प्रणय दिवस वा प्रेम दिवस

प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine's Day) हरेक वर्ष १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । हालैका वर्षहरूमा यो "प्रेम दिवस" को रूपमा विश्वव्यापीरूपमा प्रसिद्द छ।

इतिहास

यो पर्व क्रिस्चियन पादरी (पुजारी) सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । यो प्रणय दिन सेन्ट भ्यालेन्टाइनको नाम सम्झना गर्ने दिनको रूपमा लिइन्छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले (Claudius II) युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर पादरी सेन्ट भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो कि अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई पक्राउ गरि जेलमा हालियो र र ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

नेपालमा प्रणय दिवस

नेपाल पनि प्रणय दिवस १९90 को दशकतिर बाट दक्षिण एशियामा अन्तर्राष्ट्रिय मिडिया टेलिभिजन च्यानलहरूको विकास र प्रभाव नेपालमा प्रवेश गर्दा देखि मनाउने थालियो। विशेष गरी प्रणय दिवसमा, भ्यालेन्टाइनले शब्दले माया वा प्रेम भन्ने बुझिन्छ । प्रणय दिन घनिष्ठ साथीहरू बीच प्रेम र स्नेह प्रकट गरी मनाउने प्रतीकको रूपमा पनि लिइन्छ ।साधारणतयाविद्यालय र कलेजका विद्यार्थीहरू र खासगरी युवा तथा बच्चाहरुले धेरै चासोका साथ यो दिन मनाउने गरेको पाइन्छ।

विशेषगरी यो दिन प्रेम प्रेमिकाले फूल, उपहार र अभिवादन कार्डहरू साटासाट गरेर एकअर्काप्रति प्रेम व्यक्त गर्ने दिन रूपमा मनाइन्छ। थुप्रै जवान किशोर किशोरीहरूले नयाँ प्रेम प्रस्ताव राख्न पनि यो दिनको प्रतिक्षा गरिरहेका हुन्छन । प्रणय दिवस अझै पनि छैन आयातित पर्वको रूपमा स्थापित छ ।सामाजिक मिडिया र इन्टरनेटको वृद्धि र उपयोग संगसंगै प्रणय दिवसको केही महसूस हुने गरी आफ्नो उपस्थिति पहिचान गर्न थालेको पाइन्छ। यो दिन समाचार, टिभी शो, पत्रपत्रिकाहरूमा पनि प्रणय दिवसका समाचारले स्थान पाएको हुन्छ भने केही प्रणय सन्देश र इच्छा पनि पत्रपत्रिकामा छापिएका हुन्छन । तर, यी गतिविधिहरु अन्य चाडहरूको तुलनामा त्यति महत्वपूर्ण भने छैनन।

जोडीहरू रेस्टुरेन्ट र पार्कहरूमा देखिन्छन् भने गोदावरी, बालाजु, नगरकोट, धुलिखेल, सौराहा,पोखरा, मनकामना आदि स्थानहरू प्रणय दिवसमा प्रेमी प्रमीकाहरूलेद्वारा भ्रमण गर्ने मुख्यठाउँहरू हुन्। तर, अहिलेसम्म नेपालमा प्रणय दिवस केवल शहरमा मनाइन्छ। प्रणय दिवस आफ्नो परिवार र प्रियजनहरूलाई टाढा रहन बाध्य भएकाहरूलाई धेरै महत्त्वपूर्ण हुन स्क्छ। हामी नेपालीको "कर्मा" हामी हाम्रो परिवार र घर देखि, हजारौं किलोमिटर टाढा विदेशी मुलुकमा काम गर्नु पर्ने अवस्था छ । यो दिन टाढा रहेका प्रिय संग संवाद  र स्याहार गर्नको लागि धेरै महत्त्वपूर्ण दिन हुन सक्छ।

भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाइएका देशहरू

मलेसियाः सन् २०१२ मा मलेसियामा प्रहरीले भ्यालेन्टाइनडेकै दिन होटेलमा छापा मारेको थियो । र, भ्यालेन्टाइन मनाइरहेकालाई पक्राउ गरेर जेल पठाएको थियो ।

इरानः सरकारले सन् २०११ देखि भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाएको हो । सरकारी कार्यालयले सञ्चारमाध्यममा सूचना प्रकाशित गर्दै त्यहाँका मानिसलाई चेतावनी दिएको थियो । त्यतिवेलादेखि नै इरानमा रातो गुलाबमाथि पनि प्रतिबन्ध लगाइएको छ । 

साउदी अरबः साउदी अरबमा पनि भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाइएको छ । यो दिन सार्वजनिक बिदा दिने होइन भन्दै त्यहाँ विभिन्न प्रदर्शन पनि भएका छन् ।

इन्डोनेसियाः इन्डोनेसियामा मुस्लिम समुदायले पनि यो दिनमाथि प्रतिबन्ध लगाएको छ । इन्डोनेसियामा कार्ड दिन, गुलाब दिन तथा दुईजना सँगै होटेल जान पनि १४ फेब्रुअरीमा पाइँदैन ।

 Happy Valentine’s Day to All...!!!