर्जनाका बखत महासरस्वतीको रूपमा सर्वत्र विराजमान हुन्छिन्।

सरस्वतीका प्रतिकहरू

स्वर, सङ्गीत, ताल, लयकी श्रोत  रे ग म प ध नि सं देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको आकर्षणको केन्द्र र निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजाका विधान छन्। बौद्धधर्मीहरूले उनैलाई मञ्जुश्रीका नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपका चिन्तन गर्दै बालबालिका अक्षरम्भ गर्छन् भने बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन्। वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सकेझैँ ठीक वा बेठिकको सही पहिचानको ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ। संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य उद्यमशीलताका कार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन। विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आˆना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन्। धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कति फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, अगरु, शफ्, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन्। उत्साह, लगनशीलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन्। विद्या प्रकाश हो, अविद्या अँध्यारो, अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव हुन्न, भक्तिमा ज्ञान र वैराग्यको क्षमता हुन्छ। भक्ति र शक्तिको सङ्गम भए विद्या विज्ञान बन्न पुग्छ र यसको सदुपयोग हुन्छ। विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ। नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन्।

सरस्वती वन्दना 

 या कुंदेंदु तुषारहार धवला, या शुभ्र वस्त्रावृता |

या वीणावरदण्डमंडितकरा, या श्वेतपद्मासना ||

सामां पातु सरस्वती भगवती नि: शेष्य जाड्यापहा ||

जो विद्या की देवी भगवती सरस्वती कुन्द को फूल, चन्द्रमा, हिमराशि र मोती को हार को जस्तो श्वेत वर्ण को हुनुहुन्छ र जो श्वेत वस्त्र धारण गर्नुहुन्छ, जसको हातमा वीणा-दण्ड शोभायमान छ, जसले श्वेत कमलमा आसन ग्रहण गर्नुभएको छ तथा ब्रह्मा, विष्णु एवं शंकर शङ्कर आदि देवताहरुद्वारा जो सदा पूजित हुन्, उनै सम्पूर्ण जडता र अज्ञानलाई दूर गर्नेबाली माता सरस्वती हामैा रक्षा गर्नुहोला ।

शुक्लां ब्रह्मविचार सार परमामाद्यां जगद्व्यापिनीं
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌।
हस्ते स्फटिकमालिकां विदधतीं पद्मासने संस्थिताम्‌
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्‌॥२॥

शुक्लवर्ण वाली, सम्पूर्ण चराचर जगत्‌ मा व्याप्त, आदिशक्ति, परब्रह्म को विषय मा गरिएको विचार एवं चिन्तन को सार रूप परम उत्कर्ष को धारण गर्नेवाली, सबै भयहरुबाट भयदान दननेवाली, अज्ञान लाई अँध्यरोलाई मेटाउनेवाली, हातमा वीणा, पुस्तक र स्फटिक को माला धारण गर्नेवाली र पद्मासनमा विराजमान्‌ बुद्धि प्रदान गर्नेवाली, सर्वोच्च ऐश्वर्यले अलङ्कृत, भगवती शारदा (देवी सरस्वती) लाई म वन्दना गर्दछु ।

सरस्वती स्लोक

 सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी

हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती

तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा

सप्तमं चैव कौमारी अष्टमं वरदायिनी

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी

एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी

द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः

जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती

 नेपाली विकिपीडियाबाट परिमार्जन सहित

यो पनि हेर्ने कि?