सन् २००९ ताका माहामारीका रुपमा फैलिएको स्वाइन फ्लुको प्रकोप पुनः देखिन थालेको छ । त्यसैले यसलाइ  2009 H1N1 influenza virus पनि भनिन्छ । सन् २०१५ मात्र छिमेकी मुलुक भारतमा यस रोगबाट ८ सयभन्दा बढीले ज्यान गुमाइसके का छन्

भने १४ हजारभन्दा बढी संक्रामक बनेका छन्। नेपालमा पनि हालसम्म ५ जना यस रोगबाट संक्रलमत भइसके को पुष्टि भएको छ । खुल्ला सिमानाका कारण भारतबाट यस रोगबाट ग्रसितहरु नेपाल सजिलै प्रवेश गर्न सक्ने भन्दै नाकाहरुमा नेपाल सरकारले कढाई समेत शुरु गरिसकेको छ 

के हो स्वाइन फ्लु ?

स्वाइन फ्लु भनेको एक प्रकारको स्वासप्रश्वास सम्बन्धी रोग हो जुन सुंगुरको स्वास नलीलाई संक्रमित गर्ने इन्फ्लुएन्जा भाइरस वा एच वान एन वान (H1N1) भाइरसका कारण लाग्ने गर्छ । चााँडै संक्रमित हुनसक्ने स्वाइन फ्लु मानिसबाट मानिससम्म हावा, सिगान वा थुकबाट सर्न सक्छ । यस भाइरसबाट संक्रलमत बनेका मानिसहरुले हाच्यु गर्दा उसको मुखबाट भाइरस हावामा पुग्छ । यदी तपाईं उक्त भाइरसाँग सम्पर्कमा आउनुभयो भने तपाईंलाई पनि यो रोग लाग्न सक्छ । त्यस्तै स्वाइन फ्लु रोगबाट संक्रमित बनेकाहरुले प्रयोग गरेका समान जस्तै ढोका वा हात धुने बेसन आदिको तत्काल सम्पर्कमा आउाँदा पनि यो रोग सर्न सक्छ । एकपटक यस H1N1 भाइरसबाट संक्रमित बनेपछि मानिस १० दिनसम्म रोगको संक्रमणमा रहन सक्छन्। यसको नाम अनुसार सुंगुरको मासु वा अन्य परिकार खादैमा यो रोग सदैन

स्वाइन फ्लुका लक्षणहरु

स्वाइन फ्लुको लक्षण देखिनुभन्दा एक दिन अलिदेखि नै यो रोग संक्रमक हुन्छ । मानिसको स्वास्य अवस्था हेरेर सात दिनसम्म संक्रमित रहन सक्छ भने बालबालिकाहरु १० दिनसम्म संक्रमित रहन सक्छन् । यसका लक्षणहरु अन्य सामान्य रुगाखोकी जस्तै हुन्छ ।

खोकी लाग्ने । ज्वरो आउने । घाँटी दुख्ने । जिउ दुख्ने । टाउको दुख्ने  । जाडो लाग्ने । थकान लाग्ने ।

यसले निमोलनया र स्वासप्रश्वास बन्द गर्नेजस्ता ठूलो समस्याहरु निम्ताउन पनि सक्छ । अझ डाइबिटिज र दमका रोगीहरुका लागि यो रोग घातक हुनसक्छ । यदी तपाईंलाई सास फेर्न गाह्रो हुन्छ, बान्ता हुन्छ, पेट दख्छ, रिंगटा लाग्छ भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोला ।

कसलाई बढी खतरा ?  

यस रोगबाट निम्न व्याक्तिहरुलाई बढी खतरा हुन्छः

  • ५ वर्नभन्दा मूनिका बालबाललकाहरुलाई
  • ६५ वर्नभन्दा बढीका मालनसहरुलाई
  • गर्भवती महिलाहरुलाई
  • फोक्सो, मुटु, कलेजो, रगत, स्नायु प्रणाली र पाचन प्रक्रिया सम्बन्धी समस्या भएका व्यक्तिहरुलाई
  • एच आइ भी बाट संक्रमित र प्रतिरोधात्मक शक्ति कम भएकाहरुलाई
  • अन्य रोग लागेका व्यक्तिहरुलाई
कसरी उपचार गरिन्छ ? 

सामान्य रुघाखाकीमा प्रयोग हुने केही एन्टीभाइरल औषधिहरु पनि स्वाइन फ्लुको उपचारमा प्रयोग हुन्छ । यसको साथै ओसेल्टामिभिर (टामीफ्लु) र जनामिभर (रेलेन्जा) यस रोगको उपचारमा बढी प्रयोग भएको पाइएको छ । यद्यपि, केही प्रकारका स्वाइन फ्लु भने टामीफ्लुबाट ठीक नहुन पनि सक्छन् यी औषधिले स्वाइन फ्लुको संक्रमणबाट चााँडै ठीक हुन मद्दत गर्छ र रोगलाई गम्भिर बनाउनबाट रोक्छ । यी औषधिहरु लक्षण देखिएको ४८ घण्टाभित्र लिए चााँडै असर गर्छ । यसमा एन्टिबायोटिकले काम गदैन किनभने यो रोग ब्याक्टेररयाले नभएर भाइरसका कारणले लाग्छ ।

Source: http://www.ratopati.com/2015/03/01/211182.html with edited