तपाईंको रात्री निद्रा हत्या गर्ने १० कुराहरू

तपाईंको रात्री निद्रा हत्या गर्ने १० आश्चर्यजनक कुराहरू: खराब बेड तथा होहल्ला जस्ता स्पष्ट निद्रा नपर्ने कुराहरू वाहेक अरू धेरै कारणाहरू तपाईंको शुभ रात्री विश्राममा बीच खडा बनेर आउन सक्दछन् । यहाँ तपाईंलाइ एक रातमा आरामको लागी आवश्यक पर्ने कूल ६ देखि 8 घण्टामा बाधा पुर्याउने 10 आश्चर्यजनक कारक बारे चर्चा गरिएको छ ।

१. चिन्ता:  चिताले मरेकोलाइ जलाउँछ तर चिन्ताले जिउँदै जलाउँछ भन्ने उखान त सुन्नु भएकै होला । चिन्ताले भरिएको मनमा अनिन्द्रा हुनु स्वभाविक नै हो । जुन सुकै कारणले निम्त्याएको चिन्ता भए पनि यो अनिन्द्राको प्रमुख श्रोत हो । त्यसैले सुत्ने बेलामा ऋण नसम्झिनु र खाने बेलामा घिन नसम्झिनु भन्ने उखान आएको हुनु पर्दछ । कम वित्तीय स्रोत भएकाहरूलाइ वा बढी पैसावालहरूलाइ धनको बढी चिन्ता पर्न जान्छ र निन्द्रा लाग्दैन । आर्थिक स्रोत नभएमा अधिक काम गर्न आवश्यक हुन्छ जसले शारीरिक र मानसिक रूपमा बडेको भारका कारण मस्तिष्कको गतिविधि पनि बढ्छ, र जागा बनाउँदछ । तर धनिहरूको आफ्नो धन व्यवस्थापन गर्नमा बढी चिन्ता हुन्छ ।  निराश भएको अवस्थामा टेलिभिजन, गीत आदीको सहारा लिने गरिन्छ जसले गर्दा आफ्नो मनको दौड त एक छिन शान्त हुन सक्छ तर फ्लिकरिङ प्रकाशको कारणले निद्रा हर्मोन मेलाटोनिन (Melatonin) को उत्पादन कम हुन्छ । यदि तपाईंलाइ बढी तनाव छ भने तनावले कटिसोल (Cortisol) हर्मोनको रिलीज गराउँदछ जुन प्रत्यक्ष रूपमा अनिद्रा सँग जोडिएको छ । इन्डोरफिन (Endorphins) मस्तिष्कको "आनन्दित रसायन" हो । यसको उत्पादनले आरामदायी निन्द्रा जगाउँदछ ।

२. अनियमित खानपानः हाम्रो खानपान स्वास्थ्यका दृटिकोणले उपयुक्त छैन । ओछ्यानमा जाने बेला उकुसमुकुस हुने गरी खान्छौ । यसले अरामदायी निन्द्रा हुदैन । यदि तपाँइ दिनभर अनियमित खानपान समय बिताउनु भएको छ भने तपाईंको रात पनि दुखाइ मुक्त हुदैन । त्यस रातमा तपाईं रात भर धेरै पल्ट निन्द्राबाट जाग्नुहुनेछ । अपच हुनु भनेको निन्द्रा नहुनु हो । अपचमा अक्सर मुखमा तीतो स्वाद र एसिड आइरहन्छ । ओछ्यानमा जानु अघि अधिक भोजन र मसालेदार खाना कम गर्नु राम्रो हुन्छ । हमेशा सुत्ने बेला टाउको आफ्नो शरीर भन्दा केही इन्च माथि राख्ने गर्नु पदर्छ । यसले आमाशयबाट इसोफ्यागसको (Esophagus) स्फिन्क्टरमा एसिड बहन सहयोग गर्दछ, मुख तर्फ आउँदैन । तपाईं सुत्दा आफ्नो दाँया पक्षमा सुत्ने गर्नु भयो भने बढी निन्द्रा हुन्छ ताकी बाँया तर्फ भन्दा । दाँया कोल्टो गर्दा आमाशय र इसोफ्यागसको भल्भ वा स्फिन्क्टर बाट एसिड सहज रूपमा पास हुन सक्दछ ।

३. स्मार्टफोनको लतः आजकल सबैजसो युवा पिडीहरू स्मार्टफोनमा घोरिएको देखिन्छ । यो आधुनिक टेक्नोलोजि प्रतिको श्रदा पनि हो तर इमेल, फेसबुक, स्कोर खेल तथा अन्य इन्टरनेटका गतिविधिहरु निन्द्रा भगाउने प्रेरक हुन । यदि तपाईंको स्मार्टफोनमा लत छ भने यो छुटाउन त्यति सजिलो छैन । यसले समय बितेको पनि पत्तो हुदैन । यो लत हटाउन फोनको पहुँच बिस्तारै कम गर्दै जाने, फोनमा पासकोड परिवर्तन गर्ने, लत हटाउन मानसिक रूपमा तयार हुने र व्यवहारमा परिवर्तन गर्न प्रयास गर्ने गर्नुपर्दछ । म के गरिरहेछु र किन गरिरहेछु भन्ने भाव परिवर्तन नभएसम्म मानसिक रूपमा दर्ता भएको तपाईंको बानी नियन्त्रण गर्छ कठिन हुन्छ । ओछ्यानमा जानु एक घण्टा अघि एक पटक फोन चेक गर्नुहोस र त्यसपछि फोन स्वीच अफ वा साइलेन्स मोडमा राख्नुहोस त्यसपछि तपाईंको निन्द्रामा बादक कम हुनजान्छ ।

४. साझेदारी बेडः यदि तपाईंको एक्लै सुत्ने बानी छ वा तपाँइको जीवन साथी बाहेक अरू संग सुत्नु भएको छैन भने अरूसंग आफ्नो बेड साझेदारी गरी सुत्दा निन्द्रा लाग्दैन । यसले पनि तपाँइको निन्द्रा हराम गर्दछ । यो प्रत्येक व्याक्तिको बानी पनि हो ।

५. सेक्सबाट असन्तुष्टः सेक्स वा सहवास निद्रालाइ पूर्णता दिने शुभरात्रीको संकेत पनि हो । यसमा कसैको दुइमत नहोला । सेक्स पश्तात् तपाईंको आफ्नो शरीर तनाव मुक्त हुन्छ र दिमाग ढुक्क हुन्छ । अक्सिटोसिन (Oxytocin) र सेरोटोनिन (Serotonin) हर्मोनको निश्काशनले  निद्रा जगाउँछ तर सेक्सबाट पूर्ण सन्तुष्ट नभएमा तपाईंलाइ निन्द्रा लाग्दैन किनकि तपाईंको दिमागबाट सेक्सको भावना भने हटिसकेको हुदैन ।

६.भिटामिन बी को सेवनः भिटामिन बी ले शक्ति प्रदायकको (Energizers) को भूमिकामा काम गर्दछ । यसले रातो रक्त कोष (RBC) हरूको गठनमा सहयोग गरी तपाईंले खाएको खानाबाट ऊर्जा बनाउने प्रक्रियामा  पनि मद्त गर्दछ । भिटामिनहरूले आफ्नो सही काम गर्दा गर्दै पनि तपाईंको निन्द्राको तालिका अनियमित गराइदिन्छ । ओछ्यानमा जाने बेला यदि तपाईं भिटामिन बी युक्त खुराक वा पुरक खुराक लिनु हुन्छ भने त्यो बिहानीमा लिँदा राम्रो हुन्छ ।

७. खराब हावाः वायु प्रदूषणको कारण श्वासप्रश्वासमा कठीनाइ भइ निन्द्रा पर्दैन । तपाँइको घर, आगन वा सुत्ने कोठा प्रदूषणयुक्त छ र धूलो उडिरहेको छ भने यस्तोमा सुत्दा गिर (Throat) सामान्य भन्दा बढी बन्द हुन जान्छ, मुखले श्वास फेर्नु पर्ने हुन्छ र शरीरमा अक्सिजनको स्तर कम भइ निन्द्रा नपर्ने अधिक संभावना हुन्छ ।

८. गैर कल्पनाः यदि तपाईं ओछ्यानमा सुत्न जानु पूर्व भावनात्मक, अवशोषित, मनछुने विषयहरू पढ्नु भएको छ भने निन्द्रा ढिलो आउँने तथा जागा बनाउन सक्दछ । ओछ्यानमा जानु अघि चर्काचर्की कुराकानी गर्नु भएको छ भने सोही कुरा मनमा खेल्न थाल्दछ र निन्द्रा पर्दैन । गैर-कल्पनामा तपाईंको मन डुब्यो भने निन्द्रा पर्दैन । यदि तपाईंको मन कल्पना संग हराउने र मनमा काल्पनिक कुरा खेलाउने बानी छ भने त्यसले निन्द्रा हराम गर्दछ त्यो बानी छोडिदिनुहोस् । तर कुनै भावनात्मक जडान र उत्सुकता नभएका बोर लाग्ने खाले किताब पढ्ने हो भने निन्द्रा छिटो आउँदछ ।

९. घुर्ने साथीः यदि तपाईंको ओछ्यान साझेदारी गर्ने साथी खुट्टा चलबलाउने (Limb-flinging) घुर्ने (Snoring) गर्ने खालको छ भने निन्द्रा राम्रो संग पर्दैन । साथीको दाँत कट्कटाउने, खुट्टाले हान्ने र बारम्बार बाथरूम जाने बानी छ भने पनि निदाउन कठीन गराउँदछ ।

१०. हट बेडः गर्मी मैसममा गहिरो निद्रा प्रायः कम लाग्ने गर्छ । तपाईंको शरीरमा रहेको आफ्नो आन्तरीक घडीले तापमान नियन्त्रण गर्दछ र यसको उताड चढावले गर्दा जाग्राम बनाइराख्छ । मध्य रातमा गहिरो निद्रामा पर्छ किनकि त्यतिबेला शरीरको तापक्रम र बहिरी तापक्रम चिसो र उपयुक्त हुन्छ । जब शरीरको तापक्रम बड्दै जान्छ तब तपाईं भित्रको आफ्नो आन्तरिक आलार्म (Alarm) ले अब उठ्ने समय भयो भन्ने जनाउदिन्छ र निद्रामाबाट ब्युउझाउँदछ । त्यसकारण तपाईंको सुत्ने कोठा चिसो राख्नु भनेको आरामदायसी निन्द्रालाइ निम्तो दिनु जस्तै हो ।

स्वास्थ्य नै धन हो ।