मस्तिष्क तथा मुटुको स्वस्थकर विकासका लागी माछा

मस्तिष्क तथा मुटुको स्वस्थकर विकासका लागी माछा सेवनः मस्तिष्कको स्वस्थकर विकासको योजनामा हामीले खाने खानामा राम्रो समायोजन पर्नु पर्ने हुन्छ । आफ्नो स्वास्थ्यको लाभका लागि नियमित रूपमा तालीका अनुसार तरकारी तथा फलफूलको सेवन गर्नु आवश्यक हुन्छ । 

बोसो युक्त खाना, प्रोटीन युक्त खाना, माछा मासु आदीको आहारामा संयोजन गरी सेवन गर्नु स्वास्थ्यको लागी फाइदाजनक मानिन्छ । दिमागलाइ आफ्नो कार्य गर्न पर्याप्त अक्सिजन हुनु पर्दछ । सामान्यतया मस्तिष्कको नियमित कार्यको लागी मुटुले सप्लाइ गर्ने रगतको २० प्रतिशत रगत आवश्यक पर्दछ । त्यसैले मस्तिष्क स्वस्थ हुनको लागी मुटु पनि उत्तिकै स्वस्थकर हुनु आवश्यक छ । हाम्रो शरीर र मस्तिष्कमा आवश्यक ईंन्धनको आपूर्तिको श्रोत हाम्रो आहारा हो । त्यसैले हामीले हाम्रो आहारमा ध्यान दिनु जरूरी छ ।

मस्तिष्‍क स्‍वस्‍थ राख्न निकै मद्दत पुर्याउने सर्वश्रेष्ठ खाना हो माछा । हालै गरिएको एक नयाँ अध्ययनबाट यो निष्‍कर्ष निस्किएको छ कि माछाको सेवनबाट मस्तिष्‍क स्‍वस्‍थ राख्न निकै मद्दत पुग्दछ । यसले मस्तिष्कमा रहेको रसायन सेरोटोनिन (Serotonin) को स्तरलाइ प्रभावित गर्दछ । सेरोटोनिनले आवेग नियन्त्रण (Stress Management) तथा व्यक्तिको व्यवहारलाइ नियन्त्रण (Behavioral Control) गर्नमा महत्वपूर्ण भूमिका निभाउँदछ । मस्तिष्क सम्बन्धी कयौं रोगहरू जस्तै हाइपर एक्टिभिटी डिसअर्डर (HAD), बाइपोलर डिसअर्डर तथा डिप्रेशनमा सेरोटोनिनको स्तर मस्तिष्कमा कम हुन थाल्दछ । माछाको नियमित सेवनबाट सेरोटोनिनको स्तरलाइ बढाइराख्न सहयोग गर्दछ ।

सकेसम्म हाम्रो खानामा कम्तिमा पनि हप्ताको एक पटक माछाको परिकारको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले उत्तम मानिन्छ । यसमा पाइने दुइवटा महत्वपूर्ण सूक्ष्म पोषकतत्वहरू ओमेगा-3 फ्याटी एसिड र भिटामिन डी (Omega-3 fatty acid and vitamin D) ले मुटु तथा मस्तिष्क सम्वन्धि रोगहरूको जोखिममा कमी ल्याउँछन् । ओमेगा-3 फ्याटी एसिडलाइ मस्तिष्कको खाना पनि भनिन्छ । ओमेगा-3 फ्याटी एसिडमा DHA (Docosahexaenoic Acid) र EPA (Eicosapentaenoic Acid) समावेश हुन्छ । यिनीहरू मस्तिष्कमा केंद्रित हुन्छन जुन मस्तिष्कको आफ्नो कार्यको लागी अनिवार्य छन् । यही माछामा पाइने ओमेगा-३ फ्याटी एसिडले तनाव (Stress) लाई समेत कम गर्न मद्धत गर्छ । एउटा नयाँ खोज अनुसार माछामा पाईने ओमेगा ३ फ्याटी यसिडले आँखाको ज्योती राम्रो हुने पाइएको छ 

माछाको प्रयोगले अल्जाइमर लगायत अन्य धेरै रोगको उपचारका लागि फाइदाजनक मानिन्छ। माछाको प्रयोगले शरिरमा भएको चिल्लो पदार्थलाई कम गर्न मद्धत गर्छ र यसले गर्दा मुटुको समस्यामा कमी आउनुका साथै हृदयघातबाट समेत बचाँउछ । माछामा पाइने पोलिस्याचुरेटेड फ्याटी एसिड (Poly-saturated Fatty Acid) ले मानिसको मष्तिष्कको क्षमतालाई स्वस्थ्य राख्न मद्धत गर्छ ।  मधुमेहका बिरामीलाई पनि यसले शरिरमा सुगरको मात्रालाई नियन्त्रण गर्न मद्धत गर्छ । यसका अलावा माछा भिटामिन डी को पनि ठूलो स्रोत हो । भिटामिन डी ले मस्तिष्कको रक्षामा ठूलो भूमिका खेल्दछ । पकाएको माछाको एक टुक्रामा करीव 600 IU भिटामिन डी को समावेश भएको हुन्छ । त्यसैले माछाको सेवन गर्ने बानी आजैबाट बसालौ ।

स्वास्थ्य नै धन हो ।