जलवायु परिवर्तन विगत केही वर्ष देखि विश्वभर बहसको विषय बनेको छ। पृथ्वीमा रहेका हरेक जिवित प्राणीहरुले जलवायु परिवर्तनको असर भोगि रहेको छ। हामि सबैलाई थाहा नै छ कि मानव वा मानव व्यवहार नै जलवायु परिवर्तनको एक मुख्य कारण हो। 

यद्यपि पशुपन्छी वा पशुपन्छीबाट निस्कने फोहोर पनि जलवायु परिवर्तको केहि प्रमूख कारणहरु मध्य एक हो। एकातिर जलवायु परिवर्तन हुनुमा पशुपन्छीहरुको उल्लेखनिय भुमिका हुन्छ भने अर्कातिर जलवायु परिवर्तनले पशुपन्छीहरुलाई असर पनि गरिरहेको हुन्छ।

पशुपन्छी स जलवायु परिवर्तनको सशक्त कारण :
पशुपन्छीले विभिन्न प्रकारका हरित गृह ग्यासहरु, जस्तै कार्बोन्डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड ग्यास उत्सर्जन गरि जलवायु परिवर्तनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा योगदान गरिरहेको छ। संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठन FAO को एक रिपोर्ट अनुसार कुल हरित गृह ग्यास उत्सर्जनमा पशुपन्छी क्षेत्रको मात्रै करिब १८ प्रतिशत योगदान रहेको छ। वैज्ञानिकहरु भन्छन्, यदि पशुपन्छीबाट उत्सर्जन भई रहेको हरित गृह ग्यासको रोकथाम तथा नियन्त्रणको लागि कुनै पहल नगरिएमा सन् २०५० सम्ममा पशुपन्छी क्षेत्रले मात्र विश्वको कुल हरित गृह ग्यस उत्सर्जनमा करिब ७० प्रतिशत योगदान गर्नेछ। एक श्रोतको अनुसार पशुपन्छीले पृथ्विको जमिनको करिब ३० ५ अगटेको छ भने करिब ३३ ५ खेति योग्य भुभाग पशुपन्छीलाई आवश्यक पर्ने घाँस उत्पादनको लागि प्रयोग भएको छ।

हाल विश्वको कुल कार्बोन्डाइअक्साइड ग्यासमा पशुपन्छी क्षेत्रको करिब ९ ५ योगदान रहेको छ। पशुपन्छीजन्य पदार्थ प्रशोधन, पशुपन्छीजन्य पदार्थ ढुवानि, घाँसको लागि वन जंगल वा रुख कटान आदि कार्य गर्दा कार्बोन्डाइअक्साइड ग्यास उत्सर्जन भई हरित गृह ग्यासमा योगदान दिन्छ। त्यसैगरि विश्वको कुल मिथेन र नाइट्रस अक्साइड ग्यासमा पशुपन्छी क्षेत्रको मात्रै क्रमश ३५ ५ र ६५ ५ योगदान रहेको छ। उग्राउने पशुको पेटमा हुने पाचन प्रकृया (Enteric Fermentation) र गोबर बाट मिथेन ग्यास उत्पादन हुन्छ भने पशुको मल व्यवस्थापन र मल प्रयोग गर्ने क्रममा नाइट्रस अक्साइड ग्यास उत्सर्जन भई हरित गृह ग्यासमा योगदान दिन्छ।

एक श्रोतको अनुसार एउटा वयस्क गाईले एक वर्षमा करिब ७० देखि १२० के।जि। मिथेन ग्यास उत्पादन गर्छ। जलवायु परिवर्तनको दृष्टिकोणबाट मिथेन ग्यास कार्बोन्डाइअक्साइड ग्यास भन्दा करिब २३ गुणा बढि असरयुक्त हुन्छ। अर्थात करिब १०० के।जि। मिथेन ग्यास बराबर २३०० के.जि. कार्बोन्डाइअक्साइड ग्यास हुन्छ। यहि मात्रा ९२३०० के.जि.० को कार्बोन्डाइअक्साइड ग्यास उत्पादन गर्न करिब १००० लिटर पेट्रोल जल्नुपर्छ। सामान्य हिसाब गर्दा, एक वर्षमा एउटा काररजिप प्रयोग गर्दा १००० लिटर भन्दा कम पेट्रोलको आवश्यक्ता पर्छ। यसअर्थ एक वर्षमा एउटा काररजिपले २३०० के।जि। भन्दा कम कार्बोन्डाइअक्साइड ग्यास उत्पादन गर्छ। त्यसैले एक वर्षमा एउटा काररजिपले उत्पादन गर्ने कार्बोन्डाइअक्साइड ग्यास भन्दा एउटा गाईले उत्पादन गर्ने कार्बोन्डाइअक्साइड ग्यासको परिमाण बढी हुन आउछ।

यी बाहेक पशुपन्छी सँग सम्बन्धित अन्य कार्यहरु गर्दा पनि कार्बोन्डइअक्साइड ग्यास उत्सर्जन हुन्छ। एक अनुसन्धान अनुसार १ के।जि। वंगुरको मासु उत्पादन गर्दा करिब ६।३५ के।जि। र १ के।जि। कुखुराको मासु उत्पादन गर्दा करिब ४।५७ के।जि। कार्बोन्डाइअक्साइड ग्यास उत्सर्जन हुन्छ।

यसरी विभिन्न कोणबाट हेर्दा पशुपन्छीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हरित गृह ग्यास उत्सर्जनमा निकै ठूलो योगदान गरिरहेको छ।

पशुपन्छी : जलवायु परिवर्तनको शिकार
पशुपन्छी लगायत सम्पूर्ण जिवित प्राणिहरु जिवन यापनको लागि वरिपरिको वातावरणमा निर्भर रहेका हुन्छन्। सबै पशुपन्छीहरुको वातावरणिय तापक्रमलाई सहने सक्ने आ(आफ्नै क्षमता हुन्छ। जसलाई अंग्रेजीमा थर्मो न्यूट्रल जोन वा जोन अफ थर्मल कम्फर्ट भनिन्छ। त्यो क्षमता भन्दा थोरै पनि वातावरणिय तापक्रम कम वा बढि भएमा पशुपन्छीहरुले तनाव महसुस गरि पशुपन्छीहरुको उत्पादन क्षमता र स्वास्थ्यलाई असर गर्छ। Intergovernmental Panel on Climate Change (IPCC) ले सन् २१०० सम्ममा पृथ्विको सतहको औषत तापक्रम १।८ देखि ४।० डिग्रि सेल्सियसले बढ्ने आंकलन गरेको छ। पृथ्विको सतहको तापक्रम १।५ देखि २।५ डिग्रि सेल्सियसले बढ्दा पृथ्विमा रहेका करिब २० देखि ३० प्रतिशत बोट विरुवा र जनावरहरु मासिने आंकलन गरिएको छ।

बढ्दै गएको वातावरणिय तापक्रमको तनाबले गर्दा पशुपन्छीजन्य पदार्थको उत्पादन र गुणस्तरमा कमि आउछ। जस्तै, दुधालु गाई वा भैसीको दुध उत्पादन गर्ने क्षमतामा १० देखि २५ प्रतिशत सम्म ह्रास आउन सक्छ। किन भने तनाबको अवस्थामा पशुले करिब १० देखि २० प्रतिशत घाँस तथा दाना खान कम गर्छ, सामान्य अवस्थाको तुलनामा। त्यसैगरि गर्मिको तनाबलाई सन्तुलनमा राख्नको लागि पशुपन्छीले छिटो छिटो स्वास फेर्ने वा हाफ्ने गर्छ। यसरी हाफ्ने क्रममा पशुपन्छीलाई सामान्य अवस्थाको भन्दा २० देखि ३० प्रतिशत शक्ति बढि आवश्यक हुन्छ। गर्मिको तनाबमा पशुपन्छीको शरिरलाई चिसो राख्नको लागि शरिरको बाहिरि अंगहरु, जस्तै छालामा रक्तसंचार बढि हुन्छ। फलस्वरुप शरिरको भित्रि महत्वपूर्ण अंगहरुमा रक्तसंचारको कमि भई पशुको स्वास्थ्यलाई असर गर्छ।

यी बाहेक गर्मीको तनाबको कारण पशुपन्छीमा प्रजनन् सम्बन्धि समस्याहरु पनि देखिन्छ। जस्तै स समयमा वालि नखोज्ने, वालि खोजे पनि उल्टि रहने, डिम्बको राम्रो सँग वृद्धि विकास नहुने, पेट भित्रको बच्चाको राम्रो वृद्धि नहुने आदि। मासुको लागि पालिने वंगुर तथा कुखुरालाई गर्मिको तनाबले गर्दा दाना खपतमा कमि भई शारिरिक वृद्धि दर राम्रो सँग हुन सक्दैन र मृत्युदर पनि बढि हुन्छ। त्यसै गरि अण्डा पार्ने कुखुरामा गर्मिको तनाबले गर्दा अण्डा उत्पादन कम हुने र कम गुणस्तरका अण्डा उत्पादन हुने जस्ता असरहरु देखिन्छ।

जलवायु परिवर्तको कारण पानि पर्ने समय र प्रकृतिमा केहि परिवर्तन हुन्छ, जुन हामिले विगत केहि वर्ष देखि भोग्दै आएका छौ। पानिको श्रोत तथा मुहान पनि बेमौसमि रुपमा सुख्खा हुदै गएको छ। जसले गर्दा मानिस लगायत पशुपन्छीहरु यसबाट प्रभावित भईरहेको छ। पानिको समस्या सँगै घाँस तथा अन्य बोट विरुवा नजाग्ने समस्याले पनि पशुपन्छीपालनलाई असर गर्ने जोखिम बढेको छ।

जलवायु परिवर्तनले पशुपन्छीको रोगहरुको प्रकोप र प्रकृतिलाई पनि असर गर्न सक्छ। उदाहरणको लागि लामखुट्टे, किर्ना लगायतका रोग सार्ने Vector हरु चिसो ठाउँतिर बासाइ सराइ गर्दा गर्मि ठाउँमा देखा पर्ने रोगहरु विस्तारै पहाड वा हिमालि क्षेत्र तिर पनि देखापर्ने हुन्छ,जस्तै मलेरिया। त्यसै गरि चिसो ठाउँमा देखि पर्ने रोगहरु विस्तारै गर्मि तथा तराईतिर देखापर्ने हुन्छ। तापक्रम र सापेक्षित आद्रताको अनुकुलतमा आन्तरिक जुकाहरुको प्रकोप पनि बढ्ने सम्भावन रहन्छ।

यसरि जलवायु परिवर्तनको कारण पशुपन्छीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न असर पर्न गाई पशुपन्छीजन्य पदार्थ उत्पादन र गुणस्तरमा असर गर्छ।

निष्कर्ष
नेपाल एक बिकासन्मोख देश हो जहा मानिसको जनसंख्या र अर्थतन्त्र बढ्दो छ। याहाँका मानिसहरुको पशुपन्छीजन्य पदार्थ जस्तै मासु, दुध र अण्डाको माग पनि सोहि अनुरुप बढ्दो छ। यो मागलाई पूर्ति गर्नको लागि पशुपन्छीको संख्या धेरै वृद्धि गर्नुपर्ने हुन्छ। यही कारण IPCC ले पशुपन्छी क्षेत्र नै हरित गृह ग्यास उत्पादन गर्ने प्रमूख श्रोत हुने आकंलन गरेको छ। नेपाल जस्तो पशुपन्छीमा आधारित मुलुकमा हरित गृह ग्यास उत्सर्जन बढ्दै जाने सम्भावना देखिन्छ। त्यसैले पशुपन्छी क्षेत्रबाट उत्सर्जन हुन सक्ने हरित गृह ग्यासको न्यूनिकरण गर्नको लागि पशुपन्छीपालनमा विशेष कार्यक्रमहरु अवलम्वन गर्नुपर्ने जरुरी देखिन्छ।