अर्गानिक खाद्यपदार्थको कुनै ठोस र अकाट्य खालको परिभाषा छैन । खासगरी कृषिमा तीव्रगतिमा औद्योगीकरण हुन थालेपछि पहिलोपल्ट सन १९४० को दशकतिर परम्परागत खेती प्रणाली तथा प्राकृतिक कृषि र खाद्य पदार्थ उत्पादन प्रणालीको संरक्षणको वहस शुरु हुन थाल्यो जसलाइ अर्गानिक कृषिका शुरुवाती वहस मानिन्छ । कस्तो खाद्य पदार्थलाइ अर्गानिक मान्न भन्ने विषयमा संसारभरी विभिन्न देशहरुमा विविध मापदण्डहरु रहेका पाइन्छ । यद्यपी सामान्यतः स्रोत साधनहरुका पुन प्रयोग गर्न सकिने, पर्यावरणीय सन्तुलनमा नकारात्मक असर नपर्ने, जैविक विविधतामा खतरा उत्पन्न नहुने गरी निश्चीत प्रकारका पेस्टीसाइड, सिन्थेटीक फिड एडीटाइभस तथा प्रतिवन्धीत कृत्रिम मलखादहरु प्रयोग नगरी उत्पादीत खाद्य पदार्थहरु अर्गानीक खाद्यपदाथ मानिन्छ । उत्पादन मात्र नभइ प्रशोधनमा समेत सल्भेन्टहरु प्रयोग नगरी तथा विकिरणका प्रयोग नगरी सक्दा प्राकृतिक तरिकाल प्रशोधन गरीएका खाद्यपदार्थहरु नै अर्गानिक खाद्य पदार्थहरु हुन ।

विभिन्न देशका विभिन्न अर्गानीक सर्टिफाईंग एजेन्सीहरुले दिएका अर्गानिक खाद्यपदार्थहरु सम्वन्धि विविध परिभाषाहरुलाइ कम्पाइल गदा अर्गानिक खाद्यपदार्थलाइ यसप्रकारले परिभाषित गर्न सकिन्छ। अर्गानीक खाद्यवस्तुहरु भन्नाल वंशाण परिवर्तन नगरिएका (GMOs) तथा मानवद्धारा संश्लेषित वा निर्मित मलखाद (सिन्थेटीक फर्टीलाइजर), जीवनाशक विषादी, ग्रोथ प्रोमोटर वा हर्मोन एवम पशुपंक्षीजन्य स्रोतवाट प्रशोधित गरी उत्पादन नभएका पदाथ र एन्टीवायोटीक तथा फिड एडीटाईभसहरुका प्रयोग नगरी उत्पादीत खाद्य पदार्थहरु हुनू  अर्गानिक खाद्यपदार्थहरुका उत्पादन र प्रशोधनमा समेत विकीरण, परिरक्षी (प्रिजरभेटीभ) र सिन्थेटीक कम्पाउण्डहरुका प्रयोग पुर्णतः निरुत्साहीत गरिन्छ । सोका सटटा ताजा अवस्थामा न उत्पादन र विक्रि गरिने, घुम्ती वाली प्रणाली, भरसक रोग किराका भौतीक र जैविक विधिद्धारा व्यवस्थापन तथा पशुजन्य गोबरमलको प्रयोग गरिने भएकोले अर्गानिक कृषि एवम पशुपालन प्रणाली वातावरण मैत्री हुनुका साथै दीगो र सामाजिक उत्तरदायित्वका दृष्टिकोणल पनि प्रशंशनीय हुन्छ । हुन त विविध अध्ययनहरुले पत्ता लगाए अनुसार पौष्टीकताका दृष्टीले अर्गानिक खाद्यपदार्थहरु अन्य साधारण खाद्यपदार्थहरु भन्दा उल्लेख्य वढी पोषणयुक्त हुने गरेका पाईएका छैन । यद्यपी सामान्यतः  अर्गानिक  खाद्यपदार्थहरुमा  साधारण  खाद्यपदार्थमा  भन्दा  वढी  भिटामिन,  खनीज,  ओमेगा  ३  फयाटी  एसिड  तथा एन्टीअक्सीडेन्टहरु पाइन र स्वाभाविक रुपमा विषादीहरुका अवशेष कम पाइने भएकोले यस्ता खाद्यपदार्थहरु सचेत र केही वढी क्रयशक्ति भएका उपभोक्ताहरुका रोजाईमा पर्ने गरेका छन । कतिपय देशमा अर्गानीक उत्पादनमा अती आवश्यक भएका अवस्थामा मात्र केही मात्रामा पेस्टीसाइडका प्रयोग गर्न सकिन कुरा उल्लेख भएका पाइन्छ । वास्तवमा सरकारी निकायद्धारा नै उत्पादीत वस्तुका जाँच गरी यसप्रकारका कुनैपनि पदार्थहरुका अवशेष अर्गानीक कहलीनका लागि निश्चीत परिमाण भन्दा वढी हुनुहुँदैन भनेर तोकिदिनु अर्गानिक उत्पादक तथा उपभोक्ता  सबैको लागि उपयुक्त हुने देखिन्छ ।

यसरी अर्गानीक खानेकुरा भन्नाल जतिसक्दा वा हरसम्भव प्राकृतिक तरिकावाट उत्पादीत, सिन्थेटीक कम्पाउण्डहरु प्रयोग नगरीएका र रासायनिक भन्दा पनि भौतिक रुपमा प्रशोधित खाद्यपदार्थहरुलाई वुझ्न सकिन्छ । हाम्रा देशको हकमा अधिकांश आम कृषक तथा जनतालाइ अर्गानिक शब्दका परिभाषा थाहा नभएपनि ४।५ दशक अगाडीसम्म अधिकांश खाद्यपदार्थहरु अर्गानिक रुपमा नै उत्पादन तथा उपभोग हुन गर्दथ । अहिले भन तरकारी देखी खाद्यान्न सम्म र माछामास देखी दुध र अण्डासम्मका उत्पादन गदा रोग किरा लाग्न नदिन वा उत्पादन वढाउन विविध माध्यमवाट कृत्रिम तरीकाले तयार गरिएका विविध रसायनहरुका प्रयोग वढदै गएका छ । परिणामस्वरुप यसका लामा समयसम्मका उपभोगले हाम्रा स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने तर्फ सचेत उपभोक्ताका कारण अर्गानिक खाद्य पदार्थका माग वढदै जान थालेको छ । यहाँ हामी साना कृषकहरुले व्यावसायीक रुपमा अर्गानिक कुखुरा उत्पादन गदा ध्यान दिनुपर्ने विषयहरुमाथि संक्षिप्त चर्चा गर्न लागिरहेका छौं ।

नेपालमा पनि खासगरी ५०० देखी २००० सम्मका संख्यामा ब्रोइलर तथा लेयर्सपालन गरीरहेका साना एवम् मझौला कृषकहरुले यसप्रकारका व्यावसायीक कुखुराहरुमा वढदै गैरहेका रोग, उच्च मृत्युदर, कमजोर जैवीक सुरक्षा, उपभोक्ताका वढदा जनचेतना आदीलाइ मध्यनजर गर्दै अर्गानिक कुखुरापालन गर्न रुची देखाएका पाइन्छ । उचीत व्यवस्थापन मिलाउन सक्न हो र एन्टीवायोटीक तथा अन्य औषधीजन्य पदार्थका समूचीत प्रयोग गरेर कुखुरापालन गन सक्ने हो भन ब्रोइलर तथा लेयर्सपालन नगर्नु पनि अनुचित हुँदैन । तथापी कुखुरापालनका हकमा साना कृषकहरुले कडा जैविक सुरक्षा अपनाउन नसक्न न प्रमूख समस्याका रुपमा रहिआएको छ । त्यसैल शुरुमा आफना वजेट अनुसार कम्तीमा ३०० देखी २००० गोटासम्म ग्रामीण कुखुरा पालन गरी अर्गानिक कुखुराका व्यावसायिक उत्पादन गर्न सकिन्छ । यहाँ ३०० देखी २००० भन्नुको आशय के हो भन ३०० भन्दा कम संख्यामा पालन गदा दोब्बर मुल्यमा विक्रि गर्दा पनि पुर्णरुपमा व्यावसायीक वन्न कठिन हुने देखिन्छ भन २००० गोटाभन्दा वढी संख्यामा पालन गर्दा यसका लागि आवश्यक घाँस तथा दानाका अर्गानिक प्रकृतिका खाद्यपदार्थहरुका व्यवस्थापन गन पनि कठिन पर्ने देखिन्छ । किनकि अर्गानिक कुखुराहरु पुर्णरुपमा थुनेर पालिएका कुखुराहरु नभइ खोर वाहिर पनि चराइएको हुनुपर्छ र पर्याप्त स्थान र आरामदायी वातावरणमा राखीएको हुनुपर्छ भनी धेरैजसो अर्गानिक सर्टिफाईंग एजेन्सीहरुको मान्यता रहेको छ ।

अर्गानीक कुखुरापालनमा प्रयोग गर्न पाइने व्यावसायीक उत्पादनहरुका प्रकार र प्रयोग गर्न सकिने अवस्थाः


  • खोप (वायोलोजिकल्स) का रुपमा ।
  • डिस्इन्फेक्टेन्ट(हानीकारक सुक्ष्म जिवाणुलाइ नष्ट गर्ने) का रुपमा ।
  • स्यानिटाईजरको रुपमा ।
  • अती आवश्यक भएका अवस्थामा उच्च मृत्युदर कम गन प्रयोजनका मेडीकल ट्रिटमेन्टका रुपमा ।
  • इन्जाइम, प्रोवायोटीक, दही, एसिडिफायर आदी
  • निलोतुथो भएका कतिपय उत्पादनहरुका प्रयोगलाइ पनि अर्गानिक कुखुरा तथा वालीनालीका उत्पादनमा स्वीकार्य मानिन्छ ।

अर्गानिक कुखुरापालन शुरु गर्नुपुर्व ध्यान दिनुपर्ने कुराहरुः


हालसम्म नेपालमा अर्गानिक खाद्यपदाथ भनेर प्रमाणित गर्ने कुनैपनि सरकारी निकाय छैन । केही निजी एजेन्सीहरुले यस्ता सेवा दिने भएपनि ससाना फार्महरुबाट उत्पादन हुने प्रोडक्टहरुका लागि या आर्थिक रुपले पनि निकै महंगो हुने देखिएका छ । यद्यपी यहाँ युरोप, अमेरीका वा अन्य देशका अर्गानिक फुड सर्टिफाईंग इन्स्टीच्युटहरुले अर्गानिक कुखुरा उत्पादनका लागि तोकेका शर्तहरुका आधारमा रही अर्गानीक कुखुरा उत्पादन सम्वन्धी चर्चा गरिएको छ । यद्यपी सबै संस्था र देशका अर्गानिक खाद्यपदाथ सम्वन्धी मापदण्डहरु पनि केही मात्रामा फरक फरक हुने गरेका छन । जस्त कुनै देशमा आयोडाइज्ड साल्टका प्रयोग गरी उत्पादीत कुखुरालाई अर्गानीक मान्न गरिन्छ भन कुनै देशमा मानिंदैन ।

अर्गानिक कुखुराका उत्पादन गर्दा साधारण कुखुरापालनमा जस्ता कुखुराका सोत्तरमा सेतो चुन (हाइड्रेटेड लाइम वा Ca(OH)2)को प्रयोग गर्न पाईंदैन । साधारण होस या अर्गानिक कुखुरापालन कृषि चुन (क्वीक लाइम,CaO) वा क्याल्सीयम अक्साइडको प्रयोग पनि सोत्तरमा गर्न नमिल्ने भएकोले अर्गानीक कुखुराको सोत्तर व्यवस्थापन पनि चुनौतीपुर्ण कार्य हो । कृषि चुन तयार गर्दा  चुनढुंगालाई पिसेर नै वनाइने भएकोले दानामा प्रयोग गर्दा क्याल्सीयमका स्रोतका रुपमा प्रयोग गर्न सकिएपनि सोत्तरको लागि कृषि चन उपयुक्त हुँदैन किनकि यसले सुली वा सोत्तरमा भएका नाइट्रोजन जस्ता खाद्यतत्वहरुलाइ वालीनालील लिन नसक्ने गरी प्रतिक्रिया गरिदिन्छ । हुन त दुवै प्रकारका चुनले एमोनियालाइ भोलाटाइजेसन गरिदिने भएकोले नाइट्रोजन तत्वका मात्रा चुना प्रयोग गरिएका सोत्तरमा केही कम हुने गर्दछ र यसले सोलुबल फस्फोरसको मात्रालाइ पनि सोत्तरमा घटाईदिन्छ । त्यसैले साधारण कखरापालनमा पनि एमानियाको उत्पादन वढी भैरहेको अवस्थामा चुनको प्रयोग गर्न सुलीका गुणस्तरको दृष्टीले राम्रो नहुने भएकोले यसलाइ एमोनियाका उत्सर्जन कम भैरहेका अवस्थामा सोत्तरमा प्रयोग गर्न राम्रो हुन्छ ।अर्गानिक कुखुराका खाद्य पदार्थमा एनिमल प्रोडक्टहरु जस्तैः बोनमील, मीट कम बोन मील, ब्लड मील आदीको प्रयोग गर्न पाईंदैन । अर्गानिक कुखुराको दानामा अन्य कुखुराको दानामा नियमित जस्तो प्रयोग गरीन कक्सीडीयोसिस जस्ता रोगका विरुद्धमा प्रयोग गरिने औषधीसमेत प्रयोग गर्न पाईंदैन । यसका लागि खोप वा अन्य रोकथामका उपायहरु वा जडीबुटीका प्रयोग गर्नुपर्ने हुन्छ । अर्गानीक कुखुराको उत्पादनका लागि प्रयोग गरीने दानाका कच्चा पदार्थहरु अर्गानीक तरिकाले उत्पादन भएका मात्र हैन, प्रशोधन पनि सोही वमोजिम भएको हुनुपर्छ । यिनीहरुको प्रशोधनमा कुनैपनि प्रकारका रसायनहरुको प्रयोग गर्न पाईंदैन र भौतीक विधिवाट यिनीहरुका प्रशोधन गरिनुपर्छ । कुखुराको दानामा अत्याधीक प्रयोग हुन भटमासको पिना, वदाम पिना जस्ता पिनाहरु सामान्यतः सल्भेन्ट एक्सट्रयाक्ट विधीवाट निकालिे भएकोले यस्ता पिनाहरुका प्रयोग गरी वनाइएको दाना खाएका कुखुराहरुलाइ प्रायः कुनै पनि अर्गानीक सर्टिफाईंग एजेन्सील प्रमाणित गर्ने गर्दैनन् । अतः यसका विकल्पका रुपमा हाम गाउँघरमा पाइने तोरीको पिनालाइ भुटेर प्रयोग गर्न सकिन्छ । तोरीका पिनामा भटमासका तुलनामा लाइसीन नामक अती महत्वपुर्ण एमिनोएसिडका मात्रा कम हुने भएतापनि वदाम पिना लगायत अन्य कतिपय पिनाहरुका तुलनामा यसमा उल्लेख्य रुपमा लाइसीन तथा मिथीयोनाइन जस्ता अती महत्वपुर्ण एमिनोएसिडहरुका सन्तुलीत मात्रा हुने गर्दछ । मिथीयोनाइन त यस्मा भटमास पिनामा भन्दा पनि वढी हुन्छ । हुन त अर्गानीक भटमास पिना पनि नपाइन होइन तर नेपालमा भित्रिन प्रायजसा भटमास पिनाहरु अर्गानीक हैन भनी सहज अनुमान गर्न सकिन्छ किनकि विदेशमा नै यस्को मुल्य साधारण पिनाभन्दा चारगुना महंगो पर्ने गर्दछ जुन नेपालका साधारण कृषकहरुल धान्न सक्ने देखिंदैन ।

लाइमस्टोन तथा डाइक्याल्सीयम फस्फेट अर्गानीक कुखुराको उत्पादनमा क्याल्सीयम तथा फस्फोरसको आपुर्ति गरी आम रुपमा प्रयोग गरिन्छ । डाइक्याल्सीयम फस्फेटमा करीब २२ प्रतिशत क्याल्सीयम हुन्छ भन १८ प्रतिशत जति फस्फेट हुने गर्छ। कुखुरालाई विषाक्त हुन सक्ने भएकोले उपचार नगरिएका रक फस्फेट कुखुरालाई खुवाईंदैन बरु मलका रुपमा भन प्रयोग गर्न सकिन्छ । अतः अर्गानिक कुखुराको उत्पादनमा मिनरल क्याल्सीयम तथा फस्फोरसको आपुर्ति सुनिश्चीत गर्न डाइक्याल्सीयम फस्फेट तथा मिनरल क्याल्सीयमका आपुर्ति गर्न लाइमस्टोन उत्तम विकल्प हुन ।नुनका प्रयोग गदा पनि आयोडिनयक्त नुनको साटा साधारण नुन प्रयोग गर्ने चलन छ । यद्यपी मिनरल भिटामिन मिक्सलाइ भने अर्गानीक कुखुरापालनमा सामान्यतः स्वीकार्य नै मानिन्छ । इन्जाइम, प्रोवायोटीक, दही, एसिडिफायर आदीका पनि आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । कतिपय देशमा माछाको तेललाइ अर्गानीक कुखुराका उत्पादनमा प्रयोग गन अनुमति छ भने कतिपय देशहरुमा यस्तो अनुमति छैन ।  प्युरीफाइड अर्गानीक डायटरी मिथियोनाइनका पनि प्रयोग गर्न सकिन्छ तर यो महंगो हुन्छ ।   ढुसीनाशक, ग्रोथ प्रोमोटर यो यस्त अन्य प्रयोजनका लागि निलोतुथोका प्रयोग गर्न सकिन्छ

सरकारी निकायका भुमिकाः


हाम्रा देशमा अर्गानीक कुखुरापालनका निकै धेरै सम्भावना छ । सरकारले अविलम्ब अर्गानीक कुखुराका दाना, अर्गानीक मास जाँच प्रयोगशाला, अर्गानीक कुखुरा पालन प्रणाली तथा बजारका व्यवस्थापनका लागि नेपाल सुहाउँदा मापदण्ड वनाइ कडाइका साथ पालना गर्न लगाउनुपर्छ । यसरी कडाईका साथ अनुगमन गरी अर्गानीक कुखुरापालकहरु तथा विक्रेताहरुका लागि लाइसेन्स वितरण गर्ने र मापदण्ड नपुगेका अवस्थामा उक्त लाइसेन्स खारेज गरिदिने व्यवस्था गरी समय समयमा अर्गानीक कुखुरा उत्पादन गन कृषकहरु तथा विक्रेताहरुका नामावली प्रकाशन गर्ने व्यवस्था गर्नुपर्छ । विक्रेताहरुका लागि अनुमतिपत्र वितरण गदा भुगोल र आवश्यकता हेरी हरेक स्थानीय निकायका प्रमूख बजारहरुमा मापदण्ड पुरा गरेका मासु व्यावसायीहरुलाइ अर्गानीक मास विक्रेता भनेर अनुमतिपत्र वितरण गर्न र त्यसरी न कडाईका साथ नियमन गर्ने व्यवस्था गर्न उपयुक्त हुन्छ । यसप्रकारका व्यवस्था गन त्यती कठिन पनि छैन र या त्यती धेर्रै समय लाग्न विषय पनि होइन । नेपालमा अर्गानीक कुखुरापालनल उल्लेख्य मात्रामा रोजगारी श्रृजना, आयआर्जन तथा खादय र पोषणफ सुरक्षाका साथ कृषि पर्यटनसमेत प्रबद्र्धन गरी देशक अर्थतन्त्रमा ठूला टेवा पुग्न जाने देखिन्छ ।