अत्याधुनिक प्रविधिको स्मार्ट हेलमेट : अत्याधुनिक प्रविधिको विकाससँगै स्मार्ट फोन, स्मार्ट टि.भी. आदि सामान्य भैसकेका छन् । साथै अन्य स्मार्ट उपकरण आउने क्रम जारी नै छ । यसै क्रमको अर्को उपलब्धी हो, स्मार्ट हेलमेट ।

सुन्दा अचम्म लाग्न सक्छ, तर अहिले विश्व बजारमा स्मार्ट हेलमेटको चर्चा बढ्दो छ । Skully कम्पनीले तयार पारेको AR1 मोडलको हेलमेट अहिले विशेष चर्चामा छ । के छन् त यसमा विशेष, एकैछिन चर्चा गरैां ।

Operating System:यो हेलमेल Android OS द्वारा सञ्चालित छ ।

Rear View Camera: हेलमेटको पछाडि क्यामेरा जडान गरीएको छ । साथसाथै हेलमेटको भाइजरमा Rear View Display समेत जडित छ, अर्थात तपाइले पछाडि नफर्कि अथवा Rear Mirror नहेरी सिधैं आफ्नो हेलमेटमा पछाडिको दृश्य देख्न सक्नुहुनेछ ।

Audio/Visual GPS Navigation: Android प्रविधिबाट सञ्चालित यस स्मार्ट हेलमेटमा तपाइले Navigation को सुविधा पाउन सक्नुहुनेछ । अर्थात तपाइको गन्तव्य set गर्नुहोस्, अनि तपाइको हेलमेटले नै तपाइलाइ दिशा निर्देश गर्नेछ, तपाइको गन्तव्य सम्म ।

MP3 Player: यस हेलमेट भित्रै तपाइले MP3 गित play गर्ने option पनि पाउनुहुनेछ ।

Heads-Up Display: भाइजरमा जडित Heads-Up Display मा तपाइले आफ्नो बाइकको गति, इन्धनको अवस्था साथै बाइक चलाउदै गर्दा तपाइको मोवाइलमा call आएको खण्डमा Caller ID को जानकारी समेत पाउन सक्नुहुनेछ र बाइक चलाउँदै मात्र हेलमेटबाटै तपाइले phone मा कुरा गर्न सक्नुहुनेछ ।

Connectivity: Bluetooth Connection का साथसाथै Internet Connection को सुविधा पनि यसमा रहेको छ ।

मुल्य : यसको मुल्य $1,399 तोकिएको छ, अर्थात करिब एक लाख चालिस हजार रूपैयाँ ।

Auther: Bipin Ojha    

https://www.youtube.com/watch?v=F6uxqFp5Tjc