भर्खरै जन्मेका पाठापाठी मर्ने केहि खास कारण तथा रोगहरु र तिनको रोकथाम

नेपालमा ब्याबसायिक रुपमा बाख्रापालन गर्ने किसानहरुको सङ्गख्या बढ्दै गइरहेको छ। ब्याबसायिक बाख्रापालनमा परम्परागत शैलिबाट पाठापाठी हुर्काएजस्तै हुर्काउन सकिदैन। सानो सङ्ख्यामा पाठापाठी हुर्काएजस्तो समय दिन र ब्यवस्थापन मिलाउन गाह्रो हुन्छ। जसकालागी ब्यबस्थापकिय पक्षहरु सुधार गरी धेरै पाठापाठी जिबित हुर्काउने ब्यवस्था मिलाउनु पर्दछ। यस लेखमा पाठापाठी मर्ने खास कारण , रोगहरु र रोकथामका उपायबारे चर्चा गरिनेछ।

पाठापाठी मर्ने रोग तथा कारणहरु

. शरीरको तापक्रम कमहुनु  (hypothermia, low body temperature)

             कोठाबाहिर , चिसो समयमा जन्मीएका र हावा । बतास चल्ने स्थानमा पाठापाठीको शरीर चाडै नै सेलाउछ । साना पाठापाठी  र सहायता द्धारा जन्माएका पाठापाठीहरुमा पनि शरीरको तापमान कमहुने सम्भावना बढी हुन्छ।शरीरको तापक्रम खेर गएर (heat loss) र दूध नखाएमा भोकोपनले भोका पाठापाठीहरुमा शरीरको तापक्रम कमहुन्छ। रिष्टपुष्ट माउबाट जन्मिएका पाठापाठीहरुमा यो समस्या कम हुन्छ। पाठापाठीको शरिरको तापक्रम निम्न कुरामा भरपर्छ।

  1.  बिगौति दूधको सेवन
  2. आमाको स्याहार सुसार
  3. वातावरणको चिसोपन

            शरीरमा शक्तिको मात्रा घट्दै जादा शरीरको तापक्रम कम हुन्छ। यस्तो अबस्थामा चाडो चाडो बिगौति खुवाएर तथा तातो, न्यानो पार्नुपर्दछ। शरीरको ताप घट्नेदर भन्दा ताप उत्पादन गर्ने बढीहुनु पर्दछ।स्वस्थ पाठापाठीको तापक्रम ३९ देखि ४० डीग्री सेल्सियस हुन्छ। कम मात्रामा प्रभाबित पाठापाठीहरुको तापक्रम ३७ देखि ३९ हुन्छ भने ३७ भन्दा कम तापक्रम भएमा  पाठापाठीहरु बढी मात्रामा प्रभाबित भएको बुझ्नुपर्दछ।  थोरै मात्रामा प्रभाबित पाठापाठीहरुले थोरै खाने र आमा पछ्याउने गर्छन् तर साह्रै प्रभाबित पाठापाठीहरुमा ढाड बङ्गाउने, कोखा रित्तो हुने, टाउको तल पारेर आमाको नजिक नचलिकन बस्ने गर्दछन्। यि पाठापाठीहरुले मान्छेको सहायता बिना दुध खान सक्दैनन। शरीरको तापक्रम कम भएका पाठापाठीहरुलाइ प्रसस्त दुध खुवाउने गर्नुपर्दछ।

            ३७ डिग्री भन्दा कम तापक्रम भएको तथा ५ घण्टा भन्दा कम उमेरका पाठापाठीलाइ न्यानो पारेर तातो स्थानमा राखि ३७ तापक्रम पुगेपछी पुछेर ५० एम. एल. प्रति केजिको दरले सुइ, निप्पल  टिउब (stomach tube) को मद्दतले बिगौती दुध खुवाउने गर्नुपर्दछ। शरीर तातो नहुदै बिगौती दुध खुवाउदा बान्ता गर्ने डर हुन्छ। यसरी तातो पारेका पाठापाठीलाइ सघन निगरानीमा राखेर ३९ देखि ४० तापक्रम भएपछी मात्र आमासंग छोड्नुपर्छ। त्यसका साथसाथै आमासंगै छोडे पनि पटक पटक तापक्रम जाच गरीराख्नु पर्दछ।

३७ भन्दा कम तापक्रम भएका ५ घण्टा माथीका पाठापाठीमा भने शक्तीको कमी (hypoglycemia) संगसगै हुने हुदा न्यानो मात्र गर्दा मर्ने सम्भाना हुन्छ जसको लागी २० प्रतिशत गुल्कोज (20 percent glucose injection) १० एम. एल. प्रतिकेजिका दरले पेटको छालामुनी (Intraperitonial injection) लगाइदिनु पर्दछ। त्यसपछी मात्रै न्यानो पार्ने, दुध चुसाउने र आमासंग छोड्ने प्रकृया गर्नुपर्दछ। पाठापाठी जन्मने स्थान तथा भर्खरै जन्मेका माउ तथा पाठापाठी राख्ने स्थान न्यानो हुनुपर्दछ र हावा खेल्ने, चिसो पानिपर्ने स्थानमा पाठापाठी जन्माउने गर्नुहुदैन।तथा शरीरको तापक्रम कमहुन बाट रोक्न तलका उपाय गर्नुपर्दछ।

  1. गर्भबती माउलाइ प्रसस्त पोसिलो आहार खुवाउनु पर्दछ।
  2. पाठापाठी जन्मदा ब्याउने समयका समस्याहरु dystocia हुनु हुदैन।
  3. पाठापाठी तथा माउको स्याहार गर्न अनुभबि कामदार राख्नु पर्दछ।
  4. बच्चा अबस्थामा हुने संक्रमण रोक्ने तथा संक्रमणहुन नदीने
  5. पाठापाठी जन्माउने स्थानको पहिलेनै उचित ब्यबस्थापन गर्नुपर्दछ।
  6. पाठापाठीलाइ न्यानो बनाउन काठ प्लास्टीक बा ड्रमको बाक्सामा राख्न सकिन्छ भने दुध खुवाउन सिरीन्ज (Syringe) तथा स्टोमक टिउब (stomach tube ) प्रयोग गर्न सकिन्छ। ( यो सम्बन्धी लेखकको लेख यो लिङ्कमा पढ्न सक्नुहुनेछ https://krishipatrika.com/2021/02/19880/)

. ओसिलो मुख (Watery mouth)

जन्मेको १ देखि ३ दिनमा पाठापाठीमा बढी रुपमा देखिने यो रोग लागेका पाठापाठीहरु लोसो हुने, खानमन नगर्ने, शरीरको तापक्रम कम हुने, उठ्न नसक्ने तथा मर्ने हुन्छ। यो रोगको मुख्य लक्षणहरुमा मुखको कापाहरु तथा च्यापुमा र्याल टासिएने साथसाथै पेट डम्म हुने र जल बियोजन हुन्छ।यो रोगको उपचार गर्नु भन्दा ब्यबस्थापनमा ख्याल गर्नु उचित हुन्छ। औषधिहरुमा दुखाइकम गर्ने औषधी (NSAID ), fluids र प्रतिजैबिक (Antibiotics) प्रयोग गर्न सकिन्छ। पाठापाठीले दुध खान खोजेको बेला थुनमा टिसिएको फोहोरबाट रोगको बिजाणु (bacteria) सर्दछ। मुख्य गरेर E Coli ब्याक्टेरीयाको संक्रमणले यो रोग लाग्दछ। बच्चाले जन्मिएको १ घण्टा भित्र राम्ररी दुध  खाएन भने ५० एम. एल. बिगौती प्रति केजि पाठापाठीको तौलको हिसाबले खुवाउनु पर्दछ। कहिलेकाही रोग रोक्न तथा पुर्वसाबधानीको लागी जन्मेको १५ मिनेट भित्रै प्रतिजैबिक ‍औषधी (Antibiotics) प्रयोग गर्न सकिन्छ तर यो भन्दा उचित ब्यवस्थापनमा ख्याल गर्नुपर्दछ।

.पाठापाठीको पखाला (Lamb Dysentry)

पाठापाठीको प्राण लिने एक प्रमुख रोग पखाला हो।यो रोगले २ हप्ता सम्मका पाठापाठीलाइ असर गरेता पनी १ देखि ३ दिनका पाठापाठीलाइ बढी असर गर्दछ।राम्रोसंग दुध खाएका एउटा मात्र जन्मेको पाठापाठीलाइ बढी असर गर्दछ।जाडो समयमा पाठापाठीहरुलाइ एकै ठाउमा राख्दा संक्रमण फैलाने सम्भावना बढी हुन्छ।रोग मुख्य गरी E Coli, Clostridium, Salmonella,Cryptosporodia र केहि बिषाणु (virus) ले लगाउदछ। रोगको कारक तत्व अनुरुप उपचार गर्नुपर्दछ।

. फल्पी किड सिन्ड्रोम  (Floppy kid syndrome)

Floppy kid syndrome metabolic disease  हो। यो प्रायगरी जन्मेपछी २ हप्तासम्म पाठापाठीमा देखिन्छ।मुख्य लक्षणहरुमा कमजोरीपन दुध चुस्न नसक्ने, खानामा रुचि नहुने, सुतिरहने, अघिल्ला खुट्टाहरु खुम्चाउने, पेट फुलेजस्तो हुने, र्याल बढी काढ्ने हुन्छ। तर यो रोगमा पखाला लाग्ने र ज्वरो आउने तथा जलबियोजन हुने भने हुदैन। यो रोगमा सुरु सुरुमा पाठापाठी राम्रा हुन्छन् तर एक्कासि अम्लियता बढेर बिरामि पर्दछन्। शारिरिक प्रकृया गढबडी भइ  शरिरमा अम्लियत बढेर लाग्ने भएकाले अम्लियताको उपचार गरेर निको पार्न सकिन्छ। जसका लागी sodium bicarbonate वा  खाने सोडा दिन सकिन्छ।Sodiumbicarbonate 0.84gm per kg body weight दिन सकिन्छ। नसामा सुइबाट औषधि दिदा प्रभाबकारी हुन्छ।दुध बढी खाएर पनि अम्लियता बढ्न सक्ने हुन्छ तर कृषकहरुले नबुझेर थप बल प्रयोग गरी खुध खुवाइदिदा झन् रोगले च्याप्दै लैजान्छ। रोग पत्ता नलागेको  अबस्थामा शरिरको तापक्रम हेरेर रोगको निधो गर्न सकिन्छ।  Floppy kid syndrome मा तापक्रम घट्दैन तर दुध नखाएर वा अन्य कुनै कारण भए तापक्रम घटबढ हुन सक्दछ।

. शुक्क्ष्म खाध तत्वको कमिले हुने रोगहरु

साना पाठापाठीहरुमा शुक्क्ष्म खाध तत्वको कमिले बिभिन्न  रोग लाग्ने तथा पाठापाठी कमजोरहुने हुन्छ। आयोडीनको कमिले गलगाड आउने तथा मृत्यूहुने  समस्या देखिन्छ।आयोडीनको कमि संगै थाइराइड हर्मोनको काममा परीवर्तन आउदा शरीरको तापक्रम ब्यवस्थापनमा समस्या आएर पाठापाठी मर्ने गर्दछन्। तामाको कमीले sway back अवस्था उत्पन्न गराइ पाठापाठीको मृत्यू समेत गराउदछ।जाडो सिजनमा जन्मिएका पाठापाठीमा आमाको शरीरमा भएको पोषणको कमिले तामाको अभाब भइ रोग लाग्दछ। तामाको कमिले मरेको पाठापाठी जन्मिने तथा सानो जन्मिने तथा टाउको हल्लाइरहने समस्या देखिन्छ। Swayback अबस्थामा हिड्न अप्ठेरो पर्ने लरखराउने मासु कमजोर हुने समस्या हुन्छ।यो रोग संगसगै भिटामिन इ र सेलेनियम तत्वको कमी पनि देखिन्छ।

. जन्मजात अपाङ्गता (Congenital Anamolies)

थोरै मात्रामा पाठापाठीहरु जन्मजात अपाङ्गताबाट प्रभाबित हुन्छन्। यसको खास उपचार हुदैन । उपचार पद्दती शरीरको कुन अङ्ग कति मात्रामा प्रभाबित छ त्यसमा भर पर्दछ। मुख्य जन्मजात अपाङ्गताहरुमा जन्मदै अपाङ्गता भइ मरेका जान्मनु, हातगोडा नमिलेका जन्मनु, खुडे, आखा बाहिर वा भित्र भएका जन्मने, मलद्वार नभएका  जन्मने, हर्निया भएको पाठापाठी जन्मने आदि रहेका छन्।

. नाभिको समस्या

साना पाठापाठीमा नाभि पाक्ने नाभिबाट संक्रमण फैलदै गइ नाभि कलेजो मुटु फोक्सो तथा जोर्नीहरुमा समस्या देखिदै जाने हुन्छ। यि समस्याहरु प्रायगरी एक हप्ता उमेर कटेपछी देखिन्छन्।कहिलेकाही संक्रमण फैलिदै जादा मेरुदण्ड तथा खिमागमा समेत संक्रमण फैलदै जान्छ। यसको उपचार गर्नु भन्दा सफा हेरचाह गर्नुपर्दछ।यसको संक्रमण रोक्न आयोडीनको झोलमा नाभि चोपिदिनु पर्दछ।

पाठापाठीको उचित हेरचाहगरी  मृत्यूदर घटाउने केहि उपायहरु

  1. गर्भबती आमालाइ पोषिलो आहारा खुवाएर तन्दुरुस्त बनाइराख्ने।
  2. पाठापाठी जन्माउने स्थानको पहिलेनै उचित ब्यबस्थापन गर्नुपर्दछ।
  3.  पाठापाठी जन्मदा ब्याउने समयका समस्याहरु dystocia हुनु हुदैन।
  4. पाठापाठी तथा माउको स्याहार गर्न अनुभबि कामदार राख्नु पर्दछ।
  5. पाठापाठी तथा माउलाइ तातो न्यानो र ओभानो हावा खेल्ने र प्रकास पर्ने स्थानको ब्यबस्था गर्नुपर्दछ।
  6. पाठापाठीलाइ जन्मने बितिकै सफा तथा नरम कपडाले पुछेर सफा गरी ओभानो गरी राख्नुपर्दछ।
  7. पाठापाठीलाइ दुध खुवाउनु पहिले थुनलाइ  मनतातो पानि वा नरम खालको निसंक्रमण गर्ने रसायनको सहायताले राम्रोसंग सफा गर्नुपर्दछ।यसले Watery mouth रोग हुनबाट रोक्दछ।
  8. पाठापाठीको नाभिकाटेर आयोडीनको झोलमा चोपिदिनु पर्दछ।संक्रमणको सम्भावना भएको स्थानमा बच्चा जन्मने बितिकै नाभी काटेर त्यसको चार घण्टा पछी र संक्रमणको डर भइ रहेमा ६।६ घण्टामा आयोडीनमा चोप्ने गर्नुपर्दछ।
  9. बच्चा अबस्थामा हुने संक्रमण रोक्ने तथा संक्रमणहुन नदीने
  10. पाठापाठी जन्मेको पहिलो ४ घण्टामा दुध नखाएमा वा नखाएको सङ्का लागेमा  ५० एम एल प्रति केजि को दरले   स्टोमक टिउब Stomach tube को सहायताले बिगौती खुवाउने।
  11. ३७ डीग्री सेल्सियस भन्दा कम तापक्रम भएको तथा ५ घण्टा कम उमेर भएको पाठापाठीलाइ स्टोमक टिउब Stomach tube को सहायताले लागेमा  ५० एम एल प्रति केजि को दरले बिगौती खुवाउने।
  12. ३७ डीग्री सेल्सियस भन्दा कम तापक्रम भएको तथा ५ घण्टा बढी उमेर भएको पाठापाठीलाइ २० प्रतिषतको गुल्कोज 20 percent glucose injection  १० एम एल प्रति के जिको दरले पेट मुनी Intraperitonial injection  लगाएर पाठापाठी लाइ स्थिर गर्ने।