अत्यावश्यक सेवा घोषणामा छुटेको ‘भेटेरिनरी सेवा’

 

कोभिड १९को महामारी सँग जुध्न नेपाल सरकारले लकडाउन गरेकोछ। यस सँगै घोषणा सरकारले अत्यावश्यक सेवाहरू र वस्तुहरू पनि घोषणा गरेको छ । यो घोषणामा जनस्वास्थ्य र देशको अर्थतन्त्र सँग धेरै महत्त्व राख्ने र दैनिक उपभोगको सेवामा अत्यावश्यक भेटेरिनरी सेवा छुटेको छ ।

सरकारले घोषणा गरेको सप्ताहव्यापी लकडाउन अझै लम्बिने अवस्था सृजना भएको खण्डमा पशुपन्छीको सञ्चित आहारा तथा दाना उत्पादन समाप्त हुन गई पशुपन्छी भोकमरीको स्थिति सृजना हुन सक्छ । बजारको उपलब्धताका कारण घनावस्ती वरिपरि नै घेरै व्यवसायीक पशुपन्छी पालन भइरहेको छ ।

पशुपन्छीमा आहार विहार तथा फर्महरूको सरसफाइमा कमी आउने सक्ने सम्भावना साथै पशुस्वास्थ्यकर्मीहरुको उपलव्धाता पनि फार्महरूमा सम्भावना न्यून छ । बदलिँदै गरेको मौसमका कारण यो समय पशुपन्छीमा रोगको सङ्क्रमण बढ्दै जाने समय पनि हो । दाना, अण्डा, मासु, चल्ला लगायतका उत्पादनको वसार पसारमा समेत समस्या आइरहेको छ । किसान आइसोलेसनमा बस्ने कि आफैले पालेका पशुपन्छीको रेखदेख गर्ने वा दुवै चिज एकैपटक गर्न सकिने कि नसकिने भन्ने अन्योलमा रहेका छन् ।


भेटेरिनरी सेवाले जहिले पनि मानव स्वास्थ्यलाई संरक्षण तथा बचाउका लागी कार्य गरिरहेको हुन्छ । विश्वव्यापी रूपमा एकीकृत स्वास्थ्यको अवधारणा विद्यमान छ । स्वस्थ पशु विना स्वस्थ मानव जीवनको परिकल्पना गर्न नसकिने कुरा विश्व पशु स्वास्थ्य सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनहरू एकमत देखिन्छन् । छिमेकी राष्ट्र भारत, अमेरिका लगायतका देशहरूमा भेटेरिनरी सेवालाई अत्यावश्यक सेवाको रूपमा घोषणा गरी लकडाउनलाई कार्यान्वयनमा ल्याइरहेका छन् । मानव स्वास्थ्यको संरक्षण गरिरहँदा पशुपन्छीहरूको खानपिन र उपचारमा लापारवाही गरिएको अवस्थामा देशको अर्थतन्त्रमा १२ प्रतिशत योगदान गर्ने पशुपन्छी क्षेत्र भएका कारण क्षति पुग्छ नै यसका साथसाथै मानव र पशु स्वास्थ्यमा समस्या सृजना भई थप महामारी उत्पन्न हुन सक्ने सम्भावना पनि त्यति कै छ। तपसिलका कारण भेटेरिनरी सेवालाई अत्यावश्यक सेवामा राखी मानव र पशु स्वास्थ्य दुवैको सुरक्षा र बचाउ गर्न जरुरी छ ।


पशुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न: मानवको वाच्न पाउने अधिकार सँगै पशुहरूले पनि खाने र पिउने, आरामदायी वासस्थान, डर र त्रासबाट मुक्त हुने, दुखाइ तथा रोगको उपचार पाउने अधिकार तिनका न्यूनतम अधिकार भित्र पर्दछन् ।

पशुपन्छीलाई खान र उपचार गर्ने व्यवस्था: उपचारका लागी अत्यावश्यक पशु आौषधि पसलहरू भेटेरीनरी अस्पतालहरू क्लिनिकहरू छाडा चौपाया व्यवस्थापनका लागी सञ्चालनमा रहेका कान्जिघर तथा पशु दान उद्योगहरू सञ्चालनमा लकडाउनका कारण समस्या उत्पन्न भइरहेका छन् । यसका साथै पशु उपचारमा संलग्न पशु स्वास्थ्यकर्मीहरु पनि परिचालन हुन सकिरहेका छैनन् ।

थप महामारी रोकथाम: नेपालमा करिब ९० प्रतिशत जनताको घरमा कुनै न कुनै प्रकारका घरपालुवा जनावर छन् । कत्तिका पशुले समयमैमा उपचार नपाएका कारण मरिरहेका सूचना प्राप्त भइरहेका छन् । व्यवसायीक किसानहरू विशेष गरी कुखुरा, बङ्गुर र माछा लगायतका पशुपन्छीहरू बजारको तयारी दानामा पूर्णरुपमा निर्भर छन् । एकसाताका लागी तोकिएको यो लकडाउन लम्बिने स्थिति सृजना भए सञ्चित आहारा तथा दानाको भण्डारण पनि सकिँदै जानेछ । तिनका लागी आवश्यक दाना तथा कच्चापदार्थहरूको ओसारपसार बन्द हुने र बिरामी हुँदा उपचार गर्ने पशु स्वास्थ्य कर्मी उपलब्ध नहुँदा करोडौँ पशुपन्छीको मृत्यु हुन सक्छ । जस्का कारण सिनो व्यवस्थापनमा समस्या सृजना भई प्रदूषण फैलने र महामारी फैलने सम्भावना रहन सक्छ ।

पशुपन्छी प्रकोपको पूर्व तयारी: नेपालमा वर्ड फ्लु फैलन सक्ने सिजन पनि यही हो । छिमेकी राष्ट्र भारतमा गत महिना देखा परिसकेको छ । यसका साथै अन्य पशु रोग महामारी पनि फैलन सक्ने समस्याहरू यस्तै डिजास्टरमा घेरै सम्भावना रहन्छ । यो अवस्थामा नेपालको भेटेरिनरी सेवालाई चुस्तपारी महामारी नियन्त्रणको पूर्वतयारमा लाग्ने समय हो । यो तयारी पशुपन्छीहरूका लागी मात्र नभै मानव स्वास्थ्य बचाउन पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ ।

अण्डा, मासु, दूध तथा पशुजन्य पदार्थहरूको नियमित आपूर्ति : हाल गरिएका विभिन्न अध्ययन र अनुसन्धानहरूले पशुजन्य प्रोटिनले सबै भन्दा छिटो रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ भन्ने निष्कर्ष निकालेका छन् । त्यस कारण पनि पशुजन्य प्रोटिन अण्डा मासु र दूधजन्य उत्पादनको सहज ढुवानीको व्यवस्था अनिवार्य रहेको छ । Source: https://www.prasashan.com/2020/03/25/171381/