रङ्गहरूको चाड होली

रङ्गहरूको चाड होली रङ्गहरूको चाडले चिनिने वसन्त ऋतुमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइने यो चाड नेपाल भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।

होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउ छन् होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा नास्तिक हिरण्यकशिपुनामक राक्षसले भगवान् विष्णुभक्त आफ्नै छोरा प्रहृलादलाई मार्न हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका(जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्ता आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रहृलादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसङ्ग अनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसैनी जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। विंध्यक्षेत्रको राम गढ स्थानमा स्थित ईसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ। संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।

भक्तपुरमा चिर स्वायगू अथार्त लिङ्ग घुमाएपछि फागु पर्व सुरूवात भएको मानिन्छ । जगतप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर होलीको सुरूवात गरिन्छ ।फागुन शुक्ल अष्टमीको दिन शनिबार भिमसेन मन्दिरमा राखिएको लिङ्ग अथार्त लगलाई टोल-टोलमा पसलै पिच्छे घुमाएर पूजा गरी घुमाएर पुन मन्दिरको पाटीमा राखिने परम्परा छ। काठबाट बनेको दुई हात लामो लिङ्ग करिब ३० इन्च मोटाई रहेको छ । संस्कृतिकर्मी ओम धौभडेल का अनुसार यसलाई भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिन्छ ।घर र पसल घुमाएको लिंगलाई भक्तजनले स्पर्षगरी ढोग्ने र दान दक्षिणा चढाएका थिए । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको छ |

चिर स्वायगू अथार्त लिङ्ग झुन्ड्याएपछि यहाका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । बिशेषगरी होली भरी शनिबार र मंगलबार भिमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाका गायजु गुठीले भिमसेन मन्दिरको पाटीमा बसेर होलीको गित गाउने गरेका छन् 'भिमसेन देया लज खङ्गलो वानला ल्यासे बिस्यूवाने म्वायक सो झायला' अथार्त यसलाई नेपालीका भिमसेनको लिंगले मन लोभियोकी भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की' जस्ता गित गाउने गर्छन् । फाल्गुन शुक्ल पूणिर्माका दिन रङ्ग होली खेलेपछि उक्त दिन साझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गलाबको फूल, अत्तर र अमुख सहित पूजा गरेपछि नगर परिक्रमा गरिन्छ ।त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अविरको डल्लाले छरी साझपछि दत्तात्रय मन्दिर पुर्‍याउने प्रचलन रही आएको छ । धौभडेलले बताए अनुसार साझपख दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिर स्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राखिन्छ|यसरी मन्दिरबाट खोला सम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ । लिङ्ग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको उनले बताए ।लिङ्ग पखालेर भिमसेन मन्दिरमा ल्याएपछि यस बर्षको होली समाप्त हुन्छ ।

तराइमा पूर्णिमाको अर्को दिन मनाइने गर्दछ ।

सत्ययुगमा बिष्णुदेबका भक्त प्रल्हादलाई मर्नको लागि हिरण्यकश्यपले बिभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखम लिएर आगोमा बस्न लगाउदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भै असत्य माथि सत्यको बिजय भएको उपलक्षमा यो पर्ब मनाइने गरिएको हो ।

नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ। त्यसैले नीलो वर्णका श्रीहरिले अधर्म नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको धार्मिक मान्यता छ। लोकहितका लागि विषपान गरेर महादेव नीलकण्ठका रूपमा कहलिए। पहेंलो रङ्ग विष्णु र योगेश्वर श्रीकृष्णको प्रिय रङ्ग हो। गणेशजी हरेक रङ्ग मन पराउँथे। रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाएका हुन्।

शुभ/अशुभ रङ्ग

नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ। त्यसैले नीलो वर्णका श्रीहरिले अधर्म नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको धार्मिक मान्यता छ। लोकहितका लागि विषपान गरेर महादेव नीलकण्ठका रूपमा कहलिए। पहेंलो रङ्ग विष्णु र योगेश्वर श्रीकृष्णको प्रिय रङ्ग हो। गणेशजी हरेक रङ्ग मन पराउँथे। रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाएका हुन्।

·         यदि कसैको जन्म कुनै पनि महिनाको १, १०, १९ वा २८ तारिखमा भएको छ भने- सुन्तला, क्रिम आदिलाई शुभ रङ्ग मानिन्छ। कालो रङ्ग अशुभ हुन्छ।

·         यदि २, ११, २० वा २९ मा कुनै पनि तिथिमा जन्मिएका व्यक्तिका लागि शुभ रङ्ग- सेतो, सिल्भर, हल्का नीलो हो। कालो एवं अन्य गाढा रङ्ग अशुभ हो।

·         यदि ३, १२, २१ वा ३० तारिखमा जन्मिएकाहरूका लागि पहेंलो, वैजनी, सुनौलो तथा गेरुवा रङ्ग शुभ हुन्छ। कालो, नीलोबाट जोगिएको राम्रो।

·         यदि ४, १३, २२ वा ३१ तारिखमा जन्मिएका व्यक्तिका लागि नीलो र फन कलर शुभ मानिन्छ। कालो र रातो प्रतिकुल हुन्छ।

·         यदि ५, १४ वा २३ तारिखमा जन्मनुभएको हो भने हरियो, हल्का नीलो रङ्ग शुभ मानिन्छ। गाढा रातो र कालो रङ्ग अशुभ हुन्छ।

·         यदि ६, १५ र २४ तारिखमा जन्मिएका व्यक्तिका लागि सेतो, क्रिम, गुलाबी एवं अन्य हल्का रङ्ग शुभ मानिन्छ। रातो र कालो रङ्ग प्रतिकूल हुन्छ।

·         यदि ७, १६ वा २५ तारिखमा जन्मिएकाहरूका लागि हल्का नीलो, सेतो, क्रिम, गुलाबी रङ्ग शुभ हुन्छ। गाढा रंगबाट सम्भव भएसम्म टाढा रहनुपर्छ।

·         यदि ८, १७ वा २६ तारिखमा जन्मिएकाहरूका लागि कालो, नीलो तथा वैजनी रङ्ग शुभ मानिन्छ। रातो रङ्ग प्रतिकूल हुन्छ।

·         यदि ९, १८ वा २७ तारिखमा जन्मिएका व्यक्तिका लागि रातो, गुलाबी र सिन्दुरे रङ्ग शुभ मानिन्छ। कालो रङ्ग अशुभ हुन्छ।

अन्य चाडपर्व जस्तै होलीका पनि आफ्नै विशेषता छ। हरेक मुलुकमा आ-आफ्नै तरिकाले होली पर्व मनाइन्छ। नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर गाडे पछि होली पर्व सुरू भएको मानिन्छ। यसरी सुरू भएको होली पर्व पूणिर्माका दिन चिरलाई ढालेर जलाए पछि होली सम्पन्न हुन्छ। तराईमा भने भोलिपल्ट होली खेलिन्छ। इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले। यसैगरी अमेरिका, जापान, इजिप्ट, इन्डोनिसिया, थाइल्याण्ड आदि देशमा पनि आ-आफ्नै प्रकारले यो पर्व मनाइन्छ। होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकका रूपमा लिइन्छ। नेवारी परम्परा अनुसार पानीसँग नभएर अबिर र रंगसँग होली खेल्ने चलन छ। नेवारी संस्कृतिमा होलीका बारेमा युवा-युवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीतहरू प्रशस्त पाइन्छन्। होलीको सन्दर्भमा गाईएका नेवारी गीतमा निकै मार्मिक तथा प्रेममय भावमा व्यक्त गरिएका छन्।

स्वतन्त्र विश्वकोश, नेपाली विकिपीडियाबाट परिमार्जन सहित