मेरो बुझाईमा भूकम्प
मेरो बुझाईमा भूकम्प: म कुनै भूकम्पविद पनि होइन र भूकम्पबारे जानकार राख्ने व्यक्ति पनि होइन तर मेरो आफ्नो अध्यायन, पत्र पत्रिका, विज्ञहरूको अन्तर्वाता तथा अनुभवको आधारमा यो लेख वा अवधारणा तयार पारेको छु ।यो लेख सुद्ध सूचनाको लागी मात्र हो, यसलाइ अतिरञ्जित नबनाइयोस भन्ने म चाहन्छु । यसमा पृय पाठकवर्गहरूबाट प्राप्त हुने सहमति वा असहति, सकारात्मक वा नकारात्मक प्रतिकृयाहरूलाइ पूर्ण समर्थन गर्छु
भूकम्प के हो ?
भूकम्प पृथ्वीको गर्भमा रहेका विशाल भौगर्भिक चट्टानहरू (Tectonic Plates) को हलचल मात्र हो । पृथ्वीको गर्भमा सातवटा विशाल टेक्टोनिक प्लेटहरू अन्य धेरै मात्रामा साना साना प्लेटहरू छन् यिनीहरू पनि जमिनमा रहेका ढुङ्गा प्राकृतिक रुपमा टुक्रने, फुट्ने र चलायमान भए जस्तै पृथ्वीको गर्भमा रहेका भौगर्भिक चट्टानहरू पनि स्वाभाविक र प्राकृतिक प्रक्रियाको रुपमा चल्ने, एकमाथि अर्को खप्टने, एकअर्काको भित्र छिर्ने प्रक्रिया निरन्तर रुपमा भइरहन्छन् । साथसाथै पृथ्वीको गर्भमा अति उच्च चापमा रहेका तरल पदार्थको हलचलका कारणबाट पनि भूकम्प पैदा हुन सक्छ ।
नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिम क्षेत्र हो ?
नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिम क्षेत्र हो किनकि पृथ्वीको गर्भमा रहेका सात विशाल टेक्टोनिक प्लेटहरू (Indian Plate, Eurasian Plate, African plate, Arabian Plate, Indo-Australian Plate, North American Plate and Pacific Plate) मध्ये इन्डियन प्लेट (Indian Plate) र युरासियन प्लेट (Eurasian Plate) को संगम नेपालको हिमालय पर्वत क्षेत्रमा पर्दछ । यी दुई टेक्टोनिक प्लेटमध्ये युरोसियन प्लेट माथिल्लो खण्डमा र इन्डियन प्लेट तल्लो खण्डमा रहेको छ । जसमा इन्डियन प्लेट क्रमशः युरोसियन प्लेटको मुनि छिर्ने क्रम जारी रहेको छ । यो क्रम कहिले उच्च गतिमा त कहिले मन्द गतिमा चलिरहेको हुन्छ । फलस्वरुप माथिल्लो (युरोसियन) प्लेटको तलतिर इन्डियन प्लेट छिर्ने क्रममा हिमालयन पर्वतको निर्माण भएको मानिन्छ । विश्वमा जम्मा सात टेक्टोनिक प्लेट रहनु र त्यसमा पनि नेपाल दुईवटा प्लेटको साँधमा पर्नु ठूलो दुर्भाग्य हो ।
भूकम्पको मापनमा किन फरक फरक देखिन्छ ?
हालै वैशाख १२ गते गएको विनासकारी भूकम्पलाई राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.६ रेक्टर र २९ वैशाखको भूकम्प ६.८ रेक्टर स्केल नाप्यो । तर, साेही भूकम्पहरूलाई अमेरिकाको युनाइटेड स्टेट्स जियोलोजिकल सोसाइटी (यूएसजीएस वा USGS) ले त्यसको मापन गर्दै क्रमशः ७.८ र ७.४ रेक्टर स्केलको भन्यो । यो दुई किसिमको तथ्यांकले जनमानसमा एक खालको भ्रम सिर्जना गरेको मात्र हैन व्यवस्थापिका सम्सदमा नै प्रश्न उब्जियो । भूकम्प नाप्न विभिन्न Magnitude Scale i.e. Richter Scale हरूको पर्योग गरिन्छ । अहिले नेपालको तर्फबाट भूकम्प मापन केन्द्रबाट नापिरहेको म्याग्नेच्युड भनेको Local Magnitude हो भने USGS ले दिने Magnitude, Mb (Body wave Magnitude) र Mw (Moment Magnitude) हो । नेपालको राष्ट्रिय भुकम्प मापन केन्द्रले नेपाल भर २३ स्थानमा मापन यन्त्रहरु राखेको छ। भुकम्पको धक्का महसुस हुनासाथ यस्ता मापन केन्द्रहरुबाट कति समय र कसरी जमिन हल्लियो भन्ने तथ्यांक काठमाण्डौंको केन्द्रिय कम्प्युटरमा आउछ, यसरी आएका बिभिन्न ठाउँका तथ्यांकहरुको (जमिन कसरी हल्लियो भन्ने मात्र) आधारमा लोकल म्याग्निच्युड (ML) या रिक्टर स्केल को मापन गरिन्छ। नजिकका भूकम्पको म्याग्नेच्युड निकाल्न Local Magnitude तरिका प्रयोग हुन्छ र सोही अनुसार यो मापन गरिएको हो । भूकम्पको केन्द्रविन्दुबाट नजिक रहेका स्टेसनका विवरणबाट लोकल म्याग्निच्युड निकालिन्छ । लोकल म्याग्निच्युडले झन्डै एक हजार किलोमिटरसम्मको दूरीको विवरण देखाउँछ । पछिल्लो समयमा यसलाई 'मोमेन्ट' पनि भन्न थालिएको छ । केन्द्रविन्दुनजिकका उपकरणले मात्रै लोकल म्याग्निच्युड पत्ता लगाउन सक्छन् । अमेरीकि संस्था या युरोपेली संस्थाहरुले दिने जानकारीमा Mw को प्रयोग गरिएको हुन्छ भने नेपालको राष्ट्रिय भुकम्प मापन केन्द्रले दिने जानकारीमा ML को प्रयोग गरिएको हुन्छ त्यसैले कहिले धेरै कहिले थोरै देखिने गर्छ। यी म्याग्नेच्युडहरू निकाल्ने पारामिटरहरू फरक फरक भएकोले एउटै भूकम्पको पनि विभिन्न Magnitude Scale मा फरक फरक मान (Value) आउँछ त्यसैले नेपालबाट नापिरहेको र USGS ले दियको म्याग्नेच्युड सारमा बराबर छ । यस अनुसार करिब ६.८ ML = ७.२ Mb = ७.३ Mw हुन् आउछ । तेसैले नेपालले दिएको ६.८ ML र USGS ले दिएको ७.३ फरक फरक हो भन्ने भ्रममा पर्नु हुदैन
भूकम्पको क्रममा पूर्वसावधानीः
भूकम्पको क्रममा पूर्वसावधानीका रूपमा यथासम्भव भूकम्पमैत्री अर्थात् भूकम्प प्रतिरोधात्मक शक्ति बढी भएको संरचनाको निर्माणमा सम्झौता भने कदापि गर्नुहुँदैन । तर यो संसारमा कुनै पनि घर वा संरचना भूकम्प रहित वा पूर्ण रूपमा भूकम्प प्रतिरोधात्मपक पनि हुदैनन र यो असम्भव कुरा हो । भूकम्प प्रतिरोधात्मक शक्ति बढी वा कमि भएका संरचनाहरू भन्न सकिन्छ यो कुरा सबैले बुझ्नु अवश्यक छ देश भूकम्पको पिडाबाट रोहिरहेको बेला कुनै पनि क्षेत्रबाट भूकम्पका सम्बन्धमा अधारहिन अफवाहहरू फैलाउनु हुदैन र फैलाइएका अफवाहको पछि पनि लाग्नुहुँदैन । भूकम्प आएको थाहा हुदैन मात्र गएको थाहा हुन्छ । भूकम्पबाट डराएर, आत्तिएर भागदौड गर्नुभन्दा पनि भूकम्प आउनुपूर्व नै कुन ठाउँमा कसरी सुरक्षित हुन सकिन्छ, अगाडि नै मानसिक रूपमा तयारी रहनुपर्दछ । तसर्थ, भूकम्प जाँदा घरको भुँइतलामा भएका व्यक्ति भूकम्प आउनेबित्तिकै सुरक्षित स्थलतर्फ अवतरण गर्नुपर्दछ, जसले सम्भावित मानवीय क्षति हुनबाट बचाउँछ । यदि भूकम्पका कारण घरहरु चर्किएका वा भत्किएका छन् भने दक्ष तालिम प्राप्त विज्ञद्वारा जाँच गराउनुपर्छ ।
के भूकम्पको भविश्यवाणी सम्भव छ ?
भूकम्प आउन सक्छ भनेर अनुमान गर्न सकिन्छ तर भूकम्प यति बेला आउँछ, उतिबेला बेला आउँछ, यहाँ इपिसेन्टर बनाएर आउँछ, उहाँ इपिसेन्टर बनाएर आउँछ, यति स्केलको आउँछ, उति स्केलको आउँछ भनेर कसैले पनि भन्न सक्दैन । जमिन भन्दा कयौँ किलोमिटर तल रहेको चट्टानमा संचित शक्ति, प्रत्येक स्थानमा त्यसले धान्न सक्ने शक्तिको मात्रा, आदी थाहा नभई भुकम्पबारेमा भबिष्यबाणी गर्न सकिदैन। भविश्यवाणी कर्ता होस वा भूकम्पविद नै किन नहोस, ज्योतिष होस वा भूकम्पबारे अध्यायन गर्ने अनुषन्धान कर्ता नै किन नहोस कसैले पनि यस बारे भविश्यवाणी गर्न सक्दैन । कसैले यसबारे भविश्यवाणी गर्छ भने त्यो कल्पना मात्र हो र यदि कसैले यसबारे गरेको भविश्यवाणी सार्थक भयो भन्ने मान्नु हुन्छ भने त्यो एउटा संयोग मात्र हो । अँधेरोमा झटारो हान्दा पनि कहिलेकाहीँ त लागीहाल्छ नी, त्यस्तै हो भुकम्पको भबिष्यबाणी मिल्नु भनेको। ताकि यसमा ग्रहण लाग्ने समयको भविश्यवाणी गरे जस्तो कुनै पनि बैज्ञानिक आधार नै छैन खाली भूकम्पको इतिहास हेरेर अनुमान गर्ने प्रकृया मात्र हो । भूकम्पको बारेमा गरिएका विभिन्न भविश्यवाणी हावादारी कुरा मात्र हुन । अब ठूलो भूकम्प जान्छ वा जादैन भनेर गरिएका प्रचारहरू कि त त्रास फैल्याउने प्रयोजनका लागी हुन भने कि त यसबाट केही स्वार्थ लिन गरिएका प्रयास मात्र हुन । अर्को कुरा, भूकम्प पछि अर्को ठूलो भूकम्प जान्छ वा जादैन भनेर कुनै पनि भूकम्पविदहरूले ठोकुवा गर्न पनि सम्दैनन । कसैले भन्छ भने त्यस पछिका किन जान्छ र किन जादैन भन्ने प्रश्नहरू अनुत्तरित हुन्छन् ।
पराकम्पन (Aftershock) र यसको समयः
कुनैपनि ठुलो भुकम्प गईसकेपछि त्यसभन्दा साना तर त्यही क्षेत्रमा जाने अन्य कम्पनहरुलाई पराकम्पन (Afterschock) भनिन्छ । ठुलो भुकम्प जादा पैदा भएको दरार ले यो क्षेत्रकै पुरै चट्टानलाई कमजोर पारिदिन्छ यसले गर्दा चट्टानहरुमा सन्चित शक्ति धान्न नसकि साना साना चिराहरु पर्ने क्रम शुरुहुन्छ यसैकारण अन्य साना साना कम्पनहरु आउछन। यो भुकम्पको एक किसिमको नियम नै हो, ठुलो पछि साना साना आउने। भूकम्प पछि यति लामो समय सम्म पराकम्पनहरू जान्छन भन्ने कुरा कसैले पनि भन्न सक्दैन र यो यकिन गर्न सकिने कुरा पनि होइन । सबै अन्जाजिकरण मात्र हो । कति लामो समय सम्म आउने भूकम्पहरूलाइ अघिल्लो भूकम्पको पराकम्पन हो भनेर भन्नेमा पनि भूकम्पविदहरूको एक मत छैन । हाल आइरहेका पराकम्पनहरू हुन् भन्ने हो भने पनि भूकम्प मापन केन्द्रले बैशाख ८, ९ र १० गते मापन गरेका कम्पनहरू भूकम्पहरू हुन वा कहिलेका भूकम्प पछिका पराकम्पनहरू हुन यि प्रश्नहरू पनि अनुत्तरित छन् । त्यसैले भूकम्प जाने एउटा स्वाभाविक र प्राकृतिक प्रक्रिया हो । कहिले ठूलो स्केलको जान्छ भने कहिले सानो स्केलको जान्छ । यसमा भूकम्प जान्छ वा जादैन, ठूलो स्केलको जान्छ वा सानो स्केलको जान्छ भन्दा पनि पूर्वसावधानीका उपायहरू अपनाउनु उत्तम मानिन्छ । लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा ।